अमरराज आचार्य
सोमवार, असार २, २०७६
251

जिल्लामा प्राविधिक जन शक्ति नहँुदा गुणस्तरको मापनमा मस्या भएको उद्योगीहरूले गुनासो गरेका छन् । जिल्लामा गुणस्तर मापनको ल्याबसमेत नभएको उनीहरूको भनाइ छ । नेपाल एग्रि बिजनेस इनोभेस सेन्टर (नेविक) नेपालले आयोजना गरेको खाद्य स्वच्छता र गुणस्तरमार्फत कृषि व्यवसायीककरण प्रतिस्पर्धा क्षमता अभिवृद्धि कार्यक्रममा सहभागीहरूले यस्तो बताएका हुन् । नमकिन तथा पानी उद्योगी विनोद चौधरीले आफूहरूले उद्योगका लागि गुणस्तर मापनका लागि प्राविधिक जन नपाउदा समस्या हुने गरेको बताए । जिल्ला बाहिरबाट जनशक्ति मगाउनु पर्ने बाध्यता रहेको उनले गुनासो गरे ।
“हामीले प्राविधिक जन शक्ति राख्छौंभन्दा पनि पाएका छैनउ” चौधरीले भने । त्यसले गर्दा प्राविधिक कमजोरी हुने गरेको उनको भनाइ छ । उपभोक्ताहरूमा गुणस्तरका बारेमा जानकारी हुन नसकेको बताए । उपभोक्ताहरू गुणस्तरभन्दा पनि सस्तोमा धेरै खोज्ने गर्नुहुन्छ चौधरीले भने । गुणस्तर युक्त वस्तु उत्पादन बिक्री गर्ने समेत समस्या हुने गरेको उनको भनाइ छ । यसका बारेमा उद्योगलाई राज्यले तालिम प्रदान गर्नुपर्ने बताए । उपभोक्ताहरूलाई यसका बारेमा जानकारी दिन आवस्यक रहेको बताए । भन्सार छलेर आउने सामग्रीले पनि नेपाली उत्पादनलाई समस्या पर्ने गरेको चौधरीको भनाइ छ ।

उपभोक्ता हित मञ्चका चिन्तामणि पौडेलले जिल्लामा विषादी राखेको तरकारी बिक्री वितरण भइराखेको बताए । यसकालाई रोक्न आवश्यक रहेको बताए । “कुनै माप दण्ड नै छैन कस्तो बिक्री वितरण गर्ने पाइदैन भनरे” पौडेलले भने । विषादी नियन्त्रण गर्नेका लागि कृषकहरूलाई सचेतना जगाउन जरुरी रहेको उनको भनाइ छ । नेपालमा रहेका साना उद्योगहरूले विदेशमा रहेका ठुला उद्योगसँग प्रतिस्पर्धा गर्ने बाध्यता रहेको उनको भनाइ छ ।
चाउमिन व्यवसायी केशवराज पोख्रेलले बाहिरबाट सहज रूपमा गुणस्तर मापन नगरी सामग्री भित्रीने गरेको बताए । नेपालमा सामाग्री भित्रँदा गुणस्तर मापन गरेर मात्र ल्याउन दिनुपर्ने पोख्रेलले बताए । यसतर्फ राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ । “राज्यले उद्योगीहरू लाइ गुणस्तर भएन भनेर कारबाही गर्ने मात्र होइन त्यसका वारेमा जानकारी समेत दिनुपर्छ,” पोख्रेलले भने । तालिम दिएरमा उद्योगी व्यवसायिहरू जानकारी लिएर अगाडि वढन सहज हुने उनको भनाइ छ ।
डेरी व्यवसायी मानबहादुर बुढाथोकीले खुला दूध बिक्रीले समस्या पारेको बताए । उपभोक्ताहरू सचेत नहँुदा पास्टराइज गरेको दूध नखाने गरेको बताए । उपभोक्ताहरू अधिकांशहरूले खुला रूपमा बिक्री गर्ने दूध खाने गरेको बताए । खुला रूपमा बिक्री गरिने दूध गुणस्तर युक्त नभएको बुढाथोकीले बताए ।
दाङ देउखुरी होटेल व्यवसायी समितीका अध्यक्ष रुद्रवहादुर डाँगीले दाल, चामललगायतका खाद्य सामग्रीहरू खुला रूपमा नै विक्री वितरण हुने गरेको बताए । त्यसैगरेर तरकारी विषादीसहित बिक्री गरिने गरेको त्यसैगरेर पशु बिना परीक्षण वध हुने गरेको बताए । हेरक क्षेत्रले गरेको गल्ती व्यसायिहरूलाई लगाउने गरेको उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले मानिसको स्वास्थ्य भएमा मात्र अन्य क्षेत्रको विकास हुने बताए । “मानिस स्वस्थ रहेमा मात्र अन्य विकास अगाडि बढ्छ” प्रमुख चौधरीले भने । यसतर्फ सबै सचेत हुनुपर्ने उनको भनाइ छ । खाना शुद्ध भएमा मात्र मानिसको स्वास्थ्य राम्रो हुने बताए । त्यसका लागि नागरिकहरू सचेत भएर अगाडि बढ्नु पर्ने चौधरीले बताए । विषादीको प्रयोगलाई न्यूनीकरण गर्दै जानुपर्ने उनको भनाइ छ ।