कारोबार संवाददाता
मंगलबार, माघ ८, २०७५

नेपालको विकासका लागि नीति र योजना धेरै बने पनि अहिलेसम्म मुलुकले गर्व गर्न लायक ठूला विकासे परियोजना कति बनायो भनेर कसैले सोध्यो भने अलमलिनुपर्ने अवस्था छ । राजनीतिक रूपमा नेपालले पछिल्लो शताब्दीमा धेरै ठूलो फड्को मारिसके पनि पूर्वाधार विकासका दृष्टिले हामी निकै पछाडि छौं ।

472
कारोबार संवाददाता
सोमवार, माघ ७, २०७५

नेपालको अर्थतन्त्र निकै लामो उतारचढावबाट गुज्रिएको छ । झन्डै सात दशक लामो समय त राजनीतिक परिवर्तन र त्यससँग जोडिएको उतारचढावबाटै गुज्रियो । वि.सं. १९९० यता नै हरेक १० वर्षमा कुनै न कुनै राजनीतिक उथलपुथल भएकै देखिन्छ ।

456
कारोबार संवाददाता
आइतवार, माघ ६, २०७५

पछिल्लो दुई दशकभित्र नेपालको औद्योगिक–व्यावसायिक क्षेत्रमा धेरै चर्चामा आएका शब्दहरू हुन्– विशेष आर्थिक क्षेत्र (एसईजेड), औद्योगिक क्षेत्र र सुक्खा बन्दरगाह । लामो रस्साकस्सीपछि बल्लतल्ल भैरहवामा एउटा विशेष आर्थिक क्षेत्र त बन्यो, तर त्यहाँ विद्युत्लगायत अन्य पूर्वाधारका अभावका कारण त्यहाँ कहिले उद्योगहरू स्थापना हुने र तिनले कहिलेबाट निर्यातमूलक वस्तुहरू उत्पादन गरी विदेश निर्यात गर्ने कुनै निश्चित छैन ।

492
कारोबार संवाददाता
शुक्रवार, माघ ४, २०७५

नेपालको विकासमा साझेदार राष्ट्र तथा निकायहरूको सहयोग उल्लेख्य भए पनि यसको सदुपयोगका सम्बन्धमा भने सधैं प्रश्न उठ्ने गरेको छ । नेपालका लागि आएको सहयोग नेपालको आफ्नै नीति र योजनाअनुसार खर्च हुनुपर्छ भन्नेमा सायदै कसैको विमति होला ।

429
कारोबार संवाददाता
शुक्रवार, माघ ४, २०७५

विदेशीले दिने अनुदान वा ऋण सबै ती मुलुकका करदाताले तिरेको पैसा नै भएकाले त्यसप्रति हामी पनि उत्तिकै जवाