कारोबार संवाददाता
आइतवार, पुष २०, २०७६

मन्त्रीपरिषद्बाट ०७६ कात्तिक १८ मा स्वीकृत ‘राष्ट्रिय शिक्षा नीति, २०७६’ ले नेपालको शिक्षाको समग्र नीतिको व्याख्या गरेको छ । नेपालको शिक्षा प्रणालीले बेराजगार उत्पादन गर्ने कारखाना बनेको दोष लागि रहेको सन्दर्भमा सरकारले शिक्षा नीति बनाएको छ । यस नीतिलाई अघिल्ला शिक्षा नीतिभन्दा पृथक रुपमा देख्न सकिन्छ तर नेपालको संविधानले दिएका अधिकारलाई केन्द्रीकृत गर्ने आरोपबाट भने नीतिमुक्त भने रहेन ।

531
कारोबार संवाददाता
आइतवार, पुष २०, २०७६

डिएभि कलेजको वातावरण क्लबले पुस १६ गते बुधबार ललितपुरको बज्रबाराही मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

348
रासस
सोमवार, पुष १४, २०७६

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) काभ्रेले विद्यालय भवन निर्माणलाई तीव्रता दिनका साथै निर्माण सम्पन्न भएका भूकम्प प्रतिरोधी विद्यालय भवन हस्तारण कार्यलाई पनि उत्तिकै प्राथमकिता दिँदै आएको छ ।

341
कारोबार संवाददाता
सोमवार, पुष १४, २०७६

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले अझै पनि धेरै सञ्चालकहरूले निजी विद्यालयलाई दोकाने पाराबाट सञ्चालन गरिरहेको बताएका छन् । प्याब्सन विराटनगरको प्रथम साधारणसभाको उद्घाटन सत्रमा बोल्दै प्याब्सन अध्यक्ष पुरीले भने, “अब सञ्चालकहरू दोकाने मानसिकताबाट माथि उठ्नुपर्छ ।

406
कारोबार संवाददाता
आइतवार, पुष १३, २०७६

सुर्खेतको भेरीगंगा नगरपालिकाले नगरभित्रका विभिन्न पाँच विद्यालयमा भर्चुअल शिक्षा सिकाइ सुरु गरेको छ । नगरपालिकाको आर्थिक सहयोगमा शारदा मावि छिन्चु, शिखर मावि रामघाट, प्रभात मावि थानिचौर, जनज्योति मावि झिन्नी र नेरा मावि लोदेले कक्षा दशमा भर्चुअल सिकाइ सुरु गरेका हुन् ।

417
कारोबार संवाददाता
आइतवार, पुष १३, २०७६

मुगु जिल्लाको एकमात्र नगरपालिका छायानाथ रारा नगरपालिका वडा नम्बर १३ लापुमा रहेको दलित बालबालिका पढ्ने विद्यालयको भवन समयमा नबन्दा विद्यार्थी आकाशमा पढ्न बाध्य भएका छन् ।

323
कारोबार संवाददाता
आइतवार, पुष १३, २०७६

जनमैत्री बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजीसी)बाट शैक्षिक गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको छ । क्यूएए (क्वालिटि असुरेन्स एण्ड एक्रेडिटेशन) भनिने उक्त प्रमाणपत्रले क्याम्पसमा आवश्यक पूर्वाधार तथा सुविधा हुनुका साथै गुणस्तरीय पढाइ तथा शैक्षिक क्रियाकलाप हुने कुरालाई प्रमाणित गरेको छ ।

385
गोपाल संग्रौला
आइतवार, पुष ६, २०७६

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग छलफल गरी भर्खर सार्वजनिक गरेको राष्ट्रिय शिक्षा नीति २०७६ ले राज्यको पुनःसंरचना र अधिकारको बाँडफाँट, मुलुकको आर्थिक–सामाजिक रुपान्तरणका एजेण्डा, दिगो विकास लक्ष्यप्रति नेपालको प्रतिबद्धता र पन्ध्रौं योजनाको आधारपत्रलाई समेटेको छ ।

