कारोबार संवाददाता
बिहिवार, फाल्गुन २२, २०७६
255

नेपाल लिक्वर्स प्राइभेट लिमिटेड तथा गायक दीपक बज्राचार्यबीच सांगीतिक सहकार्य गर्ने सम्झौता भएको छ । दुईपक्षीय सम्झौता कार्यक्रम कम्पनीका आधिकारिक व्यक्ति तथा पत्रकारहरुको उपस्थितिमा भएको हो ।
विगत लामो समयदेखि गायक दीपक बज्राचार्यसँग नेपाल लिक्वर्सले विभिन्न कार्यक्रममा सहकार्य गर्दै आइरहेको थियो । भन्डै तीन दशक नेपाली संगीतमा योगदान दिएका गायक दीपक बज्राचार्यको नेपाली पप सँगीतमा विशिष्ट पहिचान रहेको छ ।
नेपाल लिक्वर्सले नेपाली कला, संगीत संस्कृतिको प्रवर्धनलाई सदैव पहिलो प्राथमिकता दिँदै आइरहेको बताएको छ । कम्पनीको स्थापना कालदेखि नै विभिन्न सांगीतिक कार्यक्रम, महोत्सवलाई प्रायोजन गर्दै नेपाल लिक्वर्सले प्रत्यक्ष सहभागिता जनाउँदै आइरहेको थियो ।