गोपाल संग्रौला
आइतवार, श्रावण ५, २०७६
880

एक वर्षअघि विवादमा परेको मलेसियाको बेस्टीनेट प्रालिले अदालतबाट सफाई पाएपछि नेपालमा पुनः कामदारको स्वास्थ्य परीक्षणको काम गर्ने भएको छ । तर, यो कम्पनीले स्वास्थ्य परीक्षणमा पनि विशिष्ठिकृत सेवा अर्थात सूचना–प्रविधिसम्बन्धी काम सुरु गर्ने भएको हो ।
एक वर्षअघि नेपाल सरकारले स्वास्थ्य परीक्षणको नाममा चर्को सेवा शुल्क असुलेको जनाउदै सो संस्थाविरुद्ध मुद्दा दायर गरेको थियो । सो कम्पनीले मलेसिया जाने नेपाली युवाको स्वास्थ्य परीक्षणको सूचना प्रणालीमा काम गर्ने जनाए पनि कुन–कुन संस्थामार्फत  गर्ने भन्ने बारे केही जनाएको छैन । नेपाल सरकारले मलेसियाको रोजगारीका लागि युवाको स्वास्थ्य परिक्षण गर्न पहिलो चरणमा ९९ संस्था तोकेपछि उसले नेपालमा पुनः सेवा विस्तार गर्ने जनाएको छ । मलेसियाको स्टार अनलाइनले विदेशी कामदार केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस)लाई बेस्टीनेट प्रालीले नेपालमा सञ्चालन गर्ने जनाएको छ । एफडब्लूसीएमएसले रोजगारदाता, म्यानपावर, सरकार र मेडिकल संस्थाको सम्बन्ध स्थापित गर्ने काम गर्दै आएको जनाइए पनि नेपालमा भने स्वास्थ्य परीक्षणको क्षेत्रमा मात्र काम गर्ने जनाएको छ ।

नेपाल सरकारले एक वर्षअघि अवैधानिक भनेर मुद्दा दायर गरेको मलेसियाको बेस्टीनेटले मलेसिया जाने नेपाली कामदारको हेल्थ स्क्रिनिङ गर्ने जनाएको छ । सो कम्पनीले मलेसियाको गृह मन्त्रालयअन्तर्गत विदेशी कामदार केन्द्रिकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) अन्तर्गत नेपाललगायत विश्वका अन्य देशमा भने सेवा विस्तार गर्ने नयाँ योजना सार्वजानिक गदै नेपालमा सेवा केन्द्रित गर्ने जनाएको छ । यसले हालै मलेसिया जाने १२ देशका कामदारको व्यवस्थापनमा सूचना प्रविधिको काममा सहयोग गरिरहेको जनाएको छ । बेस्टीनेट कम्पनीले मलेसिया कामदार पठाउने सम्बन्धमा काम गरिरहेका सरोकारवाला संस्थाको व्यवस्थापनमा सहयोग गर्ने जनाएको छ ।
वेस्टीनेटका कार्यकारी अधिकृत इस्माईल माहमेद नुरले सेवालाई विस्तार गरेर विश्वर लैजाने योजना रहेको जनाउँदै नेपालको अदालतले सफाई दिएपछि पुनः सेवा विस्तार गरेको जनाएको छ । “नेपालको अदातलले हामीलाई सफाई दिएको छ, हामी नेपाललगायतका देशमा सेवा बिस्तार गर्ने गरी सो देशको आवश्यकताअनुसार काम गर्ने योजना छ,” स्टार अनलाइनको समाचारमा भनिएको छ “यस काममा निजी क्षेत्रभन्दा पनि सरकारसँग सरोकार राख्ने व्यवस्थापनका धेरै बिषयहरू रहेका छन् ।”
नुरले एफडब्लुसिएमएस रोजगारदाता, म्यानपावर, सरकार र मेडिकल सेन्टरलाई प्रवासी कामदारको व्यवस्थापनमा जोडने काम गर्ने जनाइएको छ ।