506
कारोबार संवाददाता
आइतवार, पुष ६, २०७६

ललितपुर जाउलाखेल स्थित डीएभी शुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयले आफ्नो २७ आँै वार्षिकोत्सव मनाएको छ । कार्यक्रम विद्यालयको बुद्ध प्रेक्षालयमा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपालस्थित भारतीय राजदूतावासका डेप्युटी चिफ अफ मिसन डा. अजयकुमार रहेका थिए ।

611
कारोबार संवाददाता
शुक्रवार, पुष ४, २०७६

त्रिभुवन विश्वविद्यालयको ४५ औं दिक्षान्त समारोहमा बिहीबार १० हजार १८३ विद्यार्थी दीक्षित भएका छन् । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसको प्रांगणमा भएको समारोहमा ०७५ असार १ देखि ०७६ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थी दीक्षित भएका थिए । सोही अवसरमा ५७औँ ग्रेस लिस्टमा सहभागी ७० हजार ७७ विद्यार्थी दीक्षित भएका थिए ।

500
गोपाल संग्रौला
सोमवार, मंसिर ३०, २०७६

शिक्षा विकासको आधार हो । साथै मर्यादित एवम् परिष्कृत जीवन र सम्मानित रोजगारी तथा उद्यम विकासको आधार समेत हो । ज्ञानमा आधारित समाजबाट मुलुकको दिगो शान्ति र समृद्धिकाका लागि शिक्षालाई महत्वपूर्ण माध्यमको रुपमा स्वीकार गरिँदै आएको छ । नेपालको संविधानले शिक्षा सम्बन्धि हकलाई मौलिक हकका रुपमा प्रत्याभूत गरेको छ ।

357
दीननाथ बराल
बुधवार, पुष २, २०७६

बेलायतको लन्डन मेट्रोपोलिटन युनिभर्सिटीको पाटनरशिपमा पोखरामा सञ्चालनमा रहेको इन्फरमेटिक्स कलेजमा अध्ययनरत ८४ जना विद्यार्थीहरु दीक्षित भएका छन् । ब्याचलर अफ साइन्स इन कम्पुटिङ (बीएससी) मा अध्ययनरत ८४ जना छात्र÷छात्रा दीक्षित भएको कलेजले जनाएको छ ।

458
कारोबार संवाददाता
बुधवार, पुष २, २०७६

नलगाड नगरपालिका–१ को शिवशंकर आधारभूत विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी छैन । पहाडी जिल्लामा ४५ जना विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने भए पनि शिवशंकरमा भने पुरा हुनसकेको छैन ।

537
रासस
शुक्रवार, मंसिर २०, २०७६

तनहुँको भीमाद नगरपालिका–१ डुम्रीबेँसीस्थित शंकर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएपछि पठनपाठनमा सहजता आएको छ । पुरानो र जीर्ण भवनमा पठनपाठन हुँदै आएको यस विद्यालयको चारकोठे नयाँ भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीलाई पठनपाठनमा सहज भएको हो ।

342
लक्ष्मण ढुंगाना
बुधवार, मंसिर १८, २०७६

शैक्षिक सत्र सकिन करिब तीन महिनामात्रै बाँकी छ । पाठ्यक्रमअनुसार यतिबेला पढाइ अन्तिम चरणमा पुग्नुपर्ने हो । तर, बाँकेको डुडुवा गाउँपालिका–३ स्थित श्री राष्ट्रिय मावि वनकट्टीमा शिक्षक अभावमा कक्षा ९ र १० का मुख्य विषयहरू पढाइ नै सुरु हुनसकेको छैन । कक्षामा पढाइ नभएपछि पैसा तिर्न सक्ने हैसियतका विद्यार्थी ट्युसनकै भरमा एसईईको तयारी गरिरहेका छन् । आर्थिक अवस्था कमजोर भएका भने शिक्षक आउने आशामा कुरेर बसिरहेका छन् ।

461