सागर परियार
शुक्रवार, चैत्र ७, २०७६
1014

जुम्ला-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका सम्पुर्ण शैक्षिक कार्यक्रमहरु बन्द भएका छन् । विश्व व्यापक माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस संक्रमणको जोखिमलाई मध्य नजर गर्दै प्रतिष्ठानका सम्पुर्ण शैक्षिक कार्यक्रम बन्द भएको रजिष्टार विश्वराज काफ्लेले जानकारी दिए ।
नेपाल सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको चैत ५ गते निर्णय बमोजिम निर्देशन भए अनुसार आज देखि सबै शैक्षिक कार्यक्रम बन्द भएका हुन् ।

आगामी चैत मसान्त सम्मका लागि प्रतिष्ठानमा संचालित शैक्षिक कार्यक्रम, परीक्षाहरु, तालिमहरु, फिल्ड तथा क्लिनिकल पोष्टिङका कार्यक्रम बन्द भएको प्रतिष्ठान शैक्षिक प्रशासनले जानकारी दिएको छ ।
कोरोनाको संक्रमणबाट बच्नका लागि त्रास भन्दा पनि व्यक्तिगत तथा वातावरणीय सरसफाईमा ध्यान दिन चिकित्सकले सुझाब दिएका छन् । भने, जुम्लाका कोरोना संक्रमित भेटिएको खण्डमा तत्तकाल उपचार गर्ने गरी १५ बेड छुटाइएको छ ।