काठमाडौंमा २ दिने इन्डियन एजुकेसन फेयर
कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५
268

ग्लोबल जीईईपीएलको आयोजनामा एजुकेसन वल्र्ड वाइड इन्डिया नामक इन्डियन एजुकेसन फेयर आयोजना हुने भएको छ । काठमाडांैको दरवारमार्गस्थित होटल अन्नपूर्णमा नयाँ वर्षको अवसर पारेर यही वैशाख ३ र ४ गते गरी दुई दिनसम्म भारतीय शैक्षिक मेलाको आयोजना हुन गइरहेको हो । भारतका सरकारी तथा निजी विश्वविद्यालय र शिक्षण संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहने शैक्षिक मेलामा नेपाली विद्यार्थीहरूले मेडिकल, इन्जिनियरिङ, आईटी, बिजनेस स्टडिज, ह्युम्यानिटीज, आर्ट एन्ड डिजाइन, ल, जर्नालिजम, एग्रिकल्चर र पारामेडिकल लगायतका ४० भन्द बढी कोर्ष र विषयहरूका बारेमा एकै थलोमा जानकारी लिन पाउने आयोजकले जनाएको छ ।
भारतीय शैक्षिक मेलाको मुख्य आयोजकका रूपमा काठमाडांैको नयाँबानेश्वरमा रहेको कृष्णा कन्सल्टेन्सी छ भने यस मेलाको सर्पोटिङ पार्टनरका रूपमा वाइड रेन्ज कन्सल्टेन्सी र आर्यन फाउन्डेसन छन् । नेपाली विद्यार्थीहरूलाई छिमेकी राष्ट्र भारतका विश्वविद्यालयहरूको अध्ययन अध्यापन, छात्रवृत्तिलगायतका कुराहरूलाई समेट्न र त्यहाँका प्रतिनिधिहरूसँग सिधै सम्पर्क गर्न तथा परामर्श लिनका लागि पनि यो शैक्षिक मेलानिकै लाभदायक हुने आयोजकको भनाई छ ।
हुनतः अहिले पनि बर्सेनि हजारौंको संख्यामा नेपाली विद्यार्थीहरू अध्ययनका लागि भारतका विभिन्न विश्वविद्यालय तथा शिक्षण संस्थाहरूमा जाने गरेका छन् । तर, यसरी नबुझेर भारत अध्ययनमा जाँदा विद्यार्थीहरूले विभिन्न समस्या झेल्नुपर्ने तितो यर्थाथलाई मध्यनजर गर्दै ग्लोबल जीईईपीएलले सम्बन्धित विश्वविद्यालय तथा कलेजका प्रतिनिधि तथा प्रिन्सिपल, डाइरेक्टरहरूसँग प्रत्यक्ष भेटेर आम अभिभावकले लाभ लिन सकून् भन्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हो । भारतीय शैक्षिक मेला अवलोकनका लागि प्रवेश निःशुल्क गरिएको छ भने पहिलो एक हजार जनामध्येवाट निःशुल्क फिल्मको टिकट र रिचार्ज कार्डसमेत प्रदान गरिनेछ । यस शैक्षिक मेलामा सहभागी भई आपूmले भारतमा पढ्न चाहेको विषय र विश्वविद्यालयका बारेमा जानकारी लिई लाभ लिन आयोजकले सबैमा अनुरोधसमेत गरेको छ ।