कारोबार संवाददाता
सोमवार, पुष २१, २०७६
733

दमौली-संस्थागत(निजी) विद्यालयले बस, मिनीबस, माइक्रोबसमा विद्यार्थी बोक्नु त चलनजस्तै बनिसक्यो । तिनले सुविधाभन्दा पनि कमाउनको लागि यातायात सुविधा दिने गरेको आरोप पनि लाग्दै आएको छ ।तर, तनहुँमा भने सामुदायिक(सार्वजनिक) विद्यालयहरूलेसमेत विद्यार्थी आकर्षणको लागि यातायात सुविधासमेत प्रदान गरेका छन् ।
सामुदायिक विद्यालयले विद्यार्थीको आकर्षण बढाउने उपाय खोजी गर्दा यातायात सुविधा प्रदान गर्ने उपायरचेका हुन् । संस्थागत विद्यालयहरूमा खचाखच विद्यार्थीहरू हुने तर आफ्नोमा विद्यार्थी संख्या घट्न थालेपछि सामुदायिक विद्यालयले पनि यातायाता सुविधा प्रदान गरेपछि अभिभावकको समेत आकर्षण बढेको विद्यालयले जनाएका छन् । त्यस्तै विद्यार्थीको समय बचत गर्न र सुरक्षाको लागि पनि ध्यान दिदै बस सुविधा दिएको विद्यालयले जनाएका छन् ।

आबुँखैरेनी गाउँपालिका –१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालय, बन्दीपुर नगरपालिका १ स्थित पवित्रा मावि, शुक्लागण्डकी–४ स्थित पञ्चमुनिदेव मावि र शुक्लागण्डकीकै खैरेनीटार मावि तथा म्याग्देको राधा माविसहित पाँचवटा सामुदायिक विद्यालयहरूले बस सुविधा सुविधा प्रदान गरेका हुन् । कुनै विद्यालयले अघिल्लो शैक्षिक वर्षदेखि बसको सेवा सञ्चालन गरेकाहुनभने कुनैले चालू शैक्षिक सत्रदेखि सुरु गरेका छन् ।
मित्रतामाविले अघिल्लो शैक्षिक सत्रबाटकुल ४१ सिटक्षमताको बस खरिद गरेको हो । विद्यालयको आन्तरिक स्रोतबाट २० लाखरूपैयाँमा बस खरिद गरेको विद्यालयकाप्रध्यानाध्यापकध्रवराजअधिकारीले बताए । विद्यार्थीहरू राजमार्ग हुदै विद्यालयमाआउनुपर्ने हुदाँउनीहरूको सुरक्षालाई मध्यनजर गर्दै र टाढाकाविद्यार्थीहको समयको बचत गर्ने उद्देश्यले बस सञ्चालन गरेको अधिकारीले बताए । सामुदायिकविद्यालयमा स्तरीय सेवानभएको भन्दै अभिभावकहरूले बालबालिकालाई संस्थागतविद्यालयमापठाउने क्रमबढ्न थालेपछिबस सञ्चालनगर्ने निर्णय गरेको शिक्षकअभिभावक संघकाअध्यक्ष हरिप्रसादकारखेतीले जानकारी दिए । उक्तविद्यालयमाआबुँखैरेनीको खानीखोलादेखि बन्दीपुर गाँउपालिकाको बिमलनगरसम्मकाविद्यार्थीहरूपढ्न आउँछन् । “विद्यालयका ६सय ५१ जनाविद्यार्थीहरू मध्ये २ सय विद्यार्थीहरूले बसको सेवालिइरहेको छन्,” प्रअअधिकारीले भने, “सेवावापत २ सयदेखि ४ सय ५०रूपैयाँसम्म शुल्क लिन्छौं ।” यो विद्यालय २०२८ सालमा स्थापनाभएको हो ।
यस्तै बन्दीपुर–१,पिप्लस्थितपवित्रा माविले पनिबस सुविधा प्रदान गरेको छ । गाउँपालिकाको ६० प्रतिशत र विद्यालयको ४० प्रतिशतलगानीमा बस खरिद गरिएको हो प्रअ रघुनाथपण्डित बताउँछन् । ३९सिटक्षमताको उक्त बस २९ लाख रुपैयाँमाखरिद गरिएको उनले बताए । टाढाबाटआउने विद्यार्थीलाई आवातजावतमा सहजहोस् र बोर्डिङ विद्यालयमापढ्नु पर्ने बाध्यताको अन्त्यहोस् भनेर बस सेवा सञ्चालनमा ल्याएको विद्यालय व्यवस्थापन समितिकाअध्यक्षक्षितीज लामिछाने बताउँछन् । यस विद्यालयमाकरिब १ हजार विद्यार्थीअध्ययनरत छन् ।
यस्तै, राधामाविले सञ्चालन गरेको बस सेवाबाटगुणादी, धयरे, पसले, कोइरालाथोक थर्पुलगायतका क्षेत्रकाविद्यार्थीहरू लभान्वितभएकाछन् । विद्यालयले ०६७ साल देखिनिरन्तर बस सेवा सञ्चालित गरेको विद्यालयव्यवस्थापन समितिकाअध्यक्षश्रीप्रसादश्रेष्ठले बताए ।
सामुदायिक विद्यालयले पनि बस सुविधा प्रदान गर्नु नौलोपन त हो तर राजमार्गक्षेत्रका न्युन विद्यालयले दिन थालिएको यस्तो सुविधा ग्रामीण वस्ती र बाटोमा भने अझै कल्पनाभन्दा बाहिरै रहेको काठमाडौंका पूर्वजिल्ला शिक्षा अधिकारी दुर्गानाथ शर्मा बताउँछन् । “विद्यालयले भाडा पनि नलिइकन निःशुल्करूपमा बस सुविधा दिनसके असल खबर सम्प्रेषण भई सरकारी विद्यालयको शिक्षा प्रतिको मोह बढ्नसक्छ,” शर्मा भन्छन्, “विद्यार्थीले प्रस्थान बिन्दुदेखि गन्तव्य बिन्दुसम्मको भाडा तिर्नु नपरे झनै पढाइप्रति उत्प्रेरणा बढ्न सक्छ ।”
उता, हालसम्म संघीय, प्रदेश र स्थानीय सरकारले सामुदायिक विद्यालयमा बस खरिदका लागि योजना, बजेट÷कार्यक्रम र नीतिगत व्यवस्था भने गरेको देखिन्न । तथापि संघीयता कार्यान्वयनसँगै केही स्थानीय तहले भने बस सुविधाको लागि नगण्य पुँजीलगानी भने गरेका छन् । नेपालको संविधान २०७२ मा सुनिश्चित भएको‘विद्यालय शिक्षा अनिवार्य र निःशुल्क’भन्ने व्यवस्था कार्यान्वयनमा सरकार, अदालत र सरोकारवालाले भने कुनै चासो देखाएका छैनन् ।

सुनिता आचार्य