कारोबार संवाददाता
बुधवार, माघ २९, २०७६
202

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष भवन भट्टलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाले अन्तरराष्ट्रिय समन्वयकर्ताको रुपमा मनोनित गरेको छ । नगरपालिकाले लुम्बिनी र नेपालको पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा, फोहोर व्यवस्थापन र खेलकुद लगायतका क्षेत्रको विकासमा सहकार्य गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा सम्बन्ध विस्तार गर्ने अभियानको समन्वयनकर्ताको रुपमा भट्टलाई मनोनयन गरेको हो ।
अन्तरराष्ट्रिय सम्बन्ध विस्तार, सहयोग र अनुभवको आदानप्रदान गर्नका लागि भिजिट नेपाल २०२० को अवसरमा २०७७ कार्तिक–मंसिरमा अन्तरराष्ट्रिय मेयर सम्मेलन गर्ने योजना रहेको छ । अन्तरराष्ट्रिय मेयर सम्मेलनलाई भव्य सफल पार्न अन्तराष्ट्रका मेयरहरुको अधिकतम उपस्थिती तथा नगरपालिकाको अन्तराष्ट्रिय स्तरमा सम्बन्ध विस्तारमा समन्वय गर्न अन्तरराष्ट्रिय समन्वयकर्ताको रुपमा मनोनित गरिएको नगरपालिकाले जनाएको छ ।