कारोबार संवाददाता
शुक्रवार, असार २०, २०७६

सेन्ट्रल स्टेट एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटले नेपालको शैक्षिक क्षेत्रमा छुट्टै र विशिष्ट पहिचान बनाइसकेको छ । शैक्षिक क्षेत्रमा ख्यातिप्राप्त शिक्षक र विशुद्ध प्राज्ञिक व्यक्तिको सक्रियतामा काठमाडौंको कालिमाटीमा यस कलेजको स्थापना भएको हो ।

455
कारोबार संवाददाता
शुक्रवार, असार २०, २०७६

विगत १८ वर्षदेखि नियमित सयौंको संख्यामा डाक्टर, इन्जिनियर र कुशल व्यवस्थापकलगायत व्यवसायी उत्पादन गर्न सफल लामो इतिहास बोकेको काठमाडौं बर्नहार्ट स्कुल-कलेज काठमाडौं बल्खु चोकसँगै आफ्नै भूकम्पीय जोखिम बहन गर्न सक्ने सुन्दर भवन र पर्याप्त खेल मैदानसमेत भएको र समाजमा शिक्षा क्षेत्रमा सम्मानित बौद्घिक व्यक्तित्वले राष्ट्रको शिक्षा क्षेत्रमा विशेष टेवा पु¥याउने उद्देश्यका साथ स्थापना गरेको विशुद्घ शैक्षिक संस्था हो ।

448
गोपाल संग्रौला
शुक्रवार, असार २०, २०७६

उच्च ग्रेड प्राप्त गर्ने धेरै अभिभावकमा आफ्ना छोराछारीले विज्ञान संकायका विभिन्न विषय नै पढुन् भन्ने सोचाई रहेको पाईन्छ । तर उच्च ग्रेड प्राप्त गर्नेले साइन्स र कम ल्याउनेले अन्य संकायका विषय पढ्नुपर्छ भन्ने छैन । आफ्नो क्षमता अनुसार तोकिएको ग्रेड अनुसारको विषय अध्ययन गर्न सकिन्छ ।

369
कारोबार संवाददाता
शुक्रवार, असार २०, २०७६

ग्लोबल कलेज अफ म्यानेजमेन्ट (जीसीएम) व्यावयिक शैक्षिक समूहद्वारा प्रवद्र्धित अंग्रेजी माध्यम पढाइ हुने शैक्षिक संस्था हो । जीएमसीको म्यानेजमेन्ट टिममा प्रसिद्ध एकेडमिसीयन, रिर्सचर, इन्टरपेनर्स र पोलेसि मेकिङमा स्वदेश तथा विदेशमा ख्यातिप्राप्त टिमको समूह रहेको छ । कलेजले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर प्लस टुमा म्यानेजमेन्ट, ब्याचरल अफ बिजनेस स्टडिजमा (बीबीए) र एमबीए कार्यक्रम सञ्चालन गरिरहेको छ ।

221
भगवान खनाल
शुक्रवार, असार २०, २०७६

मनोवैज्ञानिक र शिक्षाविद्हरूले सिकाइमा वातावरणको अहम भूमिका हुने बताएका छन् । वातावरणले असललाई खराब बनाउँछ भने खराबलाई पनि असल बनाउँछ । धनीका छोराछोरी सिपालु हुने, सिपालु बुबाआमाका छोराछोरी नै सिपालु हुने, धेरै पढेका र कमाइ भएका बुबाआमाका छोराछोरी सिपालु हुने भन्ने छैन । गरिब, किसान र मजदुरको छोराछोरी सिकाइमा अब्बल बनेका संसारभर धेरै उदाहरण छन् ।

257
कारोबार संवाददाता
शुक्रवार, असार २०, २०७६

एड मार्क एकेडेमी काठमाडौको कलंकीमा अवस्थित छ । यो कलेज शिक्षा क्षेत्रमा विगत ३१ वर्षदेखि लागेका शिक्षकद्वारा प्रवद्र्धित कलेज हो । यो कलेजमा स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुने गरेको छ । अर्थात् मन्टेश्वरी देखि मास्टरसम्मको अध्यापन हुन्छ । राजधानीको प्रवेशद्वार कलंकीमा अवस्थित यो कलेज कलंकी क्षेत्रकै गुणस्तरीय शैक्षिक संस्थाको रूपमा स्थापित भइसकेको छ । उपत्यकाको जुनसुकै क्षेत्रबाट सहज र सरलरूपमा यातायातको सन्जाल भएको क्षेत्रमा अवस्थित भएकाले यो कलेज धेरै विद्यार्थीको रोजाइमा परेको छ ।

259
कारोबार संवाददाता
शुक्रवार, असार २०, २०७६

हाम्रो ५ वटा तहमा शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएको छ । यसमा प्रि–स्कुल लेबलदेखि ३ वटा पिसको संस्था रहेको छ । कक्षा १ देखि १० सम्म धेरै केन्द्रित रहेका छौं । प्लसदेखि कलेज पनि त्यति नै केन्द्रिकृत भएर गुणस्तर शिक्षालाई प्राथमिकतामा राखिएको छ । पोष्ट ग्रेजुएट शिक्षाअन्तर्गत क्याम्पियन कलेज, अर्को भोकेसनल शिक्षाको संस्थाका रूपमा सिजीआईपीअन्तर्गत नवलपरासीमा रहेको छ ।

