कारोबार संवाददाता
सोमवार, चैत्र ४, २०७५
796

धनकुटा-जापान सरकारले जिल्ला अस्पताल धनकुटामा आकस्मिक उपचार सेवाका लागि अत्यावश्यक अक्सिजन उत्पादन तथा वितरण प्रणाली उपलब्ध गराएको छ ।
आकस्मिक कक्ष, शल्यक्रिया र अन्तरंग विभागमा सोझौ अक्सिजन पु-याउन सकिने ‘अक्सिजन जनेरेसन एण्ड डिस्ट्रिब्युसन सिस्टम’ जडानसम्बन्धी सम्झौतामा शनिबार जापानी राजदूत मासामिच साइगो र जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरिटेन्डेन डाक्टर अभिताभ ठाकुरले हस्ताक्षर गरेका हुन । सूर्यबहादुर थापा फाउन्डेसनमार्फत जापान सरकारको ग्रासरुट ह्युमेन सेक्युरिटी प्रोजेक्ट जिजीपीमार्फत एक करोड रुपैयाँ उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको डाक्टर ठाकुरले बताए । जिल्ला अस्पतालमै अक्सिजन उत्पादन तथा वितरण प्रणाली जडान हुने भएपछि शल्यक्रिया र जटिल रोगका बिरामीलाई तत्कालै धरान र विराटनगरका अस्पताल पठाउनु पर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।