हुम्ला- उपराष्ट्रपति नन्दबहादुुर पुनले सिमकोटमा रहेको मानसरोवर नमूना माध्यमिक विद्यालयको नयाँ भवन शिलान्यास गरेका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत बहुप्राविधिक शिक्षामा सर्वसाधारणको पहुँच वृद्धि गर्ने लक्ष्यका साथ विद्यालयलाई भौतिक निर्माणको लागि प्रदान गरिएको भवनको उद्घाटन गरेका हुन् ।
नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम सिमकोट आएका पुनले ३ घण्टा हुम्लाका विभिन्न ठाउँमा बिताएका थिए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आजको शिक्षा व्यवहारिक नहुँदा हाल बेराजगारको संख्या वृद्धि हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै सिकेको कुरा व्यवहारमा सीपलाई आयआर्जनमा ल्याउन सक्ने जनशक्ति निर्माणमा कर्णाली प्रदेश सरकार लागि परेको बताए ।
कर्णाली प्रदेशले हरेक व्यक्ति स्वरोजगार बन्न सक्ने खालको प्रदेशमा रहेको ८९ वटै स्थानीय तहमा त्यहाँको आवश्यक र महत्व रहेको विषयमा पाठ्यक्रम नै तयार गरी प्राविधिक शिक्षा प्रदान गर्न तर्फ अघि बढेको बताए ।