कारोबार संवाददाता
बुधवार, पुष २, २०७६

नलगाड नगरपालिका–१ को शिवशंकर आधारभूत विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी छैन । पहाडी जिल्लामा ४५ जना विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने भए पनि शिवशंकरमा भने पुरा हुनसकेको छैन ।

545
रासस
शुक्रवार, मंसिर २०, २०७६

तनहुँको भीमाद नगरपालिका–१ डुम्रीबेँसीस्थित शंकर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएपछि पठनपाठनमा सहजता आएको छ । पुरानो र जीर्ण भवनमा पठनपाठन हुँदै आएको यस विद्यालयको चारकोठे नयाँ भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीलाई पठनपाठनमा सहज भएको हो ।

343
लक्ष्मण ढुंगाना
बुधवार, मंसिर १८, २०७६

शैक्षिक सत्र सकिन करिब तीन महिनामात्रै बाँकी छ । पाठ्यक्रमअनुसार यतिबेला पढाइ अन्तिम चरणमा पुग्नुपर्ने हो । तर, बाँकेको डुडुवा गाउँपालिका–३ स्थित श्री राष्ट्रिय मावि वनकट्टीमा शिक्षक अभावमा कक्षा ९ र १० का मुख्य विषयहरू पढाइ नै सुरु हुनसकेको छैन । कक्षामा पढाइ नभएपछि पैसा तिर्न सक्ने हैसियतका विद्यार्थी ट्युसनकै भरमा एसईईको तयारी गरिरहेका छन् । आर्थिक अवस्था कमजोर भएका भने शिक्षक आउने आशामा कुरेर बसिरहेका छन् ।

465
कारोबार संवाददाता
आइतवार, मंसिर १५, २०७६

त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०७६–७७ को लागि २३ अर्ब ५ करोड ८८ लाख ६८ हजार बराबरको बजेट पारित गरेको छ । चालू आर्थिक वर्षको लागि शुक्रवार त्रिवि सभामा रजिष्ट्रार डिल्लीराम उप्रेतिद्वारा प्रस्तुत गरिएको उक्त बजेट स्वीकृत भएको हो । नियमित कार्यक्रमतर्फ १३ अर्ब ९२ करोड ५८ लाख ६८ हजार र आन्तरिकतर्फ सञ्चालन र पुँजीगत खर्च गरी कुल ८ अर्ब ५१ करोड ४५ लाख तथा विकासतर्फ ६१ करोड ८५ लाख रकम विनियोजन भएको छ । जसमा पूँजीगत खर्च ३ अर्ब ६४ करोड १८ लाख ५६ हजार र सञ्चालन खर्चतर्फ १९ अर्ब ४१ करोड ७० लाख १२ हजार विनियोजन गरेको छ । यसमध्ये विश्वविद्यालय अनुदान आयोगबाट कुल १३ अर्ब ३ करोड ४३ लाख ६८ हजार अनुदान प्राप्त हुने र बाँकी त्रिविको आन्तरिक आम्दानीबाट व्यहोर्ने बजेटमा उल्लेख गरिएको छ ।

333
सागर परियार
आइतवार, मंसिर १५, २०७६

कनकासुन्दरी–१ का पुजनकुमार उपाध्याय कक्षा १० मा पढ्छन् । आउने चैतमा एसईई दिँदैछन् । कनकासुन्दरी माविले मंसिर ५ गते देखि वार्षिक परीक्षा सुरु गरेको छ । पुजनले पूरा कोर्स नपढेरै वार्षिक परीक्षा दिनुपरेको छ । परीक्षामा के लेख्ने भन्ने अन्यौल छ उनलाई । उनले भने, “विज्ञान र लेखाविषय बाहेक अन्य विषयको कोर्स पूरा भएको छैन् । कसरी परीक्षामा लेख्ने ? ५० अंक ल्याउन पनि मुस्किल हुने भएको छ । अब आउने एसईईमा कसरी परीक्षा दिने भन्ने चिन्ता छ ।”

310
लक्ष्मण ढुंगाना
सोमवार, मंसिर १६, २०७६

विद्यालय समयमा कक्षा कोठामा पढ्न व्यस्त हुनुपर्ने एक हुल विद्यार्थी आइतबार दिउँसो २ बजे बाँकेको डुडुवा गाउँपालिकामा भेटिए । स्कुल पोसाकमै प्रधानाध्यापकसहित गाउँपालिकामा आएका उनीहरू अन्य प्रयोजनका लागि नभई शिक्षक माग गर्न गएका हुन् । विद्यालयमा लामो समयदेखि मावि तहका शिक्षक नहुँदा पढाइ हुन नसकेपछि बाध्य भएर गाउँपालिकाको ध्यानाकर्षण गराउन यहाँ आएको श्री राष्ट्रिय मावि वनकट्टीका कक्षा १० का विद्यार्थी नसिम खानले बताए ।

369
कारोबार संवाददाता
मंगलबार, मंसिर १०, २०७६

कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीहरूको अङ्ग्रेजी भाषा कलालाई व्यावहारिक तथा अन्तरक्रियात्मक विधिबाट थप मजबुत बनाउने उद्देश्यसहित अक्सफोर्ड युनिभर्सिटी प्रेसको पुस्तक विमोचन तथा एक दिवसीय शिक्षण तालिम सेन्ट जेभियर्स स्कुल जावलाखेल, ललितपुरमा सम्पन्न भएको छ ।

