कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६

उपराष्ट्रपति नन्दबहादुुर पुनले सिमकोटमा रहेको मानसरोवर नमूना माध्यमिक विद्यालयको नयाँ भवन शिलान्यास गरेका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत बहुप्राविधिक शिक्षामा सर्वसाधारणको पहुँच वृद्धि गर्ने लक्ष्यका साथ विद्यालयलाई भौतिक निर्माणको लागि प्रदान गरिएको भवनको उद्घाटन गरेका हुन् ।

555
कारोबार संवाददाता
बिहिवार, कार्तिक ७, २०७६

भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयमध्ये ८३ विद्यालयलाई अहिलेसम्म पुनःनिर्माण योजनाले छोएको छैन । पुनःनिर्माण योजनाले नछोएका अधिकांश विद्यालयका विद्यार्थी अस्थायी छाप्रोमा पढ्न बाध्य छन् ।

490
कारोबार संवाददाता
आइतवार, कार्तिक ३, २०७६

नेपाल सरकारले आधारभूत तहको कक्षा १–३ मा पठन सीपको विकास गर्ने उद्देश्यले प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालन गरिरहेको छ । यस कार्यक्रमको बेसलाइन सर्वेक्षण, मिड लाइन सर्वेक्षण सम्पन्न भैसकेको छ भने इन्डलाइन सर्वेक्षणको लागि रिडिङ ट्रायङ्गल इन्टरनेसनल(आरटिआई)ले भर्खरै एक संस्थालाई उपठेक्का दिएको छ ।

652
सागर परियार
मंगलबार, आश्विन १४, २०७६

तातोपानी गाउँपालिकाल–८ बारागाउँकी १८ वर्षीय मुगा रावत कक्षा ७ मा अध्ययन गर्छिन् । गाउँकै जनजागृत आधारभूत विद्यालयमा पढ्ने मुगा रावत असोज ५ गते महिनावारी भएकी रहिछन् । रिर्पोटिङको शिलशिलामा उक्त विद्यालयमा पुग्दा मुगा रावतलगायत करिब ८ जना विद्यार्थी विद्यालयको गेट नजिकको कुनामा बसेका थिए ।

1016
सागर परियार
आइतवार, आश्विन १२, २०७६

जुम्लाको पूर्व पातारासी गाउँपालिका–६ विकट बस्ती बातामा अवस्थित गौरी आधारभूत विद्यालय दुर्गमका विद्यालयमध्ये नमुना विद्यालयको सूचीमा पर्छ । नमुना विद्यालयका करिब ४५ वटा सूचक छन् । तीमध्ये गौरी आधारभूत विद्यालयले ८० प्रतिशत नमुना विद्यालयका सूचक पूरा गरेको पाइएको छ ।

1046
कारोबार संवाददाता
आइतवार, आश्विन १२, २०७६

काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. अजय कुमारले काठमाडौं महानगरपालिका वडा नं. १४ स्थित कुलेश्वर आवास माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका अध्यक्ष् शिव सुन्दरराज वैद्य, वडाध्यक्ष शोभा सापकोटा तथा जिल्ला समन्वय अधिकृत पीताम्बर अधिकारीलगायत राजनीतिक नेता तथा सामुदायिक अगुवाहरुको सहभागिता थियो ।

713
कारोबार संवाददाता
शुक्रवार, आश्विन १०, २०७६

निजी मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थी भर्ना रोक्ने चेतावनी दिँदै सरकारलाई नै मेडिकल कलेज चलाएर देखाउन चुनौती दिएका छन् । बिहीबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनीहरुले बढी रकम फिर्ता नगरे ठगी मुद्दा चलाउने सरकारको निर्णयको विरोध गर्दै सरकारलाई कलेज चलाउन चुनौती दिएका हुन् ।

709
रासस
बिहिवार, आश्विन ९, २०७६

त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस र बीडीएस तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेसँगै निजी मेडिकल कलेजमा भर्ना अन्योल देखा परेको छ । एशोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालले यथास्थितिमा ती तहमा नयाँ भर्ना नलिने घोषणा गरेसँगै निजी मेडिकल कलेजमा भर्ना अन्योल देखिएको हो ।

582
कारोबार संवाददाता
शुक्रवार, आश्विन ३, २०७६

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सुदूरपश्चिम प्रदेशका चार स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सीपको नक्सांकन गर्न थालेको छ । प्रदेशको धनगढी उपमहानगरपालिका, जयपृथ्वी नगरपालिका, अमरगढी नगरपालिका र लालझाडी गाउँपालिकामा रहेको प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सीप प्रदायक संस्थाको जीआईएस नक्सा तयार गर्न लागेको हो । मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका सहसचिव जयप्रकाश आचार्यले ती स्थानीय तहमा रहेका प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सीप प्रदायक संस्था र रोजगारदाता प्रतिष्ठानको विस्तृत विवरणसहितको नक्सा तयार गरिने बताए ।

