कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५
633

एक्रेटिभ मिडियाद्वारा आयोजित एसियाली स्तरको हाजिरीजवाफ प्रतियोगिता नोबेल क्वीज मेनिया ६ को ग्रान्ड फिनाले कार्यक्रम सम्पन्न भएको छ । आइतबार बेलुकी ९ बजे कान्तिपुर एचडी टेलिभिजनमार्फत प्रसारित कार्यक्रममा विभिन्न चरणहरू पार गर्दै भारतबाट बिरला विद्या निकेतन, नेपालबाट सीसीआरसी कलेज र बंगलादेशबाट नोट्रे ड्याम कलेज रोमाञ्चक फाइनलमा प्रवेश गरेका थिए ।
प्रतियोगिताको शीर्ष उपाधि जित्दै बंगलादेशको नोट्रे ड्याम कलेजले पुरस्कार स्वरूप ५ लाख रुपैयाँ प्राप्त ग¥यो भने प्रथम उपविजेता भारतको बिरला विद्या निकेतनलाई ३ लाख रुपैयाँ र द्वितीय उपविजेता नेपालको सीसीआरसी कलेजलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरियो । हाल क्वीज मेनिया कार्यक्रमको सातौं संस्करणको तयारी भइरहेको र नयाँ संस्करणले अझ बढी देशहरूलाई समेट्ने लक्ष्य रहेको आयोजक एक्रेटिभ मिडियाले जनाएको छ ।