प्रकाश लम्साल
सोमवार, भदौ २, २०७६

बाराको सिमरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक नमुना विद्यालय जिल्लाकै ४ ओटा संकाय सञ्चालन गर्ने एकमात्र सामुदायिक विद्यालय हो । विज्ञान, वाणिज्य, शिक्षा र मानविकि गरी हाल ४ ओटा संकायमा पठनपाठन गराइरहेको विद्यालयमा विज्ञान संकायमा भने प्रदेश २ मै नमुना विद्यालयका रुपमा पहिचान बनाउन सफल रहेको छ ।

351
कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६

ठुलिभेरी नगरपालिका–२ कुम्ली डोल्पाकी दिलमाया विक सधै घरको काम गर्दै आएकोमा आजभोलि विद्यालयमा आएर नियमित छलफल गरिरहेकी छन् । उनले आफ्ना छोराछोरीको पढाइ कस्तो छ र कुन विषयमा कमजोर छ भनी नियमित रुपमा शिक्षकसँग छलफल गर्ने गरेकी छन् । घरआँगन र पानी पँधेरोमा मात्र दिन बिताउने यहाँका अधिकांश महिलाहरु दिलमायाको क्रियाशिलता देखेर दंग मात्र छैनन्, सल्लाह सुझाव समेत माग्न थालेका छन् । विद्यालयमा आफ्ना बालबालिकालाई पढाउने मात्र होइन, पढे–नपढेको प्रभावकारी अनुगमन समेत दिलमायाले गर्दै आएकी छन् ।

226
कारोबार संवाददाता
शुक्रवार, श्रावण ३१, २०७६

पोखरा-विदेशी संस्थाबाट पोखरामा एक सामुदायिक विद्यालयको भान्छा कोठा निर्माण गरिएको छ । बेलायतमा रहेको विलवोरफ सिक्थ फम कलेजको आर्थिक सहयोगमा पोखरा–१० स्थित कुँडहर आधारभूत विद्यालयमा भान्छा कोठा निर्माण भएको हो ।

387
कारोबार संवाददाता
शुक्रवार, श्रावण ३१, २०७६

धनकुटा नगरपालिका–४ निवासी लोकेन्द्रकुमार श्रेष्ठले धनकुटाको छथरजोरपाटी गाउँपालिका–६ सिँधुवामा रहेको सरस्वती माध्यमिक विद्यालयलाई झण्डै ८२ लाख रुपैयाँ बराबरको १ रोपनी १० आना जग्गा दान गरेका छन् । जिल्ला मालपोत कार्यालयमा बिहीबार विद्यालयको नाममा श्रेष्ठले रजिस्ट्रेशन पास गरेका हुन् । बिहीबारै पत्रकार सम्मेलन गर्दै विद्यालयका प्रधानाध्यापक किरणकुमार राईलाई जग्गा धनीपुर्जा हस्तान्तरण गरे ।

348
कारोबार संवाददाता
शुक्रवार, श्रावण ३१, २०७६

आफ्नै समुदायको जनप्रतिनिधि पाएपछि अतिसीमान्तकृत चेपाङ जाति बसोबास गर्ने तनहुँको एक गाउँको आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा निकै परिवर्तन आएको छ । बन्दीपुर गाउँपालिका–३ का रनबहादुर भुजेल चेपाङले जनप्रतिनिधि बन्ने अवसर पाएपछि गाउँको मुहार फेरिएको हो । रनबहादुर गाउँपालिकाको कार्यपालिका सदस्य हुन् ।

406
कारोबार संवाददाता
बिहिवार, श्रावण ३०, २०७६

निजी कम्पनी एवं सरकारी, अर्ध–सरकारी तथा गैर–सरकारी संस्थाहरुका लागि समस्याको पहिचानका साथसाथै नवप्रबर्तन (इनोभेसन) मा आधारित समाधानको खोजी गर्नका लागि विश्वस्तरमा प्रख्यात डेमोला ग्लोबल किंङ्गस् कलेजसँगको साझेदारीमा नेपालमा प्रवेश गरेको छ ।

376
कारोबार संवाददाता
मंगलबार, श्रावण २८, २०७६

युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम)ले सरकारी तथा निजी क्षेत्रमा सार्वजनिक नीति र यसको व्यवस्थापनमा जोड दिन पहिलो पटक स्नातकोत्तर तहमा सार्वजनिक नीति र व्यवस्थापन (पब्लीक पोलीसी एण्ड म्यानेजमेन्ट) कोर्षको अध्यापन शुरु गर्ने भएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राजधानीमा आयोजना गरेको नेपालमा सार्वजनिक नीति र व्यवस्थापन शिक्षाको आवश्यकता र महत्वबारे गरिएको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिएको हो ।

