पूर्वाञ्चल विश्वविद्यालयले मातहतका कलेजहरूलाई स्नातकोत्तर तह सञ्चालनको सम्बन्धन दिन उच्च अदालत विराटनगरले दिएको आदेशको पालना गर्न अटेरी गरेको पाइएको छ ।
वन तथा वातावरण मन्त्रालयले वातावरण विषय पढेका जनशक्तिको अभावकै कारण अन्य विषय पढेकालाई पनि वातावरण निरीक्षक बनाउने गरी ‘वातावरण संरक्षण विधेयक २०७५’ तर्जुमा गरिएको स्पष्ट पारेको छ । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बुधबार गरिएको छलफलमा वन तथा वातावरण मन्त्रालयले आवश्यकताअनुसार प्राविधिक जनशक्ति लोकसेवाबाट स्वीकृत नहुँदा अन्य विषय अध्ययन गरे पनि वातावरण निरीक्षकको जिम्मेवारी दिने गरी विधेयक तयार पारेको जनाएको हो ।
पहिले हिमालपारिको जिल्ला मनाङमा पढाइ के राम्रो होला भन्ने तथा सोचाइ राख्नेका लागि मनाङका विद्यालय उदाहरणीय बन्दै आएका छन् । यसैमध्ये मनाङको सदरमुकाम चामे गाउँपालिकाअन्र्तगतको श्री लोकप्रिय मावि देशभरको नमुना विद्यालय छनोट गर्ने क्रममा उक्त विद्यालय नमुना विद्यालयमा पर्न सफल भएको छ ।
दिवा खाजा अर्गानिक खुवाउने नीतिले बालबालिकाको पोषणमा वृद्धि र रैथाने अन्नको उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्य छ । जुम्लामा जम्मा १७० वटा विद्यालय छन् । जसमा आधारभूत तहका ९२, निमावि तहका ३१ र माध्यमिक तहका ४७ वटा गरी १७० विद्यालय छन् । आधारभूत, निमावि र मावि गरी विद्यार्थी संख्या ३१ हजार १५४ जना छन् । जसमा ईसीडीलगायत आधारभूत तहमा मात्रै छात्रछात्रा गरी, १९ हजार २८४ जना बालबालिका छन् ।
घोराही उप महानगरपालिकाले उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको छ । उप महानगरपालिकाले नगर क्षेत्रमा शिक्षाको गुणस्तर बढाउन सहयोग पु-याएको भन्दै शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरेको हो । नगरपालिकाले पहिलोपटक यसरी शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको हो ।
धनुषाका ग्रामीण क्षेत्रका विद्यालयमा गठन गरिएका छात्रा सञ्जाल र बाल क्लबले बाल विवाहविरुद्ध जनचेतना अभियान सञ्चालन गरेपछि बाल विवाह गर्ने चलन हराएर छोरीलाई पनि विद्यालय पठाउने सोच विकास भएको छ । धनुषाका ग्रामीण क्षेत्रमा कुरीतिका रुपमा रहेको छोरीलाई शिक्षा दिनु हुँदैन भन्ने मान्यताविरुद्ध छात्रा सञ्जालले जनचेतना अभियान सञ्चालन गर्न थालेपछि सबै अभिभावकले छोरीलाई समेत विद्यालय पठाउन थालेका छन् ।
शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सरोकारवालामाझ छलफलकै क्रममा छ । विधेयकको उद्देश्य, विद्यालयको वर्गीकरण, शिक्षाको तहगत वर्गीकरण, विद्यालय स्थापना गर्न पाउने, शिक्षा सम्बन्धि अधिकारको बाँडफाँड, विद्यालय स्थापना तथा सञ्चालन, निजी विद्यालयबारे नयाँ व्यवस्था, विद्यालय सञ्चालन तथा व्यवस्थापन समिति, अनौपचारिक शिक्षा, आजीवन सिकाइ आदि थुप्रै विषयमा छलफल भइरहेको छ ।
