सागर परियार
बुधवार, असार २५, २०७६
275

जुम्ला-हिमा गाउँपालिका २ सय बेरोजागरले १५ दिनको पारिश्रमिक पाएका छन् । कुनै काम नपाएर घरमै बसिरहेका विपन्न दलित समुदायका युवा, महिला र पुरुषहरुले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १५ दिनका लागि काम पाएका थिए । १५ दिनको अवधिमा विभिन्न काम गरी सबै बेरोजागाले आफ्नो बेरोजागर भत्ता बुझेका छन् ।
हिमाकी रत्नशीला सार्कीले पहिलो चोटी १५ को पारिश्रमिक बापत एकैचोटी हातमा ९ हजार ९ सय पाएपछि निकै खुसी छन् । यसअघि यति धेरै पैसा कहिले पनि समातेकी थिइन् । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट काम गरी पैसा पाएकोमा खुसी व्यक्त गरिन् । पैलोचोटी यति धेरै पैसा हात पाउँदा रत्नशीला जस्तै गोरी सार्की,दल विटालु, कालिमाने सार्की र डिलबहादुर कार्कीलगायत २ सय बेरोजगार खुसी भएका छन् ।

हिमा गाउँपालिकाका रोजगार संयोजक दिपेन्द्र पौडेललका अनुसार सरकारले तोकेको पाँच सय १७ रुपैयाँ भए पनि गाउँपालिकाले प्रतिदिन ६ सय ६० रुपैयाँ ज्याला दिएको बताए । १ सय ९४ जनालाई ९ हजार ९ सयका दरले झन्डै १९ लाख २० हजार ६ सय रुपैयाँ वितरण गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आएको जम्मा २७ लाख हो ।
त्यसमा काम गर्नका लागि आवश्यक औजार, हेलिमेन्ट, डे«स खरिद गरिएको थियो । १५ दिनको अवधिमा हिमा झण्डै दुई बेरोजगारले १ बाटो निर्माण वडा नम्बर १ देखि ७ सम्म नाला निर्माण, सिँचाइकुलो र बाटो, प्रतीक्षालय, पर्खाल निर्माण, जाली तटबन्द र गोरेटो बाटो निर्माण गरेका छन् ।