सागर परियार
सोमवार, चैत्र १७, २०७६

कोराना भाइसरको संक्रमणसँग मिल्दो लक्षण भएका ४ जना बिरामीको नमुना परिक्षणका लागि ‘स्वाव’ काठमाडौं पठाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार दिन देखि आइसोलेसनमा भर्ना भएका दुइ जना र तातोपानी गाउँपालिकाका लाम्रा र कालिकोटको नाग्म निगरानी केन्द्रमा बसेका एक एक जना गरि चारजनाको ‘स्वाव’ नमुना परिक्षणका लागि काठमाडौं पठाइएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए । ‘उच्च ज्वारो आएका चार जना बिरामीको स्वाव संकलन भएको थियो’उनले भने,‘आज नै एम्बुलेन्सबाट स्वाव नेपालगन्ज पठाइसक्यौँ ।’ मंगलबार नेपालगन्जमा काठमाडौंदेखि जहाज नमुना लिन आउने भएकाले प्रतिष्ठानले तत्कालका लागि चार जनाको नमुना स्वाव पठाएको हो । कर्णाली प्रदेश सरकारले कर्णालीका तीन वटा अस्पतालाई आइसोलेसन सेन्टर बनाउने घोषणा गरेको छ । जुम्लामै कोरोनाको नमुना परिक्षण केन्द्र बनाउन पहल गरिरहेको प्रतिष्ठानका अस्पताल निर्देशक डा.मंगल रावलले बताए।

116
कारोबार संवाददाता
सोमवार, चैत्र १७, २०७६

सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार प्रदेशका १० वटै जिल्लामा गरी हालसम्म ३ सय ५ शैयाको आईसोलेसन तयार भएको छ । प्रत्येक स्थानीय तहदेखि जिल्लाका अन्य संस्थामा आइसोलेसन शैया निर्माण गरिएको छ । जसमा सबैभन्दा बढी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १ सय २०, सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा ८३, दैलेखमा ३०, सल्यानमा २२, रुकुममा ५, डोल्पामा ८, हुम्लामा १०, जाजरकोटमा ६, मुगुमा ७ र कालिकोटमा १४ र सुर्खेत २ प्रदेशभर ३ सय ५ आइसोलेसन शैया तयार भएको मन्त्रालयले सार्वजनिक गरेको छ । हालसम्म प्रदेशभर करिब ४ सय ४९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । ती मध्ये नमुना परीक्षणका लागि पठाइएको १४ जना मध्ये ७ जनाको रिपोर्ट नगेटिभ आएको छ भने सात जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

150
सागर परियार
सोमवार, चैत्र १७, २०७६

यहाँको तातोपानी गाउँपालिकाले कोरोना भाईरसको रोकथामका लागि माक्स र साबुन वितरण अभियान संचालन गरेको छ । पालिकाभरीका ८ वडाका करिब ३२ सय ६८ घरधुरीलाई साबुन र १६ हजार ९ सय जनालाई मास्क वितरण गरिएको छ । ती मध्य १,२,३,४,५ र ७ का सयौ नागरिकलाई मास्क र साबुन घरमै गएर वितरण गरिएको तातोपानी गाउँपालिकाका लेखा अधिकृत मिलन बुढ्थापाले जानकारी दिए । देशमै स्यानीटाईजरको अभाव छ ।

110
गोपाल संग्रौला
सोमवार, चैत्र १७, २०७६

सरकारले कोभिड १९ नियन्त्रण गर्न चीनबाट ल्याएका सामाग्री सोमवारबाट सातै प्रदेशमा वितरण सुरु गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देश महेन्द्र प्रसादश्रेष्ठका अनुसार कर्णालीप्रदेशको सुर्खेतमा सेनाको हेलिकप्टर मार्फत सामान पुगिसकेको छ । सोही हेलिकप्टेरले सुदुरपश्चिम प्रदेशको धनगढी पनि सामान लैजादै छ ।

103
गोपाल पोखरेल
सोमवार, चैत्र १७, २०७६

उदयपुरको चौदण्डीगढी नगरपालिकाले ७० लाख रुपैयाँको कोरोना संक्रमण व्यवस्थापन तथा राहत कोष स्थापना गरेको छ । नगरपालिकाले सम्भावित कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि यो कोष स्थापना गरेको हो । कोरोनाको जोखिम न्यूनिकरण, यसको नियन्त्रण र सर्वसाधारणको उपचारमा खर्च गर्ने गर्नका लागि कोष स्थापना भएको नगरपालिका प्रमुख खगेन्द्र राईले बताए ।

184
प्रकाश लम्साल
सोमवार, चैत्र १७, २०७६

पीपीईको अभावमा बारामा निर्मित कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छैन । कोरोना भाइरस संक्रमित बिरामीका लागि जिल्लाका विभिन्न स्थानमा धमाधम आइसोलेसन कक्ष र क्वारेन्टाइन बने पनि पर्याप्त उचित उपकरण र रोकथामको औषधि नहुँदा तयारी शून्य देखिएको छ । प्रदेश दुईकै उत्कृष्ट अस्पताल बनेको चिकित्सकहरुले समेत अवलोकन गरी अन्य स्थानीय तहले समेत यसबाट सिक्नुपर्ने सुझाव दिएको बाराको सिमरा स्थित अस्थायी अस्पतालमा स्वास्थ्यकर्मीका लागि पीपीइ, औषधी र उपकरण नहुदा अझै सञ्चालनमा आउन नसकेको हो ।