कञ्चनजंघा हिमालको काखमा अवस्थित श्री घुन्सा आधारभूत विद्यालयका विद्यार्थीले अझै ‘हिमाली छात्रवृत्ति’ पाएका छैनन् । आर्थिक वर्ष ०७५-७६ सकिन लाग्दासमेत हिमाली छात्रवृत्ति विस्तार कार्यक्रमअन्तर्गतको रकम पाउन सकेका छैनन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरबाट वार्षिक १० लाख ५० हजार पाउनुपर्ने थियो । उक्त रकम विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीका लागि प्रदान गर्ने गरिएको प्रधानाध्यापक लिलाचक्र गुरुङले जानकारी दिए । प्रअ गुरुङले भने, “असार सकिन एक साता पनि छैन ।
सरकारले अनिवार्य र निःशुल्क शिक्षाको अवधारणा ल्याएको छ । दलित विपन्न समुदायका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने लक्ष्यका साथ सरकारले अनिवार्य र निःशुल्क शिक्षाको अवधारणा ल्याएको छ भने दलित छात्र तथा छात्राका लागि छात्रवृत्तिको समेत व्यवस्था गरेको छ । तर जुम्लामा भने सामुदायिक विद्यालय सुकाउदै महँगो शुल्क तिर्नुपर्ने निजी विद्यालयमा बालबालिका आकर्षित भएका छन् ।
झापा कनकाई नगरपालिका–८ का ढुण्डीराज कोइरालालाई झट्ट हेर्दा उनमा शारीरिक दुर्वलता देखिन्न । खाइलाग्दो शरीर, चार दशक उमेरको हाराहारीका जस्तो देखिन्छन् उनी । कोइराला पेसाले शिक्षक हुन् ।
नेपाली इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसन ५६ वर्ष पूरा गरी ५७ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा विविध कार्यक्रम गरिने भएको छ ।
जुम्लाका पाँच स्थानीय तहमा विभिन्न विषयको प्राविधिक शिक्षा सञ्चालन छ । गाउँमै प्राविधिक शिक्षा आर्जन गर्न पाउँदा विद्यार्थी त खुसी छन् तर स्रोत नहुँदा प्राविधिक शिक्षा सञ्चालन फलामको चिउरा चपाउनुजस्तै भएको छ । स्थानीय तहले पर्याप्त बजेट दिएको छैन, पूर्वाधार नहुँदा पठनपाठनमा झनै समस्या छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित ठाकुरदेवी प्राथमिक विद्यालय दर्लामीमा वर्षैपिच्छे विद्यार्थीको संख्या घट्दै गएको छ । अघिल्लो वर्षसम्म २० जना विद्यार्थी रहेको यस विद्यालयमा अहिले त्यो संख्या पनि घटेर १६ मा झरेको छ । विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठका अनुसार अहिले सबै कक्षाका गरी जम्मा १६ जना मात्रै विद्यार्थीहरु भर्ना भएका छन् । त्यसमा पनि सबै विद्यार्थीहरु नियमित आउँदैनन् ।
जुन कलेजमा सुविधासम्पन्न भवनहरू छन्, शैक्षिक एवं भौतिक पूर्वाधार पूर्ण रहेको छ । अनुभवी र पुराना प्राध्यापकहरूको समूहले अध्यापन गराउँछन् । अनुशासित वातावरणमा नियमित अध्यापन तथा प्रयोगात्मक कक्षा हुन्छ, जहाँ उच्च अङ्क ल्याउने विद्यार्र्थीहरूसँग प्रतिस्पर्धा गरेर अध्ययन गर्न पाइन्छ ।
टेक्सास इन्टरनेसनल कलेज एक अब्बल, बहुप्रतिष्ठित शैक्षिक प्रतिष्ठान हो । यो कलेजले बहुआयामिक संस्थाका रूपमा लामो समय (सन् २०१०) देखि अध्यापन गर्दै आइरहेको छ । यस संस्थामा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायतर्फका शैक्षिक गतिविधिहरू सञ्चालन हँुदै आएका छन् ।