कारोबार संवाददाता
सोमवार, भदौ १६, २०७६
437

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा हुने दलीय भागवण्डालाई रोक्न खबरदारी -याली निकालेको छ । राजनीतिक भागवण्डाका आधारमा विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्ति गर्ने परम्पराले विश्वविद्यालयहरुको शैक्षिक वातावरण धमिलिएको र व्यापारिक अखडामा रुपान्तरण भएको भन्दै नेविसंघले आइतबार खबरदारी -यालीको अयोजना गरेको हो ।
उल्लेख्य संख्यामा भेला भएका विद्यार्थीहरुले माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म ‘हाम्रो शिक्षा हाम्रो देश, भागवण्डामुक्त शैक्षिक परिवेश’ भन्ने नारा लगाउँदै -याली निकालेका थिए । खबरदारी -याली आयोजनाको संयोजन नेविसंघ नेता नवराज त्रिपाठीले गरेका थिए । -यालीपछि नयाँ बानेश्वरमा कोणसभा आयोजना गरिएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले नेविसंघलाई शैक्षिक आन्दोलनमा लाग्न आह्वान गर्दै दलीय भागवण्डाका आधारमा नियुक्त भएका पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक लगाउने चेतावनी दिए ।