कारोबार संवाददाता
आइतवार, असार १, २०७६

लमजुङको एक विद्यालयले विद्यार्थीहरुलाई अनिवार्य राष्ट्रिय पोषाक लगाउन नियम बनाएको छ । राष्ट्रिय पोषाक संरक्षणको लागि भन्दै उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नं. ४ मा रहेको प्रेममिलन माध्यमिक विद्यालयमा विद्यार्थीलाई ढाकाटोपी र परम्परागत रातो डोरी अनिवार्य गरिएको हो ।

193
कारोबार संवाददाता
आइतवार, असार १, २०७६

‘भारतीय शैक्षिक मेला २०१९’ शुक्रबार राजधानीमा सुरु भएको छ । भारतका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको चौथो तलामा मेला सुरु भएको हो ।

222
कारोबार संवाददाता
आइतवार, असार १, २०७६

डीएभी कलेजको आयोजनामा एकदिने बृहत् विज्ञान प्रदर्शनी सम्पन्न भएको छ ।

194
गोपाल संग्रौला
बिहिवार, जेठ ३०, २०७६

विद्यालय पुनर्निर्माणमा विकास साझेदारको तुलनामा सरकारको प्रगति भने सुस्त देखिएको छ । सरकारले आफैंले पुनर्निर्माण गर्नुपर्ने जिम्मेवारी पाएका विद्यालयको लागि आवश्यक बजेट विनियोजन गर्न नसक्दा यस्तो अवस्था देखिएको हो । भूकम्पपछिको विद्यालय पुनर्निर्माणमा विभिन्न विकास साझेदारहरूको तुलनामा सरकारले न्यून बजेट विनियोजन गर्दा विकास साझेदारभन्दा सरकारका औषत निर्माण प्रगति आधाभन्दा कम देखिएको हो । विकास साझेदार, मित्रराष्ट्र र विभिन्न संघसंस्थाको विद्यालय पुनर्निर्माणको औषत प्रगति ९५ प्रतिशतभन्दा बढी भइसके पनि सरकारको भने ५५ प्रतिशतमात्र प्रगति हासिल गरेको देखिन्छ ।

245
कारोबार संवाददाता
बुधवार, जेठ २९, २०७६

‘भारतीय शैक्षिक मेला २०१९’ यही जेठ अन्तिम साता राजधानीमा आयोजना हुने भएको छ । भारतका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको चौथो तलामा जेठ ३१ र ३२ गते मेला आयोजना हुन लागेको हो ।

270
कारोबार संवाददाता
सोमवार, जेठ २७, २०७६

म्याग्दीको रघुगंगा गाउँपालिकाका पाँच वटा विद्यालयलाई ल्यापटप उपलब्ध गराइएको छ । सामुदायिक विद्यालयमा आधुनिक सूचना प्रविधिको पहुँच वृिद्ध गरी प्रशासनिक र शिक्षण विधिमा सुधार गर्न सहयोग पु¥याउने उद्देश्यले १५ थान ल्यापटप वितरण गरिएको हो । दक्षिण कोरियाको अम हङ गिल हुमन फाउण्डेशनले महादेव मावि बेगलाई चार थान, अमर मावि चिमखोलालाई तीन थान, मुक्तिधाम मावि भगवतीलाई चार थान, ज्ञानोदय मावि मौवाफाँटलाई दुई र रघुगगां मावि पिप्लेलाई दुई थान ल्याप्टप उपलब्ध गराएको हो ।

156
कारोबार संवाददाता
मंगलबार, जेठ २८, २०७६

नयाँ शैक्षिक सत्र आरम्भ भएसँगै वालिङ नगरपालिकाका–७ सामुदायिक विद्यालय समायोजन गरिएको छ । स्मार्ट नगर घोषणा भई कार्यान्वयनको चरणमा रहेको वालिङले विद्यालय शिक्षा (१–१२) कक्षा स्थानीय तहको अधिकारभित्र आएसँगै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयहरू समायोजन गरेको हो भने ९ वटा विद्यालयको तह घटाइएको छ ।

301
कारोबार संवाददाता
मंगलबार, जेठ २८, २०७६

डिएभी कलेजको आयोजनामा एक दिने बृहत् विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । एसईई सम्पन्न गरेका १० हजारभन्दा बढी विद्यार्थीहरुको उत्साहपूर्वक सहभागिता रहेको थियो । कार्यक्रम डिएभी कलेजका अध्यक्ष अनिल केडियाले उद्घाटन गरेका थिए ।

