कारोबार संवाददाता
शुक्रवार, जेठ १६, २०७७

सरकारले आउँदो बजेटमा शिक्षा क्षेत्रलाई उच्च महत्व दिएको छ । सरकारले छात्रवृत्ति दिन २ अर्ब ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै, विज्ञान र गणित शिक्षक अभावलाई पूर्ति गर्न स्वयंसेवक शिषक खटाइने भएको छ । निःशुल्क पुस्तक वितरण गर्न सरकारले २ अर्ब ७६ करोड विनियोजन गरेको छ ।

540
राजेन्द्र बस्नेत
बुधवार, बैशाख ३१, २०७७

अन्तिम परीक्षा विनै नतिजा सार्वजनिक गर्दै छन् भन्दा अनौठो लाग्न सक्छ । अन्तिम परीक्षा नलिई आज (बुधवार) धादिङ जिल्लाको गंगाजमुनाका विद्यालयहरुले कक्षा १–९ को नतिजा सार्वजनिक गर्दैछन् । गंगाजमुना गाँउपालिकाको शिक्षा समितिको अध्यक्ष समेत रहनु भएको गाँउपालिका अध्यक्ष बल बहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले आन्तरिक रुपमा मूल्यांकन गरी नतिजा निकाल्न विद्यालयहरुलाई अनुमति दिएपछि अन्तिम परीक्षा बिनै नतिजा सार्वजनिक गर्न बाटो खुलेको छ ।

802
मुकेश चौधरी
सोमवार, बैशाख २९, २०७७

सुदूरपश्चिम प्रदेश सरकार प्रदेशमा इन्टरनेटबाट पढाई सञ्चालन गर्न तयारीमा जुटेको छ । लकडाउनका कारण विद्यालय खोल्न नसकिने भएपछि प्रदेश सरकारले इन्टरनेटबाट पढाउने तयारी गरिरहेको हो । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले डेढ महिना बढीदेखि गरेको लकडाउनका कारण शिक्षा क्षेत्र पनि प्रभावित भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले विद्यालय र विद्यार्थीको सूचना प्रविधिको उपलब्धता तथा विद्यमान अवस्थाको वस्तुगत तथ्यांक सम्बन्धित निकाय, कार्यालयहरूबाट माग गरेको जनाएको छ ।

555
सागर परियार
शुक्रवार, बैशाख २६, २०७७

कोरोना भाईरस रोकथामका लागि जारी लकडाउनका कारण शैक्षिक क्षेत्र पुर्ण बन्द छन् । जसले गर्दा सबैतहको पढाई प्रभावित भएको छ । त्यस मध्यपनि आधारभुत तहकाका बालबालिकामा लामो लकडाउनका कारण पढ्ने बानीनै हराएको छ । लकडाउन अवधिमा बालबालिकालाई पढाईमा रुचि बढाउन तथा पोसिला आहार खुवाउन बालबालिलकालाई अण्डा र हर्लिक्स् वितरण गरिएको छ । चन्दननाथ नगरपालिकाको सदरमुकाम खलङ्गा बजारस्थित अशोक नमुना प्रथामिक विद्यालयका विपन्न बालबालिकालाई पोषणयूक्त आहारा वितरण गरिएको छ ।

775
रोशन थापा
बिहिवार, बैशाख २५, २०७७

कक्षा एकदेखि १२ सम्म पढाइ हुने एउटा विद्यालयमा कति विद्यार्थी होलान् ? मनाङको नार फू गाउँपालिकामा रहेका एक सार्वजनिक विद्यालयमा एकजना मात्रै विद्यार्थी रहेको खुलासा भएको छ । त्यतिमात्रै होइन एक जना विद्यार्थी पढाउन सो विद्यालयमा २० जना शिक्षकको दरबन्दी रहेको छ भने यो वर्षका लागि मात्र दुई करोडभन्दा बढी बजेट निकासा पनि भइसकेको छ ।

2235
कारोबार संवाददाता
मंगलबार, बैशाख २३, २०७७

पछिल्लो समय डिजिटल एजुकेशन तथा अनलाइन लर्निङ प्रवद्धन गर्ने सुनौलो अवसर आएको सहभागीहरुले बताएका छन् । नेपालमा केहि विश्वविद्यालय, कलेज तथा विद्यालयहरुले अनलाइन शिक्षा सुरु गरिसकेको भएपनि यसलाई दुरदराजसम्म पु-र्याउन र निम्न स्तरका विद्यार्थीहरुले पनि लाभ लिनसक्ने वातावरण बनाउन डिजिटल इन्फास्ट्रक्चर र लोकल कन्टेन्टको विकासमा विशेष ध्यान दिनुपर्ने सरोकारवालाहरुको भनाइ छ ।

