गोपाल संग्रौला
सोमवार, फाल्गुन १४, २०७४

सरकारले प्रत्येक गाउँ र नगरपालिकामा प्राविधिक तालिम केन्द्र र प्रत्येक प्रदेशमा नमुना बहुप्राविधिक शिक्षालय खोल्ने भएकोे छ । सरकारले ७५३ स्थानीय तहमा १-१ वटा प्राविधिक तालिम केन्द्र र ७ वटै प्रदेशमा नमुना बहुप्राविधिक शिक्षालय स्थापना गर्ने योजना सार्वजनिक गरेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) यसको तयारीमा लागेको छ । सीटीईभीटीका सदस्यसचिव पुष्परमण वाग्लेले आगामी दिनमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको गुणस्तरको सुनिश्चिततासहित विकास र विस्तारका लागि कार्ययोजना बनाउने क्रममा रहेको बताए ।

1534
कारोबार संवाददाता
आइतवार, फाल्गुन १३, २०७४

दिपायल (डोटी) । बिहान ठिक १० बजेको थियो विद्यालय परिसरमा पुग्दा । विद्यालयको आँगनमा ४ वटा कुर्सी, २ जना बालबालिका र एक जना कार्यालय सहयोगीमात्र थिए । ती दुई बालबालिका खेलिरहेका थिए भने कार्यालय सहयोगी विद्यालयको छेउमा फोन गरिरहेका थिए ।

1595
गोपाल संग्रौला
बिहिवार, फाल्गुन १०, २०७४

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या २ लाख २७ हजारले घटे पनि पाठ्यपुस्तकको लागि सरकारी अनुदान भने बढेको छ । विद्यार्थी संख्या घटे पनि पुस्तकको मूल्यवृद्धि लगायतका कारणले पाठ्यपुस्तकको अनुदान रकम बढेको हो । गत वर्षको तुलनामा यो वर्ष पाठ्यपुस्तको अनुदानमा ३९ करोड रुपैयाँ वृद्धि भइ २ अर्ब २२ करोड रुपैयाँ पुगेको शिक्षा विभागले जनाएको छ ।

1496
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

पूर्वाधार निर्माणले तिव्रता पाएसँगै म्याग्दीका सामुदायिक विद्यालयको वातावरण फेरिँदै गएको छ । पछिल्लो केही वर्षयता सामुदायिक विद्यालयको पूर्वाधार निर्माणमा वार्षिक करोडौं लगानी भइरहेको छ ।

1556
गोपाल संग्रौला
आइतवार, फाल्गुन ६, २०७४

काठमाडौं । रोसनी भण्डारी नेपाल एकेडेमी अफ होटल म्यानेजमेन्ट (नाथम) कलेजमा ब्याचलर अफ होटल म्यानेजमेन्ट (एचएम) तेस्रो वर्ष पूरा गरेर चौथो वर्षमा अध्ययनको तयारी गरिरहेकी छन् । भण्डारीले अन्य विषयको तुलनामा एचएममा रोजगारको सम्भावना बढी रहेकाले यो विषय छनोट गरेकी हुन् । “नेपालमा पर्यटनको क्षेत्रमा अवसर देखेर यो विषय छनोट गरेको छु” उनले भनिन् “होटल म्यानेजमेन्ट अन्य कलेजमा अध्ययन गर्न सकिने भए पनि नाथम सस्तो र धेरै प्राक्टिकल गर्ने भएकाले सिधै प्लस टु गरेपछि नाथम कलेज भर्ना भएको हुँ ।”

2112
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १, २०७४

भारतका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न चहाने नेपाली विद्यार्थीका लागि काठमाडौं करियर गाइडेन्स सेसनको आयोजना गरिएको छ । वरी (डब्लूआरआई) र इन्सट्यान्ट प्रमोटर्सको संयुक्त आयोजनामा सेसनको आयोजना गरिएने भएको हो । यस विषयका बारेमा जानकारी दिने उद्देश्यल काठमाडौंमा शनिबार पत्रकार सम्मेलनको आयोजनासमेत गरिएको छ ।

1380
गोपाल संग्रौला
सोमवार, माघ २९, २०७४

शिक्षा क्षेत्रमा सरकारी बजेट घट्दै गएपछि गुणस्तर वृद्धिमा असर परेको भन्दै विज्ञहरूले यस क्षेत्रमा १३.५ प्रतिशत पुर्याउन सुझाव दिएका छन् । चालू आर्थिक वर्षमा शिक्षा क्षेत्रमा ९.९ प्रतिशतमात्र बजेट विनियोजन गरिएको छ । पछिल्ला केही वर्षमा कुल बजेटको आकार बढे पनि शिक्षा क्षेत्रमा भने सोही अनुपातमा वृद्धि हुन सकेको छैन रसरकारद्वारा शिक्षा क्षेत्र सुधारका लागि गठित उच्चस्तरीय कार्यदलले बजेट वृद्धि गरी गुणस्तर सुधार गर्न सुझाव दिएको हो ।

