गोपाल संग्रौला
मंगलबार, श्रावण ७, २०७६
453

जनकपुर-धनुषाका अधिकाक्ष सामुदायिक विद्यालयमा दरबन्दी अनुसारको शिक्षक भएर पठनपाठनमा असजिलो भएको विद्यालयको गुनासो रहेको छ ।धनुषाको नगराईन न.पा देवदियाको राष्ट्रिय निमावीका शिक्षक प्रेमलाल पासवानले दरबन्दी अनुसार शिक्षक नपठाउदा राम्रा मानिएका सामुदायिक विद्यालयको अध्ययान अध्यापनमा समस्या परेको गुनासो गरेका छन । सरकार स्थानिय तहले शिक्षक नियुक्त गर्न सक्ने प्रवधान बनाएपनि दरबन्दी बाहेकका शिक्षक समेत विद्यालयले पाएका छैनन । देवदिहाको राष्ट्रिय निमावी राम्रो पढाई हुने विद्यालय भएपनि भने माग अनुसार शिक्षक व्यवस्थापन गर्न नसक्दा थप शैक्षिक गुणस्तर सुधार अभियानमा पछि परेको छ । धनुषाका अधिकाक्ष सामुदायिक विद्यालयमा दरबन्दी अनुसारका शिक्षक छैनन । सरकारले आन्दोलनमा भरमा सबै अस्थाई शिक्षकलाई स्थाई गरी पुन शिक्षण पेसामा फ-काईरहे पनि ग्रामिण क्षेत्रमा भने शिक्षक अभाव रहेको पाईन्छ । यसै गरी धनुषाको अकौरा बिर्ता स्थित अखिलेश्वरनाथ आधारभुत विद्यालयमा पनि शिक्षक अभाव भएर पठनपाठनमा असजिलो भएको सो विद्यालयले जनाएको छ । कक्षा ५ सम्म पढाई हुने सो विद्यालयमा ३०० विद्यार्थी भएपनि सो अनुसार शिक्षक छैनन ।

शिक्षक भएका पनि राजनितीमा 

अचेल ग्रामीण क्षेत्रका विद्यालय परिसरमा शिक्षक खोज्दै जानुभन्दा राजनीतिक दलको कार्यकर्ता भनेर भन्यो भने चाँडो भेट्न सकिन्छ । शिक्षकहरू यतिसम्म राजनीति गर्छन् कि जिल्ला शिक्षा अधिकारीलाई जिल्लामा टिकाउने वा नटिकाउने दाउमा उनीहरू हुन्छन् ।
धनुषामा आएका अधिकांश जिशिअ २ वर्षसम्म पनि टिक्न सक्दैनन् । गुणस्तर सुधार गर्न शिक्षकलाई कडाइ गर्ने कुनै पनि जिशिअलाई विभिन्न बहाना बनाएर धपाउने गरिन्छ । शिक्षक र समुदाय विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने भन्दा पनि एकअर्कालाई आरोपमात्र लगाउने गर्छन् ।
शिक्षकहरू अभिभावकले विद्यार्थीलाई स्कुल नपठाउने गरेको बताउँछन् भने अभिभावकहरू शिक्षकले नियमित नपढाउने दाबी गर्छन् ।धनुषामा ४ सयको हाराहारीमा विद्यालय छन् । यसमध्ये संस्थागत विद्यालयको संख्या २०० को हाराहारीमा छ । त्यसैगरी ३९ वटा सामुदायिक उच्च माध्यमिक विद्यालय छन् । करिब एक दर्जन गाउँ–टोलबाहेक सबै स्थानमा विद्यालयको पहुँच छ ।