कारोबार संवाददाता
आइतवार, माघ ६, २०७५
707

  • एक हप्ताभित्र बिराटनगर र धनगढीबाट पनि

सरकारले श्रम स्विकृती सेवालाई विकेन्द्रिकरण गर्ने योजना अनुसार यो हप्ता भित्र बाकी रहेका २ प्रदेशमा पनि पुनः श्रम स्वीकृती सेवा विस्तार गर्ने भएको छ । 
यही कार्यक्रम अन्र्तगत आईतबार कर्णाली र यही हप्ता प्रदेश ७ तथा प्रदेश १ बाट पनि पुनः श्रम स्विीकृती दिने योजना रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । आईतबार (आज) सुर्खेतको विरेन्द्रनगरमा रहेको श्रम तथा रोजगार कार्यालयमा सेवा शुरु गरी क्रमस धनगढी र विराटनगरबाट गर्ने तयारी रहेको छ । धनगढीबाट सेवा विस्तार शुरु गर्न प्रारीम्भिक प्राविधिक सेवा विस्तार गर्ने काम भईरहेको मन्त्रालयले जनाएको छ । अब धनगढी र सुर्खेतबाट पुनः श्रम स्विीकृती सेवा विस्तार गर्न बाकी रहेको छ ।