260
कारोबार संवाददाता
आइतवार, जेठ २६, २०७६

भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा हिमालय माध्यामिक विद्यालयको नयाँ भवन निर्माण सम्पन्न भएको छ । जापानी सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।

266
केशव समर्पण
आइतवार, जेठ २६, २०७६

प्रदेश तथा स्थानीय तहमा अधिकार बाँडफाँट भएसँगै अब शैक्षिक परामर्श तथा भाषा शिक्षणसम्बन्धी संस्थाहरुले प्रदेश सरकारबाट अनिवार्य अनुमति लिनुपर्ने भएको छ । संघीय शिक्षा मन्त्रालयले शैक्षिक परामर्श केन्द्र र भाषा शिक्षणसम्बन्धी संस्थाहरुको दर्ताको अधिकार बाँडिएको भन्दै अनुमति रोकेपछि प्रदेश ३ का सम्बन्धित संस्थाहरुले प्रदेशको सामाजिक विकास मन्त्रालयबाट अनुमतिको लागि धमाधम निवेदन दिइरहेका छन् ।

285
कारोबार संवाददाता
आइतवार, जेठ २६, २०७६

मेगा नेशनल कलेजको आयोजनामा व्यवस्थापन र प्रविधिका सम्भावना तथा चुनौती विषयक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन शनिबारदेखि ललितपुरमा सुरु भएको छ । कुमारीपाटीस्थित मेगा नेशनल कलेजको प्रांगणमा सुरु भएको २ दिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको उद्घाटन सचिव पदमप्रसाद पाण्डेले गरे ।

159
कारोबार संवाददाता
सोमवार, जेठ २०, २०७६

घरदेखि विद्यालयबीचको दूरी करिब २ घण्टाको पैदल । दैनिक आवतजावत गर्नमै ४ घण्टा व्यतीत । पहाडको बाटो । कतै उकालो त कतै ओरालो । उत्तिकै अप्ठ्यारो पनि ! कतै जंगल । ठाउँ–ठाउँमा ठूला–ठूला खोल्साखोल्सी । त्यही खोल्साखोल्सी बर्खायाममा नदिझै देखिने हुन्छ । झरी र हावाहुरीका बेला रुखका हाँगाबिगा झरेर चोट लाग्ने खतरा ! घण्टौ हिँड्दाको कष्ट त छँदै छ, हिउँदमा चिसो र बर्खामा झरीको पीडा कम्ता दुःखदायी छैन ।

426
कारोबार संवाददाता
आइतवार, जेठ १९, २०७६

सरकारले विभिन्न मञ्चहरुमा कुल राष्ट्रिय बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्ने गरी गरेको प्रतिवद्धता भन्दा न्यून रहेकामा सार्वजनिक शिक्षा सुदृढीकरणको अभियानमा असर पर्ने शिक्षासँग सरकार राख्ने ३ सयभन्दा बढी संघसंस्थाहरुले चिन्ता व्यक्त गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा सार्वजनिक शिक्षा क्षेत्रलाई गुणस्तरीय एवं प्रतिभाशाली बनाउँदै लैजाने महत्वपूर्ण योजनाहरु समावेश हुनु सकारात्मक भए पनि शिक्षा क्षेत्रलाई छुट्याइएको बजेट कुल राष्ट्रिय बजेटको करिब १०.६८ प्रतिशत रहेको छ ।

401
मकरराज धामी
आइतवार, जेठ १९, २०७६

बझाङ सदरमुकाम चैनपुरको वडा प्रहरी कार्यालय नजिकै नमुना निमावि छ । कक्षा ६ सम्म पढाइ हुने उक्त विद्यालयमा गैरदलित विद्यार्थी पढ्दैनन् । विद्यालयको परिचरदेखि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षमा पनि दलित समुदायकै छन् ।

503
गोपाल संग्रौला
बिहिवार, जेठ १६, २०७६

सरकारले गत वर्षको तुलनामा शिक्षा बजेट २१ प्रतिशत वृद्धि गरेर १ खर्ब ६३ अर्ब ७६ करोड रुपैयाँ पु¥याएको छ । यो बजेट वृद्धि अहिलेसम्मकै बढी हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार प्रस्तुत गरेका सरकारको आगामी आर्थिक वर्षको बजेटमा २०७६ देखि २०८५ लाई सामुदायिक विद्यालय शैक्षिक गुणस्तर अभिवृद्धि दशकको रूपमा अघि बढाउने भएको छ ।

259