कारोबार संवाददाता
शुक्रवार, श्रावण ३, २०७६
390

सूचना प्रविधिको क्षेत्रमा कार्यरत जापानको प्रतिष्ठित संस्था ह्युमन रिसोसियासँगको सहकार्यमा जोरपाटीस्थित नामी कलेजमा रोजगार मेलाको आयोजना गरिएको छ ।
बिहीबार आयोजना गरिएको यो मेला सोही कलेजमा बीएससी कम्प्युटिङ विषय अध्ययन गरिरहेका विद्यार्थीले संयोजन गरेका हुन् । मेलामा विद्यार्थीले ह्युमन सिसोसियाका सदस्यहरूसँग अन्तरक्रिया तथा प्रत्यक्ष अन्तर्वार्तामा सहभागी हुने अवसर पाएका थिए ।

सोही कार्यक्रममा विद्यार्थीले जापानका प्रतिष्ठित कम्पनीहरूमा रोजगारीका लागि आफ्नो नामदर्ता गराउने मौका पाएका थिए । सूचना प्रविधिसँग सम्बन्धित जापानका अन्य रोजगाररदाता कम्पनीहरू, त्यहाँ रोजगारीमा लाग्दा हुने फाइदा तथा त्यहाँको जीवनशैलीका बारेमा समेत विद्यार्थीहरूले ह्युमन रिसोसियाका रिक्रुटमेन्ट म्यानेजर तासुजी सुगीहारासँग प्रत्यक्ष सम्वाद गरेका थिए ।
नेपाली विद्यार्थीले जापानमा कामगर्नुअघि पूरा गर्नुपर्ने प्रक्रिया, नेपाली कामदारलाई उपलब्ध गराइने विशेष सहुलियत लगायतका विषयमा सुगीहाराले जानकारी दिएका थिए । रोजगार मेलामा बोल्दै कलेजका वरिष्ठ व्यापार प्रवद्र्धन व्यवस्थापक अमरदीप मण्डलले भविष्यमा पनि यस्तै रोजगार मेलालाई निरन्तरता दिने बताए । उनकाअनुसार हरेक वर्ष कलेजले यस्तो मेला गर्दै आइरहेको छ । सोही कार्यक्रममा उनले नामीमा अध्ययनरत विद्यार्थीलाई रोजगारीमा लगाउन कलेजले सक्दो सहयोग गर्ने पनि उनले प्रतिबद्धता जनाए । उनकाअनुसार गत वर्ष नामीमै अध्ययन गरेका ६ जना विद्यार्थी जापानमा काम गर्न छनोट भएका थिए । उनीहरू आगामी सेप्टेम्बरमा त्यतातर्फ जानेछन् ।
ह्युमन रिसोसिया ह्युमन गु्रपका सक्रिय सदस्यहो । जुन संस्था समाजमा दक्ष नागरिक उत्पादनमा सक्रिय छ ।
यसले सूचना प्रविधिसँग सम्बन्धित जापानको प्रतिष्ठित कम्पनीहरूसँग मिलेर विश्वमै दक्ष जनशक्ति प्रवाह गर्दै आएको छ । नामीले बेलायतको नर्थह्याम्पटन विश्वविद्यालयसँगको सम्बन्धनमा एमबीए, बीबीए, बीएससी इन कम्प्युटिङ, बीएससी इनअफ्टवयर इन्जिनियरिङ, बीएससी इन कम्प्युटर नेटवर्क इन्जिनियरिङ र बीएससी इन इन्भाइरोन्मेन्टल साइन्स विषयको पढाइ सञ्चालन गरिरहेको छ ।