कारोबार संवाददाता
बिहिवार, चैत्र २२, २०७४

विगत ६ वर्षदेखि एक्रेटिभ मिडियाले निर्माण गर्दै आएको लोकप्रिय हाजिरीजवाफ प्रतियोगिताको एसियाली संस्करण नोबेल क्वीज मेनिया ६, बिहीबारदेखि सेमी फाइनल चरणमा प्रवेश गर्दैछ ।

1035
गोपाल संग्रौला
आइतवार, चैत्र १८, २०७४

यातायात सुविधा र भौगोलिक सुगमताका दृष्टिले तराई क्षेत्रमा सामुदायिक विद्यालयको पहुँच सहज मानिन्छ । भौगोलिक रूपले पहाडी तथा हिमाली क्षेत्रको तुलनामा तराई क्षेत्रमा विद्यालय टाढा पनि छैनन् । तर, तराई क्षेत्रमा बसोबास गर्ने १२ वर्ष उमेर समूहसम्मका धेरै बालबालिका नै निःशुल्क मानिएको विद्यालय शिक्षाको पहुँचबाट टाढा रहेको देखिएको छ ।

2292
गोपाल संग्रौला
शुक्रवार, चैत्र १६, २०७४

सरकारले सार्वजानिक विद्यालयका विद्यार्थीका लागि निशुल्क पाठ्यपुस्तक वितरण गर्न २ अर्ब २२ करोड रुपैयाँ अनुदान स्थानीय तहमा पठाएको छ । वैशाखबाट सुरु हुने नयाँ शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि पाठ्यपुस्तक खरिद गर्न सो रकम स्थानीय तहमार्फत विद्यालयमा पठाएको हो । शिक्षा विभागले अन्तरनिकाय वित्तीय हस्तान्तरणअन्तर्गत संघीय मामिला मन्त्रालयमार्पmत २ अर्ब २२ करोड २२ लाख २२ हजार रुपैयाँ पठाएको हो ।

2223
कारोबार संवाददाता
बिहिवार, चैत्र ८, २०७४

ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री बर्षमान पुनले आजबाट सुरु भएको विद्यालय शिक्षा परीक्षा एसईईमा लोडसेडिङ नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।

1818
गोपाल संग्रौला
सोमवार, चैत्र ५, २०७४

माध्यमिक शिक्षाको फलामे ढोका भनिने एसईई बिहीबारदेखि देशभर एकसाथ सञ्चालन हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नियमित, एक्जाम्टेड र प्राविधिकमा गरी ४ लाख ८५ हजार ५ सय ८६ विद्यार्थी सहभागी हुने छन् ।

1387
कारोबार संवाददाता
आइतवार, चैत्र ४, २०७४

सिन्धुलीको कमलामाई नगरपालिकामा डेंगु नियन्त्रण गर्ने अभियान सुरु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीले डेंगु रोगबाट बच्नका लागी भन्दै डेंगु नियन्त्रण गर्ने अभियान सुरु गरेको हो ।

1698
कारोबार संवाददाता
आइतवार, चैत्र ४, २०७४

त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणाली लागू गरेपछि दाङमा मानवीकी शास्त्रमा स्नातकोत्तर पढ्ने विद्यार्थीको संख्या शून्यप्रायः भएको छ । अध्यापन गराउने क्याम्पसमा कम्तीमा १० जना विद्यार्थी हुनुपर्ने र हरेक सेमेस्टरमा कम्तीमा ८० प्रतिसत उपस्थित हुनैपर्ने भएपछि जिल्लाकाक्याम्पसमा मानवीकी संकायमा अध्ययन गर्ने विद्यार्थीको आवेदन कम परेको छ ।

2331
गोपाल संग्रौला
आइतवार, चैत्र ४, २०७४

शिक्षाका २३ वटा अधिकार स्थानीय तहमा गए, तर कति काम कसले गर्ने भन्नेमा विवाद जारी छ । शिक्षक नियुक्तिको क्षेत्राधिकारको विषयमा स्थानीय तहमा धेरै गुनासो र उजुरी परेका छन् ।

