कारोबार संवाददाता
शुक्रवार, असार २०, २०७६
432

नोबेल एकेडेमीबाट ४ जीपीए ल्याएका विद्यार्थीहरूले विद्यालयको गुणस्तरीय शैक्षिक वातावरणका कारण उच्च सफलता हासिल गरेको बताएका छन् । सो विद्यालयबाट सोनिका थापा, कृपेश पौडेल, सिद्वान्त श्रेष्ठ र शिशिर खनालले ४ जीपीए ल्याएर एसईईबाट थप उच्च तहमा प्रवेश गरेका छन् । यसरी उनीहरूले उच्च शिक्षामा मेडिकल, आईटी तथा इन्जिनियरिङ अध्ययन गर्ने इच्छा रहेको जनाएका छन् । एसईईमा कसरी उच्च श्रेणी प्राप्त गरे भन्नेबारे छोटो प्रतिक्रिया ः

सोनिका थापा
(४ जीपीए)
अध्ययानमा अथक मेहनत र शिक्षक विद्यालयको सहयोग, परिवारको सहयोग । अर्को कुरा सबै बुझेर पढ्ने बानी शिक्षकहरूले बसाईदिनुभयो । सर्वप्रथम विद्यालयका शिक्षक अनि बुबाआमा र साथीभाइहरूको अध्ययनसिल बानी र सहयोगका कारण यो सफलता हासिल भएको हो । मेरो बुबाआमा व्यवसाय गर्नु हुन्छ ।अबको उच्च शिक्षाको लक्ष्य भनेको तत्काल साइन्स अध्ययन गरेर पछि मेडिकल शिक्षा हासिल गर्ने हो ।

कृपेश पौडेल
(४ जीपीए)
समयअनुसार अध्ययानको तालिका बनाएर पढ्ने बानीले सफता हासिल भएको हो । यसमा पनि विद्यालयका शिक्षक, अभिभावकको सहयोग र साथीहरूको अध्ययनसिल बानीका कारण सफलता हासिल भएको हो । अब साइन्स अध्ययान गरी उच्च शिक्षाका आईटी क्षेत्रमा जाने योजना छ । नोबेल एकेडेमीका गुरुवर्ग, बुबाआमाको अध्ययनप्रति उत्साहित गर्ने बानीले नै सफता हासिल भएको हो । मेरो बुबा पूर्वनिजामती कर्मचारी र आमा गृहिणी हुनुहुन्छ, हाल म भक्तपुरको लोकन्थलीमा बस्दै आएको छु ।

सिद्वान्त श्रेष्ठ
(४ जीपीए)
नोबेल एकेडेमीका शिक्षकहरूको अध्ययान अध्यापनमा सहयोगी भावना, समयको सही सदुपयोग र मेहेनतले नै एसईईमा सफलता हासिल गरेको हुँ । यसका लागि नोबेलका शिक्षक परिवार, बुबाआमा र साथीहरूलाई सफलतामा सहयोग गरेकोमा आधार व्यक्त गर्छु । मेरो बुबा केन्द्रीय विश्वविद्यालयमा कार्यरत हुनुहुन्छ भने आमा गृहिणी हुनुहुन्छ ।

शिशिर खनाल
(४ जीपीए, एसईई)
नोबेल एकेडेमीको गुणस्तरीय शैक्षिक÷शैक्षणिक वातावरणले एसईई तहमा सफता मिलेको हो । यसका लागि मैले व्याक्तिगत रूपमा अथक मेहनत र समयको सही सदुपयोग गरेका कारण यो सफलता मिलेको हो । मेरो बुबा व्यापार गर्नुहुन्छ भने आमा गृहिणी हुनुहुन्छ ।