शिक्षाका अधिकांश कार्यक्रम स्थानीय तहमा गए पनि अन्तर्राष्ट्रिय विकास साझेदारको सहयोगमा सञ्चालन गरिएको ११ खर्ब रुपैयाँभन्दा बढीको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) कार्यसम्पादनको अनुगमन केन्द्रीय तहले नै गर्र्ने भएको छ । कार्यसम्पादनका आधारमा बर्सेनि विकास साझेदारद्वारा सहयोग लिनुपर्ने कार्यक्रमको वित्तीय प्रगतिमा आशंका सिर्जना भइ सहयोग रकम रोकिने भएपछि शिक्षा विभागले अनुगमन गर्नेगरी काम अघि बढाइने भएको छ ।
मनराम फाउन्डेसनले संखुवासभाका दुई विद्यालयमा इ–लाइब्रेरीको स्थापना गरेको छ । खाँदबारी १ स्थित हिमालय माध्यमिक विद्यालय र खाँदबारी ३ मानेभन्ज्याङमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी इ–लाइब्रेरी स्थापना गरिएको हो ।
आम मानिसलाई प्राविधिक शिक्षाको महŒव बुझाउन नसक्दा साधारण शिक्षा पढ्न नसक्नेहरूका लागि अन्तिम विकल्प प्राविधिक शिक्षा हो भन्ने मान्यता बढ्दै गएको पाइन्छ । यसले गर्दा दुर्गम तथा ग्रामीण क्षेत्रका सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने रोजमुखी प्रााविधिक शिक्षा ओझेलमा पर्दै गएको छ ।
लगनखेलस्थित साउथ एसियन इन्स्टिच्युट अफ मेनेजमेन्ट (सायम कलेज)ले २००९ देखि ४ वर्षे बीबीए र २ वर्षे एमबीए अध्यापन गराउँदै आएको छ । पोखरा युनिभर्सिटीबाट सम्बन्धन प्राप्त हाम्रो कलेजमेनेजमेन्ट पढाइ हुने उकृष्ट कलेजको रूपमा स्थापित भइसकेको छ ।
संघीयता कार्यान्यवनसँगै यो वर्षदेखि केन्द्रिकृत विद्यालय शिक्षा प्रणाली स्थानिय तहमा गएको छ । स्थानिय तहमा गएको विद्यालय शिक्षाको गुणस्तर स्वत बढछ भन्ने सबैले आशा गरेका छन । शिक्षाको गुणस्तर सुधार गर्न स्थानिय तहको भुमिका कस्तो रहन्छ भन्ने बिषयमा अहिले बहस भईरहेको छ ।
सामुदायिक शिक्षाको कमजोर अवस्थाले मधेशमा गरिब र विपन्न परिवारलाई झनै कमजोर बनाउँदै लगेकोमा तराई मधेशका सरोकारवालाले चिन्ता व्यक्त गर्छन् । आय आर्जनको नियमित स्रोत भएका परिवारले जेनतेन सानो तिनो इंगलिश बोर्डिङ स्कूलहरूमा आफ्ना नानीहरूको नामांकन गराउँछन् ।
धनुषाको लक्ष्मीनिया गाउँपालिकाको ७ नम्ब वडाका वडाध्यक्ष गंगा साह गत मंसिर ५ गते लक्ष्मीनिया जनता माविमा गए । तर विद्यालयमा अधिकांश शिक्षक भेटिएनन् । प्रधानाध्यापक रामचन्द्र झा पनि गयल थिए ।
लमजुङ । नेपालकै नमुना विद्यालय स्थापना गर्न भन्दै चीन सरकारले लमजुङको एक विद्यालयमा ठूलो लगानी गरेको छ । लमजुङको राईनास नगरपालिका वडा नम्बर ९ स्थित मोहिरियाकोटको भैैरव माविमा चीन सरकारले करिब ८० करोड रुपैयाँ लगानी गर्न लागेको भैरव माविका प्राध्यानाध्यापक राजेश्वर ढकालले बताए ।
शिक्षाका अधिकांश कार्यक्रम स्थानीय तहमार्पmत गर्नेगरी संरचना तयार गरिए पनि अन्तर्राष्ट्रिय विकास साझेदारको सहयोगमा सञ्चालन भइरहेका कार्यक्रम कार्यन्वयनमा चुनौती देखिएको छ । खासगरी १० अर्ब रुपैयाँ बराबरको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) को कार्यान्वयनमा चुनौती देखिएको हो । गत आर्थिक वर्षदेखि केन्द्रीय तहबाट सञ्चालन गर्नेगरी अन्तर्राष्ट्रिय विकास साझेदारसँग ५ वर्षका लागि सम्झौता गरी कार्यान्वयनमा ल्याइएको एसएसडीपीका कतिपय कार्यक्रम स्थानीय तहमा परेपछि यो परियोजनाका लागि बर्सेनि आर्बौं सहयोग आउनेमा चुनौती देखिएको हो ।
व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि (इभेन्ट) परियोजनाद्वारा सञ्चालन गरिने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि विश्व बैंकले ६ अर्ब रूपैयाँभन्दा बढीको आर्थिक सहयोग गर्ने भएको छ ।
स्वदेशी लगानीमै प्रत्येक वर्ष ३ हजार ३ सय ८९ मेगावाट बिजुलीका लागि लगानी गर्न सकिने योजना विद्यार्थीहरुले बनाएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षालाई राष्ट्रको पुँजीको रूपमा हेरिने बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा शनिबार सुदूरपश्चिम विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै देउवाले सरकारले लागू गरेको नीतिका कारण प्रजातन्त्र पुनस्र्थापनापछि शिक्षा, स्वास्थ्य तथा प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताए ।
सरकारले विद्यालय शिक्षा निःशुल्क गरेको छ, तर अभिभावकसँग शिक्षा लिन विद्यालयसम्म बालबाालिका पठाउने पोशाक र खाना नै छैन । विद्यालयको अनुशासनभित्र पोशाक अनिवार्य हुन्छ भने राम्रो शिक्षाका लागि खाना ।
तेह्रथुम । जिल्लाको छथर गाउँपालिका वडा नम्बर २ र ५ मा रहेका बाल क्लबहरूले बालबालिकाको क्षेत्रमा क्रियाशील रूपमा कार्यक्रमहरु सञ्चालन गर्न थालेपछि परिवर्तन आएको छ । बिहान विद्यालय पुगेर बेलुकी घर फर्किने बालबालिका यतिबेला बालअधिकार तथा विभिन्न क्रियाकलापमा क्रियाशील बन्न थालेका छन् ।
स्थानीय सरकारले कक्षा ८ को, प्रादेशिक सरकारले कक्षा १० को र संघीय सरकारले कक्षा १२ को परीक्षा लिने र त्यसको गुणस्तर कायम गर्नुपर्ने संवैधानिक जिम्मेवारी छ । तर, कक्षागत गुणस्तरको जिम्मा शिक्षकलाई नै दिइएको छ । उदार कक्षोन्नति र अक्षरांक परीक्षण पद्धतिको प्रयोग गर्दा पनि सुधारात्मक कक्षाहरू प्रभावकारी रूपमा सञ्चालन गरिएका छैनन् ।