कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६
443

एडुपार्क कन्सल्टेन्सीको आयोजनामा जर्मनको युनिर्भसिटी अफ एप्लाईड साईन्सेज युरोपको बारेमा दुई दिने जानकारीमुलक शैक्षिक कार्यक्रम आयोजना गरिएको छ ।
युनिर्भसिटीलेपार्टन मिट र एजुकेसन सेमिनारको आयोजना गरिएको एडु पार्क कन्सल्टेन्सीले जनाएको छ । सो अवसरमा जर्मनबाट आएकी युनिर्भसिटी की सिनियर बिजनेस डिभलपमेन्ट मेनेजर लैला ईरफान युनिर्भसिटी अफ एप्लाईड साईन्सेज युरोपको बारेमा जानकारी दिएकी थिईन ।

युनिभर्सिटी अफ एप्लाइड सान्सेज युरोप इजरलोहन, बर्लिन, ह्याम्बर्गमा रहेको छ । सो युनिर्भसिटी ले व्यवसाय, मनोविज्ञान, मिडिया तथा सञ्चार, खेलकुद प्रर्बधन, कला र डिजाइनको क्षेत्रमा शिक्षा प्रदान गदै आएको छ । बीटीके युनिभर्सिटी अफ आर्ट एन्ड डिजाईन र बिआईटिएस युनिर्भसिटी अफ बिजनेस लिडरसिपको मर्ज पछि यो विश्वविद्यालय गुणस्तरिय शिक्षाको माईलस्टोनको रुपमा संचालन हुदै आएको छ ।
मेनेजर लैला ईरफानले विश्वविद्यालयले अन्तरराष्ट्रिय मापदण्डको शिक्षण पद्धतीलाई आत्मसाथ गर्ने गरेको बताईन । रचनात्मक, उद्यमशीलता र डिजिटल सोचका साथै अन्तरराष्ट्रिय परिप्रेक्षमा अन्तक्रियाको माध्यमबाट अध्ययन गदै आएको छ । रोजगार बजारको आवश्यकता अनुरूप शिक्षण र अनुसन्धानमा नयाँ दृष्टिकोण प्रस्तुत गर्ने शिक्षण पद्धती लागू गरेको छ ।

स्नातक र मास्टर कार्यक्रम


बर्लिन, ह्याम्बर्ग र इजरलोहनमा क्याम्पस स्थापना गरी युनिर्भसिटी अफ एप्लाइड सान्सेज युरोपले अध्ययन अध्यापन गराउदै आएको छ । अन्तरराष्ट्रिय स्तरको रचनात्मकता र डिजिटल सोच नै यि कोर्सको उद्देश्य रहेको युनिर्भसिटी ले जनाएको छ । युनिर्भसिटी ले रोजगार बजारमा तत्काल मागको लागि नयाँ अध्ययन र क्षमता अभिबृद्धि गर्ने खालका कार्यक्रमहरू मार्फत बिजनेस, मिडिया र डिजाइनको क्षेत्रहरूमा दक्ष जनशक्ति उत्पादन गरिरहेको छ । सो युनिर्भसिटी ले ब्याचलरका लागि फोटोग्राफी, कम्युनिकेसन डिजाईन, गेम डिजाईन अंग्रेजी भाषामा र इलुस्ट्रेसन, गेम डिजाईन, फोटोग्राफी र फिल्म एन्ड मोसन डिजाईन कोर्सहरु जर्मनी भाषामा संचालन गरिहेको छ । मास्टर लेभलमा मिडिया स्पेस, फोटोग्राफी, इनोभेसन डिजाईन मेनेजमेन्ट र भिजुवल एन्ड एक्पेरियन्स डिजाईन कोर्स अंग्रेजी माध्यमका संचालन गरिरहेको छ । कलेजले ब्याचलर लेभलमा डिजिटल बिजनेस एन्ड डाटा साइन्सका लागि आवेदन समेत माग गरेको छ ।