435
कारोबार संवाददाता
शनिवार, बैशाख २०, २०७७

टेलिभिजन सेवाप्रदायक डिसहोमले लकडाउनमा घरमै बसेका विद्यार्थीहरुका लागि डिसहोम घरमै कक्षा कार्यक्रम सुरु गरेको छ । डिसहोम र डियरवाल्कको सहकार्यमा यहि बैशाख २० गतेबाट कक्षा ४ देखि कक्षा १० सम्मको अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरु आफ्नो च्यानलहरुमा प्रशारण गर्नेछ ।

832
कारोबार संवाददाता
मंगलबार, बैशाख १६, २०७७

जापानका विश्वविद्यालयमा अध्ययनरत प्रत्येक १३ विधार्थीमध्ये १ जनाले विश्वविद्यालय छाड्न चाहेको एक सर्वेक्षणले देखाएको छ । जापानमा हालसालै तीव्र गतिमा फैलिरहेको नयाँ कोरोना भाइरसका कारण परेको अधिक प्रभावले आफ्नो पढाइ खर्च जुटाउन नसक्दा अध्ययननै छाड्न चाहेको उक्त सर्वेक्षणले देखाएको छ ।

836
कृञ्जला पुलामी
सोमवार, बैशाख १५, २०७७

सिन्धुलीको कमलामाई नगरपालिकाका सामुदायिक विद्यालयहरुले बार्षिक परिक्षाको नतिजा सार्वजनिक गरेका छन् । महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले निम्त्याएको समस्यालाई मध्यनजर गर्दै जिल्लाका सामुदायिक रेडियोहरु मार्फत वार्षिक परिक्षाको नतिजा सार्वजनिक गरेका हुन् ।

716
कारोबार संवाददाता
बिहिवार, बैशाख ११, २०७७

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट आफ्ना नागरिकलाई बचाउन परिक्षा केन्द्रमा पुगेका परिक्षार्थीहरुलाई परिक्षा रोकेर घर फर्काएपछि अलमलमा परेका परिक्षार्थीलाई लक्षित गरि रेडियो धादिङले एसईई तयारी कक्षा सञ्चालन गरेको छ । ग्रामीण सञ्चार सहकारी संस्था लिमिटेडद्वारा जिल्ला सदरमुकाम धादिङबेसीमा सञ्चालित एफ.एम. रेडियो, रेडियो धादिङ १०६ मेगाहर्जले वैशाख एक गतेबाट एसईई तयारी कक्षा संञ्चालन गरेको छ ।

930
रासस
बुधवार, बैशाख १०, २०७७

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका बेला पेशा गर्न नपाएर अन्नको जोहो गर्न नसकेका मजदुरका लागि काठमाडौंको बसुन्धरास्थित साउथवेष्टन स्टेट कलेजले राहत सहयोग उपलब्ध गराएको छ ।

848
कारोबार संवाददाता
शुक्रवार, बैशाख ५, २०७७

कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा संघीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच बिहीबार छलफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको पहलमा बिहीबार सातै प्रदेशका सामाजिक विकासमन्त्रीसँग भएको भिडियो कन्फरेन्स्मा कक्षा ११ को नियमित भर्ना साउन–भदौ महिनामा हुँदै आएमा तत्काल एसइई परीक्षा नहुँदा आत्तिनुपर्ने स्थिति नभएको तर यसलाई कसरी व्यवस्थित सञ्चालन गर्ने भन्ने विकल्पमा तयारी गर्नुपर्ने सुझावहरू प्राप्त भएको छ ।

997
कारोबार संवाददाता
बिहिवार, बैशाख ४, २०७७

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लबडाउनको अवधिमा समयको सदुपयोग गर्न विद्यार्थीहरुले अनलाइन ट्रेनिङ लिन पाउने भएका छन् । विद्यार्थीहरुको खाली समयको सदुपयोगका लागि नियोस्फेरले घरमै बसेर सिक्न सकिने गरी दुई हप्ताको अनलाइन ट्रेनिङ्ग कक्षा सञ्चालन गर्ने जनाएको छ ।

638
कारोबार संवाददाता
बिहिवार, बैशाख ४, २०७७

सामुहिक विद्यालय परिवार रुपन्देहीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रदेश ५ सरकारले स्थापना गरेको विपद् कोषमा एक लाख १ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । परिवारका अध्यक्ष गम्भीर गुरुङ्गले बुधबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

481
कारोबार संवाददाता
शनिवार, चैत्र २९, २०७६

प्रोगेसिभ इन्जिनियरिङ एसोसिएन नेपाल (पिन)ले प्रदेश विपद् व्यवस्थापन कोषलाई ९० हजार रुपैयाँ सहयोग गरेको छ । कारोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकारद्वारा स्थापित कोषमा पिनले आर्थिक सहयोग प्रदान गरेको हो ।

559