कारोबार संवाददाता
सोमवार, श्रावण २७, २०७६
416

ललितपुरस्थित सिटीजन कलेजमा भएको स्टक पिचिङ कम्पिटेसनमा आरती झाको टिमले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । सहभागी ८ टिमबीच भएको प्रतिश्पर्धात्मक प्रस्तुति कार्यक्रममा आरक्ष प्रजापतिको टिमले द्वितीय स्थान(रनर्सअप) को स्थान हाँसिल गरेका छन् । कार्यक्रमका विजेतालाई कलेजका प्राचार्य हरिकृष्ण अर्याल प्रशासनिक प्रमुख राजकुमार प्याकुरेल, कार्यक्रम संयोजक मुस्कान खनालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन्
सेयर बजारमा सूचीक्रित विभिन्न सेक्टरका स्टकलाई आधार मानेर विद्यार्थीहरूबीचमा गरिएको उक्त प्रतियोगिताले विद्यार्थीहरूमा सेकेन्डरी सेयर मार्केटको विश्लेषण गर्न सक्ने क्षमताको विकाश भएको आयोजक कलेजले जनाएको छ । कलेजका प्राचार्य हरिकृष्ण अर्यालको सभापतित्वमा सम्पन्न उक्त प्रतियोगितामा निर्णायकको भूमिका त्रिविका उप–प्राध्यापक सुरेन्द्र महतो तथा सेक्युरिटी बोर्ड अफ नेपाल(सेबोन) का उपनिर्देशक अजय ढुंगाना थिए ।
कार्यक्रममा कलेजका प्राचार्य हरिकृष्ण अर्याले कार्यक्रमले विद्यार्थीवर्गमा सेयर बजारको सचेतना प्रदान गर्दै लगानी गर्नका निमित्त आवश्यक विश्लेषण गर्न सक्ने क्षमताको विकास गरेको बताए ।