गोपाल संग्रौला
आइतवार, चैत्र १६, २०७६
735

नेपालका प्रमुख श्रम गन्तव्यमा रहेका नेपालीको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकता दिन सरकारले सम्बन्धित ५ वटा नियोगलाई बुधबार निर्देशन दिएको छ । मलेशिया, जापान, दक्षिण कोरिया, इजरायल र दक्षिण अफ्रिका स्थित नेपाली नियोग प्रमुखहरूसँग नेपालीको रोजगारी र स्वास्थ्य सुरक्षा लगायतका विषयमा उच्च प्राथमिकता दिन निर्देशन दिएको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले संयुक्त रूपमा ती श्रम गन्तव्यमा रहेका नेपाली र कोरोना भाइरस (कोभिड १९ संक्रमणका सम्बन्धमा भिडियो सम्बादमार्पmत जानकारी लिएर निर्देशन दिएको छ ।
नेपालका प्रमुख श्रम गन्तव्य मलेसिया, जापान, दक्षिण कोरिया, इजरायल र दक्षिण अफ्रिकालगायतका देशमा संक्रमण बढदै गएपछि सरकारले चासो देखाएको हो । “विदेश स्थित नेपाली नियोगप्रमुखहरूसँग कोरोना संक्रमणको स्थिति, ति मुलुकहरूमा रहेका नेपालीको अवस्था र अर्थव्यवस्थामा पार्नसक्ने असर तथा सोबाट नेपालीहरूको रोजगारीमा पर्ने सम्भावित प्रभाव जस्ता विषयमा भिडियो कन्फरेन्समार्फत छलफल गर्नुभयो,” श्रम मन्त्रालयका एक अधिकारी भने, “सो अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले नेपाली श्रमिकले भोग्नु परेका समस्या र सरकारले गर्न सक्ने सहयोगका बारेमा छलफल भएको गर्नुभएको थियो ।”
छलफलको क्रममा नियोग प्रमुखहरूले दूतावास रहेको तथा सहप्रमाणीकृत मुलुकहरूमा भएको संक्रमणको अवस्था, त्यहाँको सरकारले संक्रमण नियन्त्रणका लागि चालेका कदमहरू, नेपाली नागरिकहरूको अवस्था, दूतावासले नेपाली नागरिकलाई र्पुयाइरहेका नियमित र आकस्मिक सेवा लगायतका विषयहरूमा जानकारी गराएका थिए ।
सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल सरकारले संक्रमण नियन्त्रणका लागि चालेका कदमहरूको बारेमा जानकारी दिँदै नियोग प्रमुखहरूलाई आफू प्रमाणीकृत मुलुकहरूमा भएका संक्रमण सम्बन्धी नियमित रूपमा प्रतिवेदन गर्ने जानकारी दिएका थिए । नेपालीहरूको स्वास्थ्य, सुरक्षा तथा रोजगार सम्बन्धमा रोजगारदाता कम्पनी तथा सरकारसँग निकट सम्पर्कमा रही उनिहरूको तलव तथा सामाजिक सुरक्षाको निरन्तरताको पहल गर्न दुबासलाई निर्देशन दिईएको छ । नेपालीहरूलाई स्थानीय सरकारले जारी गरेको सुरक्षा सम्बन्धी निर्देशन पालना गर्ने बारेमा सुसूचित गराउने तथा नेपाली समुदाय र दूतावास समेत सङ्क्रमणका बारेमा जागरूक रही सुरक्षाका आवश्यक उपायहरू अवलम्बन गर्न निर्देशन दिए ।
भिडियो कन्फरेन्समा श्रम मन्त्री यादवले नेपाली राजदूतावासप्रति अहिलेको संवेदनशील र अप्ठारो परिस्थितिमा विदेशमा रहेका नेपालीहरूले ठूलो भरोसा राखेका हुदा स्थानीय सरकार एवं रोजगारदातासंग समन्वय गरेर परि आउने समस्या र चुनौतीहरूको सामना गर्न आग्रह गरेका थिए ।

श्रम गन्तव्यले भिसाको म्याद थप गर्ने
कतार, युइई, मलेसिया, कोरिया लगायतका सरकारले संक्रमणका कारण भिसा म्याद र हवाई टिकट लिएका विदेशी श्रमिकका लागी विशेष व्यवस्था गर्ने जनाएको छ । कतारले बिदामा आएका नेपाली श्रमिकको हवाई टिकट फिर्ता गरिएपनि परिस्थित सहज भएपछि आवश्यक सहयोग गर्ने जनाएको छ । यस्तै वैदेशिक रोजगारीमा युएईमा रहेका नेपालीको भिसाको म्याद सकिए पनि युएइ सरकारले वैधानिक हैसियत दिने भएको छ ।
कोरोना भाईरसको महामारी विश्वव्यापी रूपमा फैलिरहेको सन्दर्भमा संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका कतिपय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको निर्धारित उडान रद्द भएकोप्रति पछि समस्या सामधान गरिने जनाएको छ । युएई स्थित नेपाली दुताबासका अनुसार भिसा अवधि सकिएको लगायतका गुनासाहरू समाधानका लागि राजदूतावासले युएडको सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ । भिसाको म्याद समाप्त भएका नेपालीका हकमा वैधानिक रूपमा यूएईमा रहन दिने भएको छ । उपर्युक्त कारणले भिसा अवधि सकिएकाहरूको यूएई सरकारले विशेष व्यावस्था गर्ने जनाएको छ ।