कृञ्जला पुलामी
मंगलबार, भदौ २४, २०७६

सिन्धुली प्राविधिक प्रशिक्षण केन्द्रका विद्यार्थीसँग नियमविपरीत पैसा लिएको खुलासा भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यता प्राप्त केन्द्रले विद्यार्थीसँग तोकिएको भन्दा धेरै पैसा लिएको खुलेको हो । केन्द्रमा अनमी पढिराखेका प्रत्येक विद्यार्थीबाट ४० हजार रुपैयाँका दरले बढी पैसा लिएको विद्यार्थीले गुनासो गरेका छन् । त्यस्तै सीएमए पढ्ने विद्यार्थीबाट ३२ हजार रुपैयाँ बढी रकम लिएको उनीहरूले बताएका छन् । “भर्ना गर्ने बेलै हामीलाई एक लाख ६० हजार रुपैयाँ लाग्छ भनिएको थियो,” अनमी पढ्दै गरेकी एक छात्राले भनिन्, “हामीलाई बढी पैसा लिएको भन्ने नै थाहा थिएन । एकदिन सीटीईभीटीको सरहरू स्कुलमा आउनु भएको थियो ।

648
कारोबार संवाददाता
मंगलबार, भदौ २४, २०७६

पढ्ने धोकोलाई उमेरले छेक्दैन भन्ने कुरालाई कक्षा ७ पढ्ने बेनी नगरपालिका–६ अर्थुङ्गेकी देवी आचार्यले प्रमाणित गरेकी छन् । २०७२ सालमा स्थापना भएको उज्यालो वैकल्पिक विद्यालय पढ्ने धोको भएका आमालाई प्रभावकारी बन्दै गएको छ । दैनिक १ घण्टा हिँड्दै सदरमुकाम बेनी ओर्लेर लिएको शिक्षाले सामाजिक काममा सहज भएको अनुभव सुनाउँछिन् उनी ।

546
कारोबार संवाददाता
मंगलबार, भदौ २४, २०७६

वीरगन्ज राउन्ड टेबल ३ नेपालको सहयोगमा निर्माण गरिएको विद्यालय भवनको उदघाटन पछि व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । वीरगन्ज महानगरपालिका परिवानीपुरस्थित पशुपति शिक्षा मन्दिर विद्यालयाको नवनिर्मित भवनको आइतबार प्रदेश–२ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले विद्यालयको उदघाटनपछि विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । फ्रिडम थ्रु एजुकेसन (शिक्षामार्फत स्वतन्त्रता) वीरगन्ज राउन्ड टेबल ३ नेपालको दीर्घकालीन परियोजना अन्तर्गत विद्यालयको भवन निर्माण गरिएको हो ।

480
मनिषा चम्लागाईँ
सोमवार, भदौ २३, २०७६

शैक्षिक युवाको विदेश मोह बढ्दै गएपछि कन्सल्टेन्सीको व्यापार पनि मौलाएको छ । यसैलाई मध्यनजर गर्दै विद्यार्थी आकर्षित गर्न शैक्षिक मेलाको आयोजना गर्ने क्रम पनि बढ्दै गएको छ । यसैलाई ध्यानमा राख्दै नेपाल शैक्षिक परामर्श संघ (इक्यान) पूर्वाञ्चलले दोस्रो शैक्षिक महोत्सवको आयोजना गर्ने भएको छ । इक्यानले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी बिराटनगर र बिर्तामोडमा महोत्सव आयोजना गर्ने जानकारी दिएको हो ।

743
अमरराज आचार्य
आइतवार, भदौ २२, २०७६

जिल्लाका सामुदायिक क्याम्पसहरू विद्यार्थीको शुल्कको भरमा सञ्चालन हुने गरेका छन् । सामुदायिक क्याम्पसको अन्य आम्दानीको स्रोत नहुँदा विद्यार्थीबाट उठाउने शुल्कमा निर्भर रहनुपर्ने बाध्यता रहेको क्याम्पसहरूले बताएका छन् । यसकारण पनि जिल्लामा सामुदायिक क्याम्पसहरू खुल्ने तथा बन्द हुने गरेका छन् ।

476
कृञ्जला पुलामी
आइतवार, भदौ २२, २०७६

सिन्धुली बहुमुखी क्याम्पस जिल्लाकै पुरानो क्याम्पस हो । २०४१ सालमा स्थापना भएको यो क्याम्पसबाट उत्पादित जनशक्ति विभिन्न तह र तप्कामा पुगेका छन् । जिल्लाका अन्य क्याम्पसका प्रमुख तथा प्राध्यापक पनि यहि क्याम्पसका जनशक्ति हुन् । लामो समयसम्म एकछत्र राज गरेको यो क्याम्पस अहिले गाउँ–गाउँमा अन्य क्याम्पसहरू सञ्चालनमा आएपछि भने धरासायी अवस्थामा पुगेको छ ।

670
सागर परियार
आइतवार, भदौ २२, २०७६

त्रिभुवन विश्वविद्यालयबाट २०६७ सालमा सम्बन्धन प्राप्त गरी दुर्गममा उच्च शिक्षा प्रदान गर्न सामुदायिक सिंजा बहुमुखी क्याम्पसले योगदान दिँदै आएको छ । सामुदायिक क्याम्पसका रुपमा एक दशकदेखि अध्ययन अध्यापनको काम गर्दै आएको यस क्याम्पसमा स्रोत अभावकै कारण शैक्षिक गुणस्तर कायम गर्न निकै मुस्किल भएको देखिन्छ ।

