सागर परियार
सोमवार, असार २, २०७६
287

पानी गाउँपालिका–२ की गौरा मल्ल पहिला घरधन्दामै बेस्थ हुन्थिन् । मेलापात गर्दै दिन बिताउने मल्ल अहिले होमस्टे सञ्चालनका लागि निकै सक्रिय रूपमा लागेकी छन् । होमस्टे सञ्चालनका लागि रैथाने बालीको परिकार बनाउने सातदिने तालिम उनले लिएकी छन् । पहिला होमस्टे भनेको थाहा थिएन, उनले भनिन, तालिमपश्चात्, हामीले खाने खाना खुवाउने न्यायो सत्कार दिने, मिठो बोल्ने रैछ, घरहरू सजाउने, जस्ता काम हामीले गर्दै आएका हौं ।
त्यसैले पनि होमस्टे सञ्चालनमा महिला अग्रसर छन् । त्यस्तै गुठिचौरकी धनरूपा न्यौपानले भनिन्, “घर आउने पाहुनाको सत्कारकालािग महिला नै बढी सक्रिय हुन्छन्, भने होमस्टे सञ्चालनमा किन गर्न सक्दैनौ भन्ने सोचले हामी लागी परेको बताईन । परिकार बनाउने तालिम पनि सिकिसक्यौ,” उनले थपिन, “पहिला हेला गरिएको बाली(चिनो, कागुनो, कोदो, फापर, मकै) जस्ता बाली बाट मिठा मिठा परिकार बनाउन सकिने रैछ ।”

अब हामी होमस्टे सञ्चालनका लागि सक्रिय रूपमा लाग्ने बताइन् । लालदेवी बुढा एक युवती हुन् । उनी गाउँका महिलालाई सचेत बनाउँदै होमस्टे सञ्चालनका लागि सघाउने बताउँछिन् । ऐतिहासिक महत्व झल्किने गरी पाँचै स्थानीय तहका होमस्ेटमा रातो, सेतो कमेरोले पोतेका, माटाले छापेका एकनासे घरहरू हुनेछन् ।
जल, जमिन, जंगल, जडिबुटीहरूको सदुपयोगसँगै, जातजाति अनुसारको भेषभूषा पहिरनसहित महिला दिदीबहिनीहरू पर्यटकको स्वागतमा तयारी हुने स्थानी महिला सुनिता श्रेष्ठले बताइन् ।
कनकाका सुन्दरी सिंजा, तातोपानी, एैरेनी र गुठिचौर पाँचवटै होमस्टे सञ्चालनका लागि ग्रामीण महिला निकै सक्रिय रूपमा लागिरहेका छन् । भने झन्डै ५० जना बढी महिला रोजगार भन्ने छन् । यता, महिला सिडिओ, दर्गा बञ्जाडेका अनुसार होमस्टे सञ्चालनका लागि महिलाको सहभागिता, रुचि तथा अग्रसरता देखेर निकै खुसी लागेको बताउँछ्रन् । होमस्टे सञ्चालन पछिको सुरक्षा व्यवस्था मजबुद हुन्छ । प्रजिअ बञ्जाडेले भनिन्, ढुक्क भएर पाहुनाको सामान सत्कार, बस्न खानको लागि राम्रो व्यवस्था गर्नुहोस भन्दै सुझाव दिइन । पुरुष भन्दा महिलाले नै होमस्टे प्रभावकारी रूपमा सञ्चालन गर्ने जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले बताए ।
उनका अनुसार निकै व्यावहारिक हुनुपर्नेमा जोड दिए भने अझै होमस्टे सञ्चालनका लागि अपुग ७८ लाख बजेट आउने तयारीमा रहेको समेत जनाए । पुरानै पहिरन, भाषा शैली, खानपिन सबै जे छ त्यही दिने, कुुनै पनि नयाँ खालका नगर्न सुझाब दिए । होमस्टेमा पर्यटक ठुला घर, बंगला हेर्न आउँदैनन्, उनले भने हाम्रा रातो सेतो माटोले पोतेका कमेरोका घरहरूलाई हेर्न आउने, ढिडो, खाने आउने भएको ख्याल गर्न आग्रह गरे ।
होमस्टे सञ्चालनको तयारी पूरा
जिल्लाका ५ वटा गाउँपालिकामा होमस्टे सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । जुम्लाका कनकासुन्दरी, सिंजा, हिमा, गुठीचौर र तातोपानी गाउँपालिकामा होमस्टे सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको हो । जुम्लाको होमस्टे सञ्चालनको अनुदान पहुँचवालाई भन्ने समचार कारोबार दैनिकमा प्रकाशित पछि पाँचवटै स्थानीय तहले यसमा गम्भीर छलफल गरे ।
समचार प्रकाशन पछि मात्रै, एैरेनी र बड्की होमस्टे बिबादलाई सुल्टाउने बाटो खुलेको भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शेरबहादुर श्रेष्ठले बताए । उनका अनुसार प्रकाशीत समचारमा, पहुँचवालाको हालीमुहाली बढेको देखिन्छ, भने, महिला तथा बेरोजगार युवा काम बाहिन छन् जस्ता कुरा आएपछि पाँचवटै स्थानीय तहले विवाद सुल्टाएर अघि बढेका छन् ।
तर, विवाद समधानपछि पाँचवटै होमस्टे सञ्चालनका लागि भने, ग्रामीण क्षेत्रका महिला सक्रिय बन्न थालेका छन् । कार्यसमितिमा पहुँचवालाको हालीमुहाली भए पनि, होमस्टे सञ्चालनमा अधिंकाश महिला सक्रिय भएको प्रमुख श्रेष्ठले बताए । अबको एक महिनाभित्र होमस्टे संचालन हुने उनको भनाई छ । जुम्लामा सात दिनसम्म भएको परिकार बनाउने तालिमपश्चात् होमस्टे सञ्चालकहरूलाई लाखौंका औजारहरू पनि हस्तान्तरण गरिएको छ ।
पाँच वटै होमस्टेका झण्डै ४० जना महिलालाई कनकासुन्दरी र सदरमुुकाम एकैसात तालिम दिइएको हो । तालिममा महिलालाई दिइएको प्रथामिकताका आधारमा पनि हामी होमस्टे संचालनमा सक्रिय बनेको महिलाहरूको भनाइ छ । प्रदेश सरकारले होमस्टे सञ्चालनका लागि, कनकासुन्दरी गाउँपालिकालाई २५ लाख, सिंजा गाउँपालिकालाई २५ लाख, हिमा गाउँपालिकालाई २५ लाख र तातोपानी गाउँपालिकालाई ७० लाख गरी १ करोड ४५ लाख बजेट होमस्टेका लागि छुट्याएको छ ।