कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २, २०७६
448

एसआई यूक नेपालले काठमाडौंमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको शैक्षिक मेला आयोजना गर्ने भएको छ । सो संस्थाले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी फागुन १० गते काठमाडौंको होटल अन्नपूर्णमा यूके जाने विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेलाको आयोजना गर्ने जनाएको हो । विभिन्न देशमा फैलिएको एसआई यूके शैक्षिक परामर्श संस्थाले विश्वभरि ५० वटा कार्यालयमार्फत संवा प्रवाह गर्दै आएको छ । एसआई यूकेले बेलायतमा १ सय २० वटाभन्दा बढी विश्व विद्यालयमार्फत सहकार्य गर्दै आएको छ । मेलामा विद्यार्थीहरूलाई विश्वविद्यालयका प्रतिनिधिबाट यूकेको शैक्षिक प्रणाली, छात्रवृत्ति, अध्ययनपश्चात् अन्तर्राष्ट्रिय स्तरको रोजगारीको अवसर र जीवनशैलीको प्रत्यक्ष रूपमा परामर्श गराउने जनाइएको छ ।
मेलामा नेपालको शैक्षिक क्षेत्रमा उच्चपदस्थ विज्ञहरूको समेत सहभागिता रहने जनाइएको छ । साथै, मेलाबाट करिब एक हजारभन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरेका छौं । मेलामा सहभागी हुनका लागि अनलाइन फारामको उपलब्धता गराइएको छ ।
नेपालबाट २०१८ मा ३२ हजार नेपाली विद्यार्थी यूकेका विभिन्न विश्वविद्यालयमा भर्ना भएका थिए । एसआई यूके शैक्षिक संस्थाले हरेक वर्ष नेपालमा रहेका विपन्न, पिछडिएको वर्ग र जेहेनदार विद्यार्थीहरूका लागि स्वदेशमै अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले विशेष प्याकेज बनाएर अगाडि बढ्ने लक्य लिएको छ । त्यस्ता विद्यार्थीहरूलाई बेलायतको विश्वविद्यालयमा छात्रवृत्तिको समेत व्यवस्था गर्न सकिने जनाएको छ ।