कारोबार संवाददाता
आइतवार, भदौ २२, २०७६
223

पेशागत जानकारी उपलब्ध गराउनुको साथै शंकरदेव क्याम्पसका पूर्व विद्यार्थीहरुलाई एउटै सुत्रमा बाँध्ने अवसरको रुपमा शंकरदेव क्याम्पसका पूर्व विद्यार्थी समाजले हालै शंकरदेव क्याम्पस परिसरमा एक भव्य कार्यक्रमको आयोजना गरी ‘राष्ट्रिय वाणिज्य दिवस’ मनाएको छ ।
यस कार्यक्रमले रोजगारदाताहरु, प्रतिष्ठित पेशाकर्मीहरु, बैंकर्स, नवप्रवेशी यूवाहरु तथा बैंकिङ र कर्पोरेट क्षेत्रमा रोजगारीहरुको खोजी गरीरहनु भएका नव अध्योताहरु समेतलाई यस कार्यक्रमले एउटै थलोमा ल्याएको थियो । शंकरदेव क्याम्पसका पूर्व विद्यार्थी समाजका वर्तमान सभापति प्रा. डा. अमुदा श्रेष्ठले कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्नु हुँदै कार्यक्रमको शुभारम्भ गरेकी थिइन् । शंकरदेव क्याम्पसका पूर्व विद्यार्थी समाजका कोषाध्यक्ष राजीव थापाले कार्यक्रमको उपादयेता माथी प्रकाश पार्दै पेशागत जानकारी एवम् सबैलाई एक सुत्रमा बाँध्ने यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई ज्ञान अभिवृद्घि गर्ने, उपयुक्त सल्लाह एवम् सुझावहरु प्रदान गर्ने बताए । कार्यक्रममा कर्पोरेट, निजी एवम् सार्वजनिक क्षेत्रका सात जना रण्याती प्राप्त व्यक्तिहरु (कार्यकारी प्रमुखहरु तथा अध्यक्षज्यूहरु) को गरिमामयी उपस्थिति रहेको थियो । उहाँहरुको उत्प्रेरक प्रस्तुतिले विद्यार्थीहरुको उच्च पेशागत चाहना पूरा गर्ने लक्ष्यलाई समेत प्रोत्साहित गरेको थियो । कर्पोरेट क्षेत्रका सम्भावीत रोजगारदाताहरु (बैंक, बीमा कम्पनीहरु) ले कार्यक्रम स्थलमा नै रहेका

आ–आफ्ना प्रदर्शनी कक्षहरु मार्फत अन्तरक्रियाको माध्यमबाट विद्यार्थीहरुलाई सम्भावित रोजगारी र आफ्नो चाहना अनुसारको रोजगारी बारे तयारी कसरी गर्न सकिन्छ भन्ने सूचनाहरु सम्प्रेषण गरिएको थियो ।
शंकरदेव क्याम्पसका क्याम्पस प्रमुख कृष्ण प्रसाद आर्चायले यस प्रकारको कार्यक्रम नेपालमा पहिलो पटक भएको कुरामा प्रकाश पार्दै यस प्रकारको कार्यक्रम यदी नेपालका अरु विश्व विद्यालय र कलेजहरुले गरेमा त्यसबाट भावी विद्यार्थीहरु तथा सम्भाव्य रोजगारदाताहरु लाभान्वीत हुने बताए ।