465
कारोबार संवाददाता
सोमवार, मंसिर ९, २०७६

भारत अध्ययन गर्न जाने विद्यार्थीहरूलाई उचित परामर्श दिने उद्देश्यले एडु हव एजुकेसन फाउन्डेसन र करियर लिफ्टर्सले संयुक्त रूपमा काठमाडौंमा करियर सिम्प्योजम २०१९ को आयोजना गरेकोे छ । उच्च शिक्षा हासिल गर्न चाहाने नेपाली विद्यार्थीलाई प्लस टु पछि आफूलाई रुचि भएको क्षेत्रमा विशेषज्ञता हासिल गर्ने भन्ने विषयमा अन्योल भइरहेका बेला सो कार्यक्रमको आयोजना गरिएको हो ।

463
कारोबार संवाददाता
आइतवार, मंसिर ८, २०७६

हेराल्ड कलेज काठमाडौंको पहिलो दिक्षान्त बुधबार सम्पन्न भएको छ । दिक्षान्त समारोहमा बिएस्सी अनर्स कम्प्युटर साइन्स कोर्ष पूरा गरेका ६७ जना विद्यार्थीलाई बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सहउपकुलपति टिच स्टिलले दिक्षान्तको प्रमाणपत्र प्रदान गरे ।

484
कारोबार संवाददाता
आइतवार, मंसिर ८, २०७६

सफ्टवेरिका कलेज अफ आइटि एन्ड इ कमर्सले बेलायतको डिजी प्रोग्राम नेपालमा भित्र्याएको छ । बेलायत सरकार मातहत दर्ता भइ विद्यालय र उच्च शिक्षा सम्बन्धि पाठ्यक्रम निर्माण गर्ने एनसिसि एजुकेसनले तयार गरेको डिजी प्रोग्रामलाई नेपालमा डिजी स्कुल नाम दिइएको छ । कक्षा १ देखि ११ सम्मका विद्यार्थीका लागि तयार गरिएको कम्प्युटर शिक्षाको पाठ्यक्रम डिजी स्कुल सुरु भएपछि नेपाली स्कुले विद्यार्थीले पनि अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा पाउने भएका छन् ।

405
कारोबार संवाददाता
आइतवार, मंसिर ८, २०७६

विश्वविद्यालय अनुदान आयोगले सञ्चालन गरेको गुणस्तर सुनिश्चतता तथा प्रत्यायन (क्युएए) प्रक्रियामा महत्वपूर्ण उपलब्धि हासिल भएको आयोगले जनाएको छ ।बिगत २ वर्षदेखि देशभित्र सञ्चालित उच्च शिक्षा संस्थाहरु शैक्षिक गुणस्तरका न्यूनतम मापदण्ड पूरा गरी सञ्चालित छन् भन्ने सुनिश्चितताको प्रयोजनका लागि आयोगले संस्थागत प्रत्यायन प्रणाली लागू गरेको छ ।

373
कारोबार संवाददाता
शुक्रवार, मंसिर ६, २०७६

शैक्षिक परामर्शदाताको रुपमा काम गदै आएको विज एजुकेसनले विज एजुकेसन फेयर २००८ देखी शुरु गरेको हो । यो शैक्षिक मेला नेपालबाट अध्ययानक लागि युके जाने नेपाली विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको विज एजुकेसनका डाईरेक्टर हरी कार्कीले जानकारी दिए । मेला मंसिर ४ र ५ गते लतितपुरको जाउलाखेलमा आयोजना गरिएको थियो । यो कन्सल्टेन्सी वर्षेनी ४ वटा यस्ता शैक्षिक मेलाको आयोजन गर्ने कार्यक्रम अन्र्तगत यो एक हो ।

404
कारोबार संवाददाता
शुक्रवार, मंसिर ६, २०७६

भारतले नेपाली भूमि आफ्नो नक्सामा समावेश गरेको विरोधमा बिहीबार विराटनगरमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । विराटनगर–१५ स्थित मनकामना सेकेण्डरी ईंगलिस बोर्डिङ स्कुलको अगुवाईमा विरोध प्रदर्शन गरिएको हो । नेपाली झण्डासहित निकालिएको -यालीले रानी र मिल्स एरियाका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो ।

435
कारोबार संवाददाता
मंगलबार, मंसिर ३, २०७६

डेनमार्कको भिजिट नामक शैक्षिक संस्थाका २३ जना विद्यार्थी र शिक्षकहरुले नेपालको दुई हप्ते शैक्षिक भ्रमण गरेका छन् । उनीहरु भ्रमण पूरा गरी मंसिर १ गते आइतबार स्वदेश फर्किएका छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दिव्यभूमि मल्टिपल कलेजको निमन्त्रणामा डेनमार्कको उक्त कलेजका तीन शिक्षक, १४ छात्रा र ६ छात्रले नेपालको शैक्षिक भ्रमण गरेका हुन् ।

433
कारोबार संवाददाता
सोमवार, मंसिर २, २०७६

काठमाडौंको नयाँ बानेश्वरमा रहेको युनिग्लोब कलेज परिसरमा शुक्रबारको दिन विभिन्न संघ–संस्थाहरूको उपस्थितिमा कर्पोरेट प्लेसमेन्ट मेला सम्पन्न गरेको छ ।

488