162
कारोबार संवाददाता
सोमवार, चैत्र १७, २०७६

कोभिड–१९ को विश्वव्यापी सङ्क्रमण बढेसँगै नेपालले विशेष स्वास्थ्य सुरक्षा सतर्कता अपनाएको छ । सीमित स्रोत साधनबीच पनि सङ्कट समाधानका लागि पहल गरिरहेको छ ।

241
सुब्बा कार्की
सोमवार, चैत्र १७, २०७६

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्ध लड्न स्वास्थ्यकर्मीको प्रयोग गर्नुपर्ने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) रौतहट जिल्लामा नरहेको बुझिएको छ । कोरोना भाइरस एक व्यक्तिबाट अर्काे व्यक्तिमा सजिलै सर्ने भएकाले संक्रमीतहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीको लागि पीपीई अत्वाश्यक मानिन्छ । तर जिल्लाका कुनैपनि स्थानियतहमा रहेका सरकारी स्वास्थ्य संस्थाहरुमा पीपीई नरहेको गौर अस्पतालका प्रमुख डाक्टर कृष्ण साहले बताए ।

153
राजेन्द्र बस्नेत
सोमवार, चैत्र १७, २०७६

जिल्लाका सबै स्थानीय तहका स्वास्थ्यकर्मीहरू कोरोना भाइरस (कोभिड–१९) विरुद्ध जटेका छन् । १३ वटा स्थानीय तहमा कार्यरत स्वास्थ्यर्कीलाई एक सय ९१ थान व्यक्तिगत सुरक्षा औजार (पीपीई) उपलव्ध छ । कोरोना भाइरसको संक्रमित बिरामीको चेकजाँच र हेरचाहमा खटिने स्वास्थ्यकर्मी वा सहयोगीले अनिवार्यरूपमा लगाउनुपर्ने पीपीईको कमी हुँदा स्वास्थ्यकर्मीमा असहजता भएको छ । तर स्वास्थ्य संयोजकहरू भने कोरोना भाइरसबाट बच्न र बचाउन आवश्यक पर्ने व्यक्तिगत सुरक्षा औजार, औषधि, क्वारेन्टाइनमा आवश्यक पर्ने बेडलगायतका सामग्री छुट्याउन र प्रचारप्रसारमै व्यस्त छन् ।

90
सागर परियार
सोमवार, चैत्र १७, २०७६

कर्णाली प्रदेश सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रदेशका ३ वटा अस्पताल आइसोलेसन अस्पतालका रूपमा तोकेको छ । कोरोना संक्रमित बिरामीहरूको उपचारका लागि प्रदेश सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल सुर्खेत र रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पताललाई प्रदेशस्तरीय आइसोलेसन अस्पतालका रूपमा तोक्ने निर्णय गरेको हो ।

187
दीननाथ बराल
सोमवार, चैत्र १७, २०७६

गण्डकी प्रदेश सरकारले लेखनाथको सामुदायिक लायन्स अस्पताललाई कोरोना भाइरस शंक्रमण उपचार गर्नका लागि डेडिकेट अस्पतालको रूपमा घोषणा गरे पनि अन्तिम समयमा आएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मै कोरोना डेडिकेड अस्पतालको स्थापना गरेको छ ।

207
मनोरञ्जन शर्मा
आइतवार, चैत्र १६, २०७६

कोरोना बिशेष अस्पताल बुटवलमा बसेर उपचार गराईरहेको पाल्पा जिल्ला रिब्दीकोट गाउपालिका कुसुमखोलाका ३४ बर्षिय बाबुराम थापाको उपचारकै क्रममा आज(आइतबार) मृत्यु भएको छ ।

437
सागर परियार
आइतवार, चैत्र १६, २०७६

जुम्ला मुगुको सिमा नाग्मघाट हेल्थ डेस्कमा कार्यरत चिकित्सकहरुलाई पनि क्वारेन्टाईन्मा राखिएको छ । विगत एक हप्तादेखि नाग्म हेल्थडेस्कमा दैनिक हजारौलाई चेकजाँच गरेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकलाई चेकजाँच गर्दा गदैृ संक्रमण भएको हुन सक्ने भन्दै क्वारेन्टाईन्मा राखिएको हो ।

390
महेन्द्र सापकोटा
आइतवार, चैत्र १६, २०७६

दैलेख १६ चैत्र–विश्वव्यापी रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाइरसको संक्रमण फैलिन नदिन नौमूले गाउँपालिकाका अध्यक्ष लगाएत सुरक्षाकर्मीको टोली प्रचार प्रशार गर्दै गाउँ वस्तीमा पुगेको छ । गाउँपालिकाका अध्यक्ष भदे वुढा सुरक्षाकर्मी लगाएत स्थानीय जनप्रतिनिधिको टोली माइकिङ गर्दै कोरोना भाइरस सक्रमणवाट वच्न आह्वान गर्दै गाउँ वस्तीमा पुगेको हो ।

304
कारोबार संवाददाता
आइतवार, चैत्र १६, २०७६

लमजुङको स्थानीय तहले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि क्वारेन्टाइन निर्माणमा तीव्रता दिएका छन् । केही स्थानीय तहले क्वारेन्टाइन निर्माण गरिसकेका छन् भने केही निर्माणको तयारीमा छन् ।

135