659
मनिषा चम्लागाईँ
बिहिवार, आश्विन २, २०७६

झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष ०७५-७६ मा ६ लाख रुपैयाँ बजेट विनियोजन गरेर ‘आचरण सचेतना’ शिक्षा लागू गरेको छ । नगरपालिकाले शैक्षिक सत्र २०७६ देखि नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अनिवार्य आचरण शिक्षा लागू गरेको हो । ‘आचरण सचेतना’ शिक्षाको पाठ्यक्रममा व्यावहारिक शिक्षासँगै धार्मिक ज्ञान, संस्कार, संस्कृति, परम्परागत रितीरिवाज, धार्मिक सहिष्णुता, बाटो प्रयोग गर्दा अपनाउनुपर्ने ट्राफिक नियम, जैविक खानाको महत्व तथा विषादीयुक्त खानाबाट हुने नोक्सानीलगायत विषयवस्तुलाई समेटिएको छ । पाठ्यक्रममा पोषण, स्वास्थ्य, योग, स्थानीय लोकबाजा, सञ्चार, प्रविधि, वातावरण, प्राकृतिक प्रकोप, प्रदूषण नियन्त्रण, व्यत्तित्व विकास पनि रहेको छ ।

1037
सागर परियार
सोमवार, भदौ ३०, २०७६

सामुदायिक वनको कुल आम्दानीको ४० प्रतिशत सामाजिक हितका लागि खर्च गर्नुपर्ने व्यवस्था छ । निम्न आयस्तर भएका समुदायको उत्थान, महिला उद्यमशिलता, स्वरोजगारमूलक तालिमलगायतका क्षेत्रमा सामुदायिक वनको कुल आम्दानीको ४० प्रतिशत सामाजिक हितका लागि खर्च गर्नु पर्दछ । तर जुम्लाका रहेका करिब २ सय सामुदायिक वनले हालसम्म सामाजिक कार्यमा खर्च गरेको पाइएको छैन । तर उदाहरणका रूपमा पातारासी गाउँपालिका–२ मा रहेको फुर्केसल्ला सामुदायिक वनले मावि विद्यालय सञ्चालनमा सहयोग गर्दै आएको छ ।

634
प्रकाश पाक्साँवा
आइतवार, भदौ २९, २०७६

राज्यको ठूलो लगानी शिक्षामा गरिएको भए पनि प्रतिफल शून्यझैं भएकाले सरकारी विद्यालयप्रतिको मोह घट्दै गएको छ । सम्बन्धित निकाय जिम्मेवार नभएपछि निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर दिनानुदिन खस्कँदै गएको हो । शिक्षा क्षेत्रमा अर्बौ खर्च भए पनि नतिजा र गुणस्तर हेर्दा सामुदायिक विद्यालयभन्दा राज्यको एक रुपैयाँ पनि लगानी नभएको निजी विद्यालय नै अग्रपंतिमा छ ।

634
कारोबार संवाददाता
शुक्रवार, भदौ २७, २०७६

इलाम सदरमुकाममा रहेको आदर्श माध्यमिक विद्यालयलाई स्मार्ट स्कुलको रूपमा विकास गरिएको छ । सूचना प्रविधिको प्रयोग गर्दै डिजिटल माध्यमबाट शिक्षा प्रदान गर्ने उद्देश्यले यस विद्यालयलाई स्मार्ट स्कुल घोषणा गरिएको हो । राणाशासन कालमा नै स्थापना गरिएको यो विद्यालयलाई कम्प्युटर माध्यमबाट पढाइ सुरुगरेसँगै स्मार्ट स्कुलको रूपमा विकास गरिएको छ । केही समयअघि मात्र विद्यालयलाई आधुनिक र डिजिटलमैत्री बनाउने कार्यको सुरुवाता संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले गरेका थिए ।

626
कारोबार संवाददाता
शुक्रवार, भदौ २७, २०७६

राजनीतिक भागवण्डाको आधारमा विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्ति नगर्न पूर्व शिक्षामन्त्रीहरुले जोड दिएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिवि समितिले ‘विश्वविद्यालय र दलीय भागवण्डा’ विषयमा आयोजना गरेको सार्वजनिक बहस कार्यक्रम बोल्दै पूर्व शिक्षामन्त्रीहरुले प्राज्ञिक थलोमा राजनीतिक भागवण्डा संस्कार अन्त्य गरिनुपर्ने बताए ।

654
कृञ्जला पुलामी
मंगलबार, भदौ २४, २०७६

सिन्धुली प्राविधिक प्रशिक्षण केन्द्रका विद्यार्थीसँग नियमविपरीत पैसा लिएको खुलासा भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यता प्राप्त केन्द्रले विद्यार्थीसँग तोकिएको भन्दा धेरै पैसा लिएको खुलेको हो । केन्द्रमा अनमी पढिराखेका प्रत्येक विद्यार्थीबाट ४० हजार रुपैयाँका दरले बढी पैसा लिएको विद्यार्थीले गुनासो गरेका छन् । त्यस्तै सीएमए पढ्ने विद्यार्थीबाट ३२ हजार रुपैयाँ बढी रकम लिएको उनीहरूले बताएका छन् । “भर्ना गर्ने बेलै हामीलाई एक लाख ६० हजार रुपैयाँ लाग्छ भनिएको थियो,” अनमी पढ्दै गरेकी एक छात्राले भनिन्, “हामीलाई बढी पैसा लिएको भन्ने नै थाहा थिएन । एकदिन सीटीईभीटीको सरहरू स्कुलमा आउनु भएको थियो ।

720