कारोबार संवाददाता
शुक्रवार, कार्तिक २२, २०७६
268

नेपालको नं १ सिनेमा चेन क्यूएफएक्स सिनेमाजले भक्तपुरमा आफ्नो पहिलो मल्टिप्लेक्स ठिमीको भाटभटेनीमा सुरु गरेको छ । रिगल सिनेमाज् प्रालिको लगानी रहेको यस हलमा टिम क्वेस्टको व्यवस्थापन रहनेछ । नयाँ निर्माण गरिएको थिएटर भक्तपुरको ठिमीस्थित भाटभटेनी सुपरमार्केटको पाँचौं तल्लामा रहेको भन्दै कम्पनीले थिएटरमा नयाँ प्रविधिको प्रयोग गरिएको पनि जनाएको छ ।
दर्शकहरूले उत्तम अडियो सहितको पूर्ण तथा उत्कृष्ट अनुभव गर्न सक्ने उक्त नयाँ मल्टिप्लेक्समा रिक्लाइनर सिट हरूको व्यवस्था गरिएको भन्दै नयाँ मल्टिप्लेक्समा जम्मा ७ सय २ सिट क्षमता छ । जसमध्ये ४० वटा रिक्लाइनर सिट रहेको पनि जनायो । रिगल सिनेमाज् प्रालिले नेपालका दुई अरू लोकेसनहरूमा पनि चेन विस्तार गर्ने घोषणा गरेको छ जसमध्ये बुटवलको भाटभटेनी सुपरमार्केटमा २ स्क्रिनहरू र विराटनगरको भाटभटेनी सुपरमार्केटमा २ स्क्रिनहरू पनि तुरुन्तै सञ्चालनमा आउने पनि जनायो ।