2862
कारोबार संवाददाता
आइतवार, माघ २८, २०७४

पाथीभरा बहुमुखी क्याम्पसले स्नातकोत्तर तह सञ्चालनका लागि महायज्ञ लगाएको छ । आर्थिक संकलन गर्ने उद्देश्यले लगाइएको महायज्ञ फागुन २ गतेसम्म चल्नेछ । पहिलो दिन नै ५ लाख ४८ हजार संकलन भएको बताइएको छ । तुलादान गर्नेले पनि नाम लेखाएका छन् ।

1244
कारोबार संवाददाता
आइतवार, माघ २८, २०७४

हेटौँडा–४ चिल्ड्रेन पार्कमा रहेको नेपाल जर्नी पव्लिक पुस्तकालयको शनिबार उद्घाटन गरिएको छ । पुस्तकालयको गैरआवासिय नेपाल महासंघ (एनआरएन) का अध्यक्ष भवन भट्टले शनिबार एक समारोहका बीच उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै एनआरएन अध्यक्ष भट्टले सामुदायिक हितमा पुस्तकालयको ठूलो महत्व रहेको बताउँदै यसको संरक्षणमा जोड दिनुपर्ने बताए ।

1805
गोपाल संग्रौला
बिहिवार, माघ २५, २०७४

सरकारले उच्च शिक्षामा लगानी बढाउन नसक्दा नेपाललाई सन् २०२२ सम्म अल्पविकसितबाट विकासशील राष्ट्रमा स्तोरन्नती गर्ने तथा २०३० सम्म मध्यम आय भएको मुलुकमा पुर्याउने लक्ष्य हासिल गर्न चुनौती देखिएको छ ।सरकारले उच्च शिक्षाको विकास र गुणस्तर सुधारका लागि छुट्याइएको विगत २ वर्षको बजेटले लक्ष्य हासिल नहुने देखिएको हो । सरकारले उच्च शिक्षामा गत र यो वर्षको विनियोजित बजेटको वृद्धिदर स्थिर देखिएपछि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुसार लक्ष्य पूरा गर्न चुनौती देखिने भएको हो । यी २ लक्ष्य पूरा गर्ने एक महत्वपूर्ण साधनको रूपमा शिक्षालाई पनि समावेश गरिएको छ ।

1363
कारोबार संवाददाता
आइतवार, माघ २१, २०७४

अमेरिकास्थित म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा अध्ययनरत दुई विद्यार्थी यसिम राना र विवेक पण्डितले बिदाको समय सदुपयोग गर्दै नेपालमा आएर विद्यार्थीहरूका लागि पाँच हप्ते कार्यक्रम गरेका छन् ।

1103
कारोबार संवाददाता
आइतवार, माघ २१, २०७४

शिक्षा स्थानीय तहको अधिकारभित्र परेपछि गाउँपालिका र नगरपालिका अधिकार सम्पन्न भएसँगै सधैं गुणस्तरलाई लिएर आलोचित हुने विद्यालय शिक्षा सुधार्ने जिम्मेवारी र चुनौती पनि थपिएको छ । स्थानीय तहमा गएको शिक्षाको गुणस्तर सुधारलाई लिएर पनि विभिन्न कोाबाट बहस सुरु भएको छ ।

3053
कारोबार संवाददाता
आइतवार, माघ २१, २०७४

नेपालको शिक्षा क्षेत्रमा लगानी अनुसारको गुणस्तर नभएको गुनासो बेलाबेलामा आइरहन्छ । धेरै लगानीमा सञ्चालित सरकारी विद्यालय भन्दा थोरै लगानीमा सञ्चालित निजी विद्यालयको गुणस्तर तुलनात्मक रूपमा राम्रो देखिन्छ ।

1144
गोपाल संग्रौला
बुधवार, माघ १७, २०७४

शिक्षाका अधिकांश कार्यक्रम स्थानीय तहमा गए पनि अन्तर्राष्ट्रिय विकास साझेदारको सहयोगमा सञ्चालन गरिएको ११ खर्ब रुपैयाँभन्दा बढीको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) कार्यसम्पादनको अनुगमन केन्द्रीय तहले नै गर्र्ने भएको छ । कार्यसम्पादनका आधारमा बर्सेनि विकास साझेदारद्वारा सहयोग लिनुपर्ने कार्यक्रमको वित्तीय प्रगतिमा आशंका सिर्जना भइ सहयोग रकम रोकिने भएपछि शिक्षा विभागले अनुगमन गर्नेगरी काम अघि बढाइने भएको छ ।

2420
कारोबार संवाददाता
आइतवार, माघ १४, २०७४

मनराम फाउन्डेसनले संखुवासभाका दुई विद्यालयमा इ–लाइब्रेरीको स्थापना गरेको छ । खाँदबारी १ स्थित हिमालय माध्यमिक विद्यालय र खाँदबारी ३ मानेभन्ज्याङमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी इ–लाइब्रेरी स्थापना गरिएको हो ।

2206