कारोबार संवाददाता
आइतवार, असार २९, २०७६

शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सरोकारवालामाझ छलफलकै क्रममा छ । विधेयकको उद्देश्य, विद्यालयको वर्गीकरण, शिक्षाको तहगत वर्गीकरण, विद्यालय स्थापना गर्न पाउने, शिक्षा सम्बन्धि अधिकारको बाँडफाँड, विद्यालय स्थापना तथा सञ्चालन, निजी विद्यालयबारे नयाँ व्यवस्था, विद्यालय सञ्चालन तथा व्यवस्थापन समिति, अनौपचारिक शिक्षा, आजीवन सिकाइ आदि थुप्रै विषयमा छलफल भइरहेको छ ।

555
कारोबार संवाददाता
बिहिवार, असार २६, २०७६

कञ्चनजंघा हिमालको काखमा अवस्थित श्री घुन्सा आधारभूत विद्यालयका विद्यार्थीले अझै ‘हिमाली छात्रवृत्ति’ पाएका छैनन् । आर्थिक वर्ष ०७५-७६ सकिन लाग्दासमेत हिमाली छात्रवृत्ति विस्तार कार्यक्रमअन्तर्गतको रकम पाउन सकेका छैनन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरबाट वार्षिक १० लाख ५० हजार पाउनुपर्ने थियो । उक्त रकम विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीका लागि प्रदान गर्ने गरिएको प्रधानाध्यापक लिलाचक्र गुरुङले जानकारी दिए । प्रअ गुरुङले भने, “असार सकिन एक साता पनि छैन ।

660
सागर परियार
बुधवार, असार २५, २०७६

सरकारले अनिवार्य र निःशुल्क शिक्षाको अवधारणा ल्याएको छ । दलित विपन्न समुदायका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने लक्ष्यका साथ सरकारले अनिवार्य र निःशुल्क शिक्षाको अवधारणा ल्याएको छ भने दलित छात्र तथा छात्राका लागि छात्रवृत्तिको समेत व्यवस्था गरेको छ । तर जुम्लामा भने सामुदायिक विद्यालय सुकाउदै महँगो शुल्क तिर्नुपर्ने निजी विद्यालयमा बालबालिका आकर्षित भएका छन् ।

578
मनिषा चम्लागाईँ
आइतवार, असार २२, २०७६

झापा कनकाई नगरपालिका–८ का ढुण्डीराज कोइरालालाई झट्ट हेर्दा उनमा शारीरिक दुर्वलता देखिन्न । खाइलाग्दो शरीर, चार दशक उमेरको हाराहारीका जस्तो देखिन्छन् उनी । कोइराला पेसाले शिक्षक हुन् ।

540
कारोबार संवाददाता
आइतवार, असार २२, २०७६

नेपाली इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसन ५६ वर्ष पूरा गरी ५७ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा विविध कार्यक्रम गरिने भएको छ ।

441
सागर परियार
आइतवार, असार २२, २०७६

जुम्लाका पाँच स्थानीय तहमा विभिन्न विषयको प्राविधिक शिक्षा सञ्चालन छ । गाउँमै प्राविधिक शिक्षा आर्जन गर्न पाउँदा विद्यार्थी त खुसी छन् तर स्रोत नहुँदा प्राविधिक शिक्षा सञ्चालन फलामको चिउरा चपाउनुजस्तै भएको छ । स्थानीय तहले पर्याप्त बजेट दिएको छैन, पूर्वाधार नहुँदा पठनपाठनमा झनै समस्या छ ।

448
कृञ्जला पुलामी
आइतवार, असार २२, २०७६

सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित ठाकुरदेवी प्राथमिक विद्यालय दर्लामीमा वर्षैपिच्छे विद्यार्थीको संख्या घट्दै गएको छ । अघिल्लो वर्षसम्म २० जना विद्यार्थी रहेको यस विद्यालयमा अहिले त्यो संख्या पनि घटेर १६ मा झरेको छ । विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठका अनुसार अहिले सबै कक्षाका गरी जम्मा १६ जना मात्रै विद्यार्थीहरु भर्ना भएका छन् । त्यसमा पनि सबै विद्यार्थीहरु नियमित आउँदैनन् ।

460
कारोबार संवाददाता
शुक्रवार, असार २०, २०७६

जुन कलेजमा सुविधासम्पन्न भवनहरू छन्, शैक्षिक एवं भौतिक पूर्वाधार पूर्ण रहेको छ । अनुभवी र पुराना प्राध्यापकहरूको समूहले अध्यापन गराउँछन् । अनुशासित वातावरणमा नियमित अध्यापन तथा प्रयोगात्मक कक्षा हुन्छ, जहाँ उच्च अङ्क ल्याउने विद्यार्र्थीहरूसँग प्रतिस्पर्धा गरेर अध्ययन गर्न पाइन्छ ।