375
कारोबार संवाददाता
आइतवार, भदौ २२, २०७६

नेपालमा तीन किसिमका क्याम्पसहरू छन्– आंगिक, सामुदायिक र निजी । सम्बन्धित विश्वविद्यालयका आंगिक क्याम्पस, विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी नाफा–घाटा समुदायले नै व्यहोर्ने सामुदायिक क्याम्पस र विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नाफा–घाटा सम्बन्धित सञ्चालकले व्यहोर्ने निजी क्याम्पस ।

362
कारोबार संवाददाता
आइतवार, भदौ २२, २०७६

नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले शनिबार कोटेश्वर बहुुमुखी क्याम्पसको नवनिर्मित क्याम्पस भवनको उद्घाटन गरेका छन् । उक्त उद्घाटन समारोहमा नेकपा एमालेका नेता तथा पूर्व परराष्ट्रमन्त्री एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डे, पूर्वपरराष्ट्र सचिव मदन भट्टराई, जिल्ला समन्वय समितिका अध्यक्ष शिव सुन्दरराज वैद्यलगायत राजनीतिक नेता तथा सामुदायिक अगुवाहरुको सहभागीता रहेको थियो ।

399
कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६

पूर्वी लमजुङको राइनासमा रहेको एक विद्यालयमा शिक्षक दरबन्दी नहुँदा विद्यालय सञ्चालन गर्न समस्या भएको छ । राईनास–५ तिनपिप्लेस्थित शिशु विद्याश्रम माध्यमिक विद्यालयमा अध्यापनका लागि शिक्षक दरबन्दी नहुँदा पठनपाठन प्रभावित भएको हो । २०१२ सालमा स्थापना भएको सो विद्यालय २०५४ मा निमावि र २०६८ बाट माध्यमिक तह पठनपाठन सुरु भएको हो । हाल प्राविधिक शिक्षासमेत सञ्चालनमा रहेको सो विद्यालयमा प्रावि र निमावि दरबन्दीका शिक्षकले माध्यमिक तहमा अध्यापन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक नानुमाया पराजुलीले बताइन् ।

324
कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६

एडुपार्क कन्सल्टेन्सीको आयोजनामा जर्मनको युनिर्भसिटी अफ एप्लाईड साईन्सेज युरोपको बारेमा दुई दिने जानकारीमुलक शैक्षिक कार्यक्रम आयोजना गरिएको छ । युनिर्भसिटीलेपार्टन मिट र एजुकेसन सेमिनारको आयोजना गरिएको एडु पार्क कन्सल्टेन्सीले जनाएको छ । सो अवसरमा जर्मनबाट आएकी युनिर्भसिटी की सिनियर बिजनेस डिभलपमेन्ट मेनेजर लैला ईरफान युनिर्भसिटी अफ एप्लाईड साईन्सेज युरोपको बारेमा जानकारी दिएकी थिईन । युनिभर्सिटी अफ एप्लाइड सान्सेज युरोप इजरलोहन, बर्लिन, ह्याम्बर्गमा रहेको छ ।

389
सागर परियार
बुधवार, भदौ १८, २०७६

तातोपानी गाउँपालिका–२ की संगीता परियार पहिला स्कुल जानु त के किताब कापी पनि राम्रोसँग सम्हाल्थिनन् । उनका बुबा हर्केश दमाईं भन्छन्, “छोराछोरीलाई गाली गरेर धम्क्याएर लाग्ने रहेन छ । पढाइमा चनाखो बनाउन उनीहरूको इच्छा, चाहना रुचिअनुसारको वातावरण भए आफै पढ्ने लेख्ने गर्दा रहेछन्,” उनले भने । हर्केश दमाईंको भनाईको अर्थ पहिला स्कुल जाउभन्दा अटेरी गर्ने, किताब कापी जतन नगर्ने संगीता आजभोलि स्कुल भनेपछि हुरुक्कै हुन्छिन् । आमा खुम्मेनी दमाईका अनुसार शनिबारको पढाइ शिविरले आफ्नी छोरीको आनीबानीमा सुधार आएको बताइन् । उनले भनिन्, “छोरी पहिला स्कुल जान मान्थिनन्, गए पनि घर आउँदा कहिल्यै पनि किताब कापी समात्थिनन्, कति चोटी धम्क्यायौं, फकायांै उपाय लागेन । अहिले आफ्नी छोरीको दैनिकी देखेर निकै खुसी लाग्छ,” उनले भनिन् ।

570
कारोबार संवाददाता
मंगलबार, भदौ १७, २०७६

महान्यायाधिवक्ता अग्निप्रसाद खरेल तथा नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीले सोमबार झापाको गौरादह नगरपालिका–५ मा अवस्थित स्कुलचौन उच्च माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

282
कारोबार संवाददाता
मंगलबार, भदौ १७, २०७६

विद्यालय सुधार कार्यक्रमअन्तर्गत रसुवाको कालिका हिमालय माविको हातामा थप चार भवनको निर्माण कार्य सम्पन्न भएको छ । विद्यालयका थप भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय कार्यान्वयन एकाइ (शिक्षा) मार्फत जापानिज फण्ड फर पोभर्टी रिडक्सनको आर्थिक सहयोग एवं एशियाली विकास बैंकको प्राविधिक सहयोगमा १० करोड ३७ लाख ९७ हजार रुपैयाँको लागतमा निर्माण भएको हो ।

257
कारोबार संवाददाता
सोमवार, भदौ १६, २०७६

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा हुने दलीय भागवण्डालाई रोक्न खबरदारी -याली निकालेको छ । राजनीतिक भागवण्डाका आधारमा विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्ति गर्ने परम्पराले विश्वविद्यालयहरुको शैक्षिक वातावरण धमिलिएको र व्यापारिक अखडामा रुपान्तरण भएको भन्दै नेविसंघले आइतबार खबरदारी -यालीको अयोजना गरेको हो ।

230