197
कारोबार संवाददाता
शुक्रवार, असार २०, २०७६

ब्रिटिस मोडेल कलेजमा अध्यापन गराइने पाठ्यक्रमले विद्यार्थीमा कुनै पनि कुरालाई प्रयोगका आधारमा बुझ्ने र विश्लेषण गर्न सक्ने क्षमता प्रदान गर्छ । अन्तर्राष्ट्रिय मान्यता रहेको शिक्षा भएका कारण उच्च शिक्षाका लागि अन्य कुनै देशमा गएर पढेर आउने वित्तिकै काम गर्ने स्वतन्त्रतासमेत मिल्छ ।

161
गोपाल संग्रौला
शुक्रवार, असार २०, २०७६

चाँगुनारायण नगरपालिका दुवाकोट बस्ने १६ वर्षीय गृमेश बस्नेत भक्तपुरमा नगरपालिकामा रहेको मेधा माध्यमिक विद्यालयबाट एसईईमा ‘ए’ ग्रेड ल्याए । सामुदायिक विद्यालय भएपनि मेधा मावि जिल्लाकै उत्कृष्ट विद्यालय हो । उनी अब आईटि विषय लिएर उच्च शिक्षा हासिल गर्ने योजनामा छन् ।

776
कारोबार संवाददाता
शुक्रवार, असार २०, २०७६

सेन्ट लरेन्स कलेजको मिसन भनेकै शिक्षामा गुणस्तरता, व्यावसायिक र व्यावहारिक शिक्षा दिने रहेको छ । यसरी नै कलेजले ग्लोबली कर्पोरेट क्षेत्रमा माग हुने प्रतिस्पर्दी ग्रेजुएटको उत्पादन र विकास गर्ने प्रस्ट भिजनसहित अघि बढेको कलेज हो । एसटी लरेन्स कलेजले स्वदेश मात्र विश्वव्यापी रूपमा बिक्न सक्ने जनशक्ति तयार गर्ने लक्ष्यसहित अघि बढिरहेको जनाएको छ । सोही लक्ष्यसहित आफ्ना शैक्षिक कार्यक्रमहरू पनि अगाडि बढाइरहेको छ । यो कलेज सन् १९९७ मा स्थापना भएर हाल नेपालको एक अग्रमी शैक्षिक संस्थाका रूपमा चिनिएको छ । कलेजले माध्यमिक (उच्च

367
कारोबार संवाददाता
शुक्रवार, असार २०, २०७६

राजधानीको तीनकुनेस्थित नासा इन्टरनेसनल कलेज सन् २०१० मा स्थापना भएको हो । स्थापनाताका भवन, फर्निचर, एसी, सीसी क्यामरा र आधुनिक अध्ययन प्रविधिलाई नारा बनाएको कलेजले यसको निरन्तरतामा ध्यान दिँदै आएको छ । कलेजले मन्टेश्वरीदेखि स्नातकोत्तर तहसम्म अध्यापन गराउँदै आएको छ ।

385
कारोबार संवाददाता
बिहिवार, असार १९, २०७६

माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको पूरक (ग्रेड वृद्धि) परीक्षा आगामी साउन २६ र २७ गते सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधबार परीक्षा तालिका सार्वजनिक गर्दै ग्रेड वृद्धि परीक्षाका लागि आगामी साउन १५ गतेभित्र प्रवेशपत्र र ग्रेडसीटको प्रतिलिपी राखी शिक्षा विकास तथा समन्वय एकाइमा फाराम बुझाउन विद्यार्थीलाई आग्रह गरेको छ ।

329
कारोबार संवाददाता
मंगलबार, असार १७, २०७६

ग्रामीण क्षेत्रका विद्यार्थीहरू दैनिक २ देखि ४ घण्टा हिँडेर विद्यालय जानुपर्ने बाध्यताको प्रतीकका रुपमा टिच फर नेपालले वाकाथन कार्यक्रम आयोजना गरेको छ । वाकाथनमा काठमाडौं वरपरका विभिन्न विश्वविद्यालय तथा कलेजका करिब ८ सय विद्यार्थी तथा पेशाकर्मी सहभागि थिए ।

320
सागर परियार
मंगलबार, असार १७, २०७६

सिञ्जा गाउँपालिकाका २२ वटा विद्यालयमा शिक्षकहरूले तालाबन्दी गरेका छन् । ७÷८ महिनादेखि पारिश्रमिक नपाएको भन्दै निजी शिक्षकहरूले सिञ्जा गाउँपालिक भरीका २२ वटा विद्यालयमा आइतबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । गाउँपालिकाका आधारभूत, निमावि र मावि गरी २२ वटै विद्यालयमा कार्यरत ६३ जना शिक्षकले तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेको निजी शिक्षक संघर्ष समितिका कोषाध्यक्ष तथा शान्ति आधारभूत विद्यालयका शिक्षक हरिबहादुर रोकायाले बताए ।

365
केशव समर्पण
मंगलबार, असार १७, २०७६

त्रिभुवन विश्वविद्यालयले आफ्नै निर्णय कार्यान्वयनमा आलटाल गर्दै कृषि तथा वन विश्वविद्यालयमाथि विभिन्न अवरोध सिर्जना गरिरहेको पाइएको छ । कृषि तथा वन विश्वविद्यालयले १० करोडको लगानीमा हेटौंडा–१० मा रहेको जग्गामा शैक्षिक भवन निर्माण सुरु गरेपछि त्रिविले त्यसमा अवरोध सिर्जना गरिरहेको छ ।

348