कारोबार संवाददाता
शुक्रवार, श्रावण २४, २०७६
550

मारवाडी सेवा समिति नेपालको शिक्षा तथा छात्रवृत्ति व्यवस्थापन समितिले २०७६ साल साउन २२ गते एक कार्यक्रमको आयोजना गरी शैक्षिक सत्र २०७६ को छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ । मारवाडी सेवा समिति नेपालले ‘सेवा ही परमो धर्म’ उद्देश्यले लिई स्थापना गरिएको छात्रवृत्ति कोषबाट समितिअन्तर्गतको शिक्षा तथा छात्रवृत्ति व्यवस्थापन समितिले सूचना प्रकाशित गरी आर्थिकस्थिति कमजोर भएका छात्र-छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको थियो ।
यस वर्ष संघ–संस्था, राष्ट्रिय दलित आयोग, अपांग महासंघ, जनजाति महासंघलगायतका संघ–संस्थाहरूलाई पत्रचार गरिएको र समाजका सबै सदस्यहरूलाई सामाजिक संजाल (इमेल, एमएसएस, फेसबुक) मार्फत सूचना पठाई छात्रवृत्तिको आदि आवेदन आह्वान गरेकोमा २०७५ साल वैशाख ३१ गतेसम्म विभिन्न स्कुलहरूमा अध्ययनरत ३४ जनाले छात्रवृत्तिका लागि आवेदन दिनु भएकोमा, मारवाडी सेवा समिति नेपालका अध्यक्ष श्रवणकुमार अग्रवाल र छात्रवृत्ति व्यवस्थापन समितिका संयोजक राजेन्द्रकुमार खेतानले संयुक्त रूपमा शैक्षिक सामग्रीसहित छात्रवृत्ति बापतको सहयोग प्रदान गरेका थिए ।

कार्यक्रममा हिमालय स्कुलका शिक्षिका एवं विद्यार्थीले छोटो मन्तव्य राख्नु हुँदै मारवाडी सेवा समितिले प्रदान गरेको छात्रवृत्तिबाट आर्थिकस्थिति कमजोर भएकाहरूलाई राहत मिलेको र यसबाट शिक्षा प्राप्त गर्न चाहने विद्यार्थी भाइबहिनीहरूलाई हौसला मिलेको धारणा राखेका थिए ।
कार्यक्रममा छात्रवृत्ति व्यवस्थापन समितिका संयोजक राजेन्द्रकुमार खेतानले मारवाडी सेवा समिति नेपालको आफ्नो उद्देश्यअनुसार शिक्षाको माध्यमबाट राष्ट्रलाई टेवा पु¥याउने उद्देश्यले जेहेन्दार विद्यार्थी भाइबहिनीहरूलाई पुरस्कार एवं हौसलाको रूपमा छात्रवृत्ति प्रदान गरेको बताए ।
कार्यक्रममा छात्रवृत्तिसम्बन्धी जानकारी महासचिव विनोदकुमार सेठीयाले यस वर्ष जम्मा ७ लाख ५७ हजार रुपैयाँ रकम छात्रवृत्ति बापत प्रदान गरिएको जानकारी गराए । शैक्षिक सेवा भावबाट प्रेरित भई शिक्षा तथा छात्रवृत्ति व्यवस्थापन समितिमार्फत वीरगन्ज निवासी गोपालप्रसाद खेतानले छात्र÷छात्राहरूका लागि शैक्षिक सामग्री (कपी) उपलब्ध गराए ।