कारोबार संवाददाता
शुक्रवार, असार २०, २०७६
449

टेक्सास इन्टरनेसनल कलेज एक अब्बल, बहुप्रतिष्ठित शैक्षिक प्रतिष्ठान हो । यो कलेजले बहुआयामिक संस्थाका रूपमा लामो समय (सन् २०१०) देखि अध्यापन गर्दै आइरहेको छ । यस संस्थामा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायतर्फका शैक्षिक गतिविधिहरू सञ्चालन हँुदै आएका छन् । दक्ष, लगनशील, अनुभवी तथा विद्वत् व्यक्तित्वहरूको संलग्नतमा शिक्षण–प्रशिक्षण गतिविधिमार्फत वर्तमान परिवेशलाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ र सोअनुरूप यस कलेजले शैक्षिक र दक्ष विद्यार्थी उत्पादनमा ठूलो भूमिका खेल्दै आइरहेको छ ।
टेक्सास कलेजले कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय साथै स्नातक र स्नातकोत्तरका विभिन्न कार्यक्रमहरू जस्तै बिएससी (सिएसआइटी), बिसिए, बिबिएम, बिबिएस, बिए, बिएसडब्लू र एमबिएस (त्रिविबाट सम्बन्धन प्राप्त) मार्फत सूचना प्रविधि, व्यवस्थापन र सामाजिक विज्ञानको क्षेत्रमा सकारात्मक भूमिका खेलेको छ । यसका साथसाथै टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी (लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त) बाट बिबिए, एमबिए, बिआइटी र बिसिएसका कक्षाहरू पनि प्रभावकारी रूपमा सञ्चालन गर्दै आइरहेको छ । यस कलेजमा आबद्ध भएका विद्यार्थीहरूले विषय शिक्षकका साथसाथै विभिन्न संस्थामा आबद्ध प्राध्यापक तथा ख्यातिप्राप्त विद्वानहरूसँग पनि आफ्ना विचारहरूको आदानप्रदान गर्ने विभिन्न अवसर उपलब्ध गराइरहेको छ । प्रविधिमैत्री पठनपाठनमा विशेष जोड दिँदै आएको यस कलेजले सबै विषयमा आधुनिक पद्धति अपनाई व्यावहारिक शैलीमा व्यावहारिक पठनपाठन गराइरहेको छ ।

टेक्सास कलेजले आइटीका क्षेत्रमा पनि दक्ष विद्यार्थी उत्पादन गराइरहेको छ । साथै, यस कलेजले इनहाउस कम्पनीमा विद्यार्थीहरूलाई इन्टर्नका साथै जब प्लेसमेन्टको व्यवस्था मिलाएको छ । दक्ष शिक्षकहरूद्वारा मैत्रीपूर्ण वातावरण र विद्यार्थी केन्द्रित शिक्षण सिकाइ पद्धतिमा जोड दिँदै आएको यस कलेजले सूचना प्रविधिसम्बन्धी अतिरिक्त क्रियाकलापमा विशेष जोड दिँदै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा हुने सभा–सम्मेलनमा विद्यार्थीहरूलाई सामेल गराएको छ । टेक्सास कलेजमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो पढाइसँगै विभिन्न सीपमूलक तथा जीवनोपयोगी शिक्षा हासिल गरेका छन् । यस कलेजबाट उत्तीर्ण विद्यार्थीहरू नेपाल तथा विदेशका ख्यातिप्राप्त आइटी कम्पनीहरूमा कार्यरत रहेका छन् । नियमित पाठ्यक्रमका साथसाथै कलेजले व्यावसायिक पाठ्यक्रम पनि दैनिक रूपमा प्रदान गराइरहेको छ, जसले गर्दा उद्योग र शैक्षिक संस्थाबीचको खाडललाई चिर्न सफल भएको छ ।
टेक्सास कलेजले मुलुकका लागि व्यवस्थापन क्षेत्रमा नेतृत्व दिन सक्ने जनशक्ति उत्पादनका लागि अघि बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित अगाडि बढिरहेको कलेजले व्यवस्थापनमा बजार लक्षित तथा जीवन उपयोगी शिक्षणलाई विशेष जोड दिएको छ । बिबिए, एमबिए, बिबिएम, बिबिएस र एमबिए कार्यक्रमहरू सञ्चालन गर्दै आएको यस कलेजबाट उत्पादित विद्यार्थीहरू नेपालका ख्यातिप्राप्त बैंक, वित्तीय संस्था तथा सरकारी सेवामा नेतृत्वदायी भूमिकामा पनि रहेका छन् । यस कलेजले पूर्ण मानिस उत्पादन गर्ने लक्ष्य लिएको हुँदा आत्मामा शान्ति र पाइलामा प्रगति हुने खालका शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आइरहेको छ ।