नेगम परियार
बुधवार, श्रावण १, २०७६
505

मनाङ-पहिले हिमालपारिको जिल्ला मनाङमा पढाइ के राम्रो होला भन्ने तथा सोचाइ राख्नेका लागि मनाङका विद्यालय उदाहरणीय बन्दै आएका छन् ।
यसैमध्ये मनाङको सदरमुकाम चामे गाउँपालिकाअन्र्तगतको श्री लोकप्रिय मावि देशभरको नमुना विद्यालय छनोट गर्ने क्रममा उक्त विद्यालय नमुना विद्यालयमा पर्न सफल भएको छ ।

सबैको अमूल्य योगदानले विद्यालय नमुना विद्यालयमा पर्न सफल भएकोमा विद्यालयको एक बैठक बसी सबैलाई जानकारी गराई सबैलाई बधाई दिँदै अझै राम्रो काम गर्न सबैलाई आग्रहसमेत गरिएको विद्यालयका प्रधानाध्यापक सुरेशकुमार थापाले बताए ।
नेपाल सरकारको नमुना विद्यालय विकासका लागि छनोट गरिने विद्यालयको यस वर्षको छनोट सूचीमा मनाङ जिल्लाको चार मावि रहेकोमा सदरमुकाम चामेमा रहेको श्री लोकप्रियमावि पनि पर्न सफल भएको छ ।
गतअसार २७ गते बसेको मन्त्रीस्तरीय बैठकको निर्णयबाट चालू आवको नमुना माविको रूपमा लोकप्रिय माध्यमिक विद्यालय सो सूचीमा परेको हो । विद्यालयको क्षमतामा सुधार गरी शिक्षामा रूपान्तरणको गतिमा तीव्रता दिने उद्देश्यले विद्यालय क्षेत्र विकास योजना ०७३÷७४ बाट ०७९÷८० सम्मको कार्यक्रम अवधिमा मुलुकभरबाट एक हजार वटा नमुना विद्यालय विकास गर्ने उल्लेख भएअनुसार हालसम्म २२२ विद्यालय छनोट भई गुरुयोजनासहित नमुना विद्यालय विकासका क्रममा रहेको छ ।
चालू आर्थिक बर्षमा छनोट गरिने एक सय विद्यालयमध्ये पछिल्लो सूचनाअनुसार निर्वाचन क्षेत्रगत रूपमा १६ वटा विद्यालय छनोट भइसकेको छ । सोही सूचनाअनुसार आवेदन दिएका उक्त केन्द्रको मिति २०७५ साल चैत ५ गतेको सूचनाअनुसार स्थानीय तहगत रूपमा छनोट हुने गरी आवेदन दिएका कुल ६९ वटा जिल्लाका विभिन्न गाउँ तथा नगरपालिकामा सञ्चालित विद्यालयको प्रारम्भिक मूल्यांकनपछि केन्द्रबाट गरिएको सत्यापनका आधारमा ८४ वटा विद्यालय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरको उक्त निर्णयअनुसार छनोट भएका विद्यालयको सूचीमा हिमाली जिल्ला मनाङको चामे गाउँपालिका अन्तर्गत लोकप्रिय माध्यमिक विद्यालय पनि नमुना विद्यालयमा पर्न सफल भएको विद्यालयका प्रधानाध्यापक सुरेशकुमार थापाले बताए ।