कारोबार संवाददाता
आइतवार, असार २२, २०७६
636

नेपाली इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसन ५६ वर्ष पूरा गरी ५७ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा विविध कार्यक्रम गरिने भएको छ ।
एसोसिएसनले हरेक वर्ष साउन ३ गतेलाई इन्जिनियर दिवसको रुपमा विभिन्न कार्यक्रमहरुसहित मनाउँदै आएको छ । यो वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त दिवस उद्घाटन गर्ने कार्यक्रम रहेको एसोसिएसनले जनाएको छ ।

एसोसिएसनका अध्यक्ष प्रा.डा. त्रिरत्न बज्राचार्यले यो वर्षको इन्जिनियर दिवसका अवसरमा आयोजित विभिन्न सत्रहरुबाट आएका सुझावहरुलाई एकीकृत गरेर सरकारलाई बुझाउने बताए । ‘ज्ञान नै शक्ति र श्रम नै भक्ति’ नारा आत्मसात् गरेर आफूहरु अघि बढ्दै आएको बज्राचार्यले बताए । उनले भने, “अहिले हामी ५२ हजार इन्जिनियरहरु रजिस्टर छौं । विभिन्न ४२ विधा छन् । हाम्रो मूल लक्ष्य भनेको नै सबै इन्जिनियरहरुलाई एक बनाउने हो ।”
उनले एसोसिएसनले अहिले गुणस्तरीय इन्जिनियरिङ सेवा र शिक्षालाई एकसाथ अघि बढाएको पनि विश्वास दिलाए । यो पेशा नै जोखिमयुक्त पेशा भएकोले आफूहरुले इन्जिनियहरुको सामूहिक दुर्घटना बिमाको माग गरेको पनि उनले स्पष्ट पारे ।