686
कारोबार संवाददाता
शुक्रवार, असार २०, २०७६

टेक्सास इन्टरनेसनल कलेज एक अब्बल, बहुप्रतिष्ठित शैक्षिक प्रतिष्ठान हो । यो कलेजले बहुआयामिक संस्थाका रूपमा लामो समय (सन् २०१०) देखि अध्यापन गर्दै आइरहेको छ । यस संस्थामा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायतर्फका शैक्षिक गतिविधिहरू सञ्चालन हँुदै आएका छन् ।

604
कारोबार संवाददाता
शुक्रवार, असार २०, २०७६

विद्यार्थीले अध्ययन गर्न खोजेको विषयको कार्यक्रम कुन विश्वविद्यालय वा कलेजमा छ, त्यसबारे पहिले ध्यान दिनुहोस् । नेपालमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयलगायतका निजी विश्वविद्ययालयबाट समेत विभिन्न संकायका कार्यक्रमहरुको अध्यापन हुने गरेको छ ।

754
कारोबार संवाददाता
शुक्रवार, असार २०, २०७६

नोबेल एकेडेमीबाट ४ जीपीए ल्याएका विद्यार्थीहरूले विद्यालयको गुणस्तरीय शैक्षिक वातावरणका कारण उच्च सफलता हासिल गरेको बताएका छन् । सो विद्यालयबाट सोनिका थापा, कृपेश पौडेल, सिद्वान्त श्रेष्ठ र शिशिर खनालले ४ जीपीए ल्याएर एसईईबाट थप उच्च तहमा प्रवेश गरेका छन् । यसरी उनीहरूले उच्च शिक्षामा मेडिकल, आईटी तथा इन्जिनियरिङ अध्ययन गर्ने इच्छा रहेको जनाएका छन् । एसईईमा कसरी उच्च श्रेणी प्राप्त गरे भन्नेबारे छोटो प्रतिक्रिया :

567
कारोबार संवाददाता
शुक्रवार, असार २०, २०७६

नेपालको शैक्षिक क्षेत्रमा आईएसओ ९००१ : २०१५ प्रमाणपत्र प्राप्त गरिसकेका कजेलहरू कमै छन् । तीमध्ये साउथ वेस्टर्न स्टेट कलेज पनि एक हो । उच्च व्यवस्थापकीय व्यक्तित्वहरूद्वारा सञ्चालित यो कलेज २०६६ सालमा १ सय ३६ जना विद्यार्थीबाट सुरु भएको थियो । हाल ३ हजार ३ सयभन्दा बढी विद्यार्थी यो संस्थामा अध्ययन गरिरहेका छन् ।

434
कारोबार संवाददाता
शुक्रवार, असार २०, २०७६

विद्यार्थीमा अन्तर्निहित तार्किक, बौद्घिक एवं चिन्तनशील क्षमताको विकास, आत्मनिर्भरता, सीप अभिवृद्घिलाई मूल उद्देश्य बनाएर २०५९ सालमा स्थापना भई नेसनल इन्टिग्रेटेड कलेज (एनआईसी) आफ्नो विशिष्ट पहिचानका साथ अगाडि बढिरहेको छ । निजी क्षेत्रका महँगा विद्यालय तथा महाविद्यालयहरूमा सर्वसाधारणका छोराछोरी पुग्न नसक्ने यथार्थलाई मध्यनजर गर्दै मध्यम शुल्कमा स्तरीय शिक्षा प्रदान गर्दै गौरवशाली १९ औं वर्षमा प्रवेश गरेकोे जानकारी गराउन पाउँदा हामीलाई गर्व लागेको छ ।

335
कारोबार संवाददाता
शुक्रवार, असार २०, २०७६

विज्ञ व्यक्तिव र लगनशील नेपाली नागरिकको पहलमा स्थापना गरिएको कलेज हो । यस कलेजका संस्थापकहरूले गुणस्तरीय शिक्षाको माध्यमबाट नेपालको सामाजिक र आर्थिक उन्नतिका लागि योगदान पु¥याउने उद्देश्यले यो कलेजको स्थापना गरेका हुन् । नामी कलेज बेलायतको नर्थहाम्पटन विश्वविद्यालयको सहकार्यमा स्थापना गरिएको हो ।

321
कारोबार संवाददाता
शुक्रवार, असार २०, २०७६

द हिमाल एजुकेसनल फाउन्डेसन एन्ड रिसर्च सेन्टर प्रालिद्वारा सञ्चालित माइलस्टोन इन्टरनेसनल कलेज ललितपुर महानगरपालिकाको बालकुमारीमा अवस्थित छ । यस कलेजमा मावितर्फ विज्ञान र व्यवस्थापन विषयहरू पढाइ हुन्छन् । त्यस्तै द हिमालअन्तर्गत न सीटीईभीटीबाट सम्बन्धन प्राप्त सिभिल सर्वेयर र सर्भेयर विषयका पढाइ हुन्छन् । त्यस्तै टियुको बीबीएस पनि माइलस्टोन कलेजमा पढाइ हुन्छ ।

391