428
कारोबार संवाददाता
सोमवार, श्रावण २७, २०७६

ललितपुरस्थित सिटीजन कलेजमा भएको स्टक पिचिङ कम्पिटेसनमा आरती झाको टिमले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । सहभागी ८ टिमबीच भएको प्रतिश्पर्धात्मक प्रस्तुति कार्यक्रममा आरक्ष प्रजापतिको टिमले द्वितीय स्थान(रनर्सअप) को स्थान हाँसिल गरेका छन् । कार्यक्रमका विजेतालाई कलेजका प्राचार्य हरिकृष्ण अर्याल प्रशासनिक प्रमुख राजकुमार प्याकुरेल, कार्यक्रम संयोजक मुस्कान खनालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन्

415
कारोबार संवाददाता
सोमवार, श्रावण २७, २०७६

त्रिभुवन विश्वविद्यालयले त्रिविअन्तर्गत डिन कार्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गरेका कलेजमा पनि पूर्ण छात्रवृत्ति लागू गराउने भएको छ ।

508
कारोबार संवाददाता
शुक्रवार, श्रावण २४, २०७६

मारवाडी सेवा समिति नेपालको शिक्षा तथा छात्रवृत्ति व्यवस्थापन समितिले २०७६ साल साउन २२ गते एक कार्यक्रमको आयोजना गरी शैक्षिक सत्र २०७६ को छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ । मारवाडी सेवा समिति नेपालले ‘सेवा ही परमो धर्म’ उद्देश्यले लिई स्थापना गरिएको छात्रवृत्ति कोषबाट समितिअन्तर्गतको शिक्षा तथा छात्रवृत्ति व्यवस्थापन समितिले सूचना प्रकाशित गरी आर्थिकस्थिति कमजोर भएका छात्र-छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको थियो ।

546
कारोबार संवाददाता
बुधवार, श्रावण २२, २०७६

प्रतिनिधिसभाको मंगलबारको बैठकमा ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६’ प्रस्तुत भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक प्रस्तुत गर्दै वैज्ञानिक उत्पादन गर्नु नै विश्वविद्यालयको मुख्य उद्देश्य हुने बताए ।

530
कारोबार संवाददाता
मंगलबार, श्रावण २१, २०७६

काठमाडौंको नयाँबानेश्वरमा रहेको युनिग्लोब कलेज परिसरमा सोमबारको दिन बृहत् स्वास्थ्य शिविर सम्पन्न गरको छ । उक्त शिविरमा रक्तदान कार्यक्रम, आँखा जाँच शिविर, दन्तजाँच शिविर र छाला जाँचसम्बन्धी शिविर, जनरल फिजिसियन जाँच शिविरलगायत फिजियोथेरापी प्रशिक्षणसमेत दिइएको जनाएको छ ।

339
कारोबार संवाददाता
मंगलबार, श्रावण २१, २०७६

सम्पत्ति विवरण नबुझाउने लमजुङका १८० शिक्षक जरिबानामा परेका छन् । शिक्षा मन्त्रालयले सार्वजनिक गरेको तोकिएको समयमा सम्पत्ति विवरण बुझाउन आलटाल गर्ने शिक्षकहरुको सूचीमा जिल्लाका १८० शिक्षक परेका हुन् ।

649
कारोबार संवाददाता
सोमवार, श्रावण २०, २०७६

होटल अन्नपूर्ण बर्सेनि वितरण गर्दै आएको प्रिन्स जयन्ती अचिभमेन्ट अवार्ड–२०१९ नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) कलेजका ४ जना छात्रालाई प्रदान गरिएको छ ।

598
कारोबार संवाददाता
आइतवार, श्रावण १९, २०७६

उच्च शिक्षा हासिल गरेका युवतीको रोजाइमा ईसीडीएफ (प्रारम्भिक वाल्यावस्था विकास सहजकर्ता)को तालिम परेको छ । शिक्षाशास्त्र, मानविकी र व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका युवतीहरू ईसीडीएफको तालिममा सहभागी भइ सीप प्रमाणिकरण गरिरहेका छन् । विज्ञान संकायमा स्नातक पुरा गरेका र दुई विधामा स्नातक गरेका युवतीहरू पनि इसिडी फेसिलेटरको तालिममा सहभागि भएका छन् ।

502