3222
गोपाल संग्रौला
मंगलबार, फाल्गुन २९, २०७४

मुलुकमा प्राविधिक जनशक्तिको अभाव महशुस भइरहेका बेला सामुदायिक विद्यालयबाटै यस्तो शिक्षा दिन सरकारको अर्बौं रुपैयाँ खर्च भएको छ । शिक्षा विभागका अनुसार सामुदायिक विद्यालयको प्राविधिक शिक्षाका लागि पछिल्लो ४ वर्षमा १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी पूर्वाधारमा लगानी गरेको छ ।

2827
कारोबार संवाददाता
आइतवार, फाल्गुन २७, २०७४

हिमाली गाउँपालिकाको भवनसँगै जोडिएको छ, भवानी प्रस्तावित निम्न माध्यमिक विद्यालय । २०२६ सालमा स्थापना भएको विद्यालयको भवन जीर्ण छ । छानो पूरै चुहिने भएको छ ।

1062
गोपाल संग्रौला
सोमवार, फाल्गुन २१, २०७४

सरकारले जनस्तरबाट सञ्चालित सामुदायिक क्याम्पसलाई दिँदै आएको अनुदान वृद्धि गरी चालू आवमा ६५ करोड पुर्याएको छ । अघिल्लो वर्षभन्दा करिब ७५ प्रतिशतले वृद्धि गर्दै यो सामुदायिक क्याम्पसको गुणस्तर वृद्धिका लागि प्रयत्नशील रहेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । आयोगका अनुसार गत आर्थिक वर्षको तुलनामा चालू आवमा सामुदायिक कलेजका लागि नियमित र भौतिक विकास दुवैतर्फ अनुदान वृद्धि भएको छ ।

1558
कारोबार संवाददाता
आइतवार, फाल्गुन २०, २०७४

सरकारी विद्यालय एकआपसमा गाभिने नीतिअनुसार बुटवलका दुईवटा सरकारी माध्यमिक विद्यालय गाभिने भएका छन् । बुटवलका कालिका र मानव ज्ञान माध्यमिक विद्यालय गाभिने भएका हुन् ।

1969
कारोबार संवाददाता
आइतवार, फाल्गुन २०, २०७४

विद्यार्थीहरूले आफ्नो साथी बचाउनका लागि साढे ६ लाख रुपैयाँ संकलन गरेका छन् । त्यसमध्ये पनि चिया बेचेर ४ लाखभन्दा बढी रकम संकलन भएको हो । साथी ब्लड क्यान्सरबाट पीडित भएपछि उनलाई बचाउन विद्यार्थी साथीहरूले चिया बेचेर संकलन गरेको रकम पीडितलाई हस्तान्तरण गरिएको छ ।

925
कारोबार संवाददाता
आइतवार, फाल्गुन २०, २०७४

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित दुर्छिम माविमा छात्रभन्दा छात्राको संख्या बढी छ । हाल अध्ययतरत ४१५ विद्यार्थीमध्ये छात्राको संख्या २३७ र छात्रको संख्या १७८ जना रहेको विद्यालयले जनाएको छ । यस्तै दिप्रुङ गाउँपालिका–५ सछितापोखरी कुलागाउँस्थित सरस्वती माविमा पनि छात्रभन्दा छात्राको संख्या बढी छ ।

1476
गोपाल संग्रौला
सोमवार, फाल्गुन १४, २०७४

सरकारले प्रत्येक गाउँ र नगरपालिकामा प्राविधिक तालिम केन्द्र र प्रत्येक प्रदेशमा नमुना बहुप्राविधिक शिक्षालय खोल्ने भएकोे छ । सरकारले ७५३ स्थानीय तहमा १-१ वटा प्राविधिक तालिम केन्द्र र ७ वटै प्रदेशमा नमुना बहुप्राविधिक शिक्षालय स्थापना गर्ने योजना सार्वजनिक गरेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) यसको तयारीमा लागेको छ । सीटीईभीटीका सदस्यसचिव पुष्परमण वाग्लेले आगामी दिनमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको गुणस्तरको सुनिश्चिततासहित विकास र विस्तारका लागि कार्ययोजना बनाउने क्रममा रहेको बताए ।

1652