कारोबार संवाददाता
आइतवार, असार १, २०७६
428

डीएभी कलेजको आयोजनामा एकदिने बृहत् विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । एसईई सम्पन्न गरेका १० हजारभन्दा बढी विद्यार्थीहरुको उत्साहपूर्वक सहभागिता रहेको सो कार्यक्रमको उद्घाटन कलेजका अध्यक्ष अनिल केडियाले गरेका थिए ।
डीएभी कलेजको विज्ञान तथा प्रविधि क्लबको अग्रसरतामा सम्पन्न उक्त प्रदर्शनीमा डिएभी कलेजका विज्ञान संकायका विद्यार्थीहरुद्वारा निर्मित विभिन्न स्मार्ट होम, ड्रोन, ग्लाइडर साथै कृषिसँग सम्बन्धित विभिन्न बहुउपयोगी उपकरणहरुको प्रदर्शनी गरिएको थियो । प्रदर्शनीस्थलमा १८ वटा विज्ञान तथा प्रविधिसँग सम्बन्धित स्टलहरु र फुड स्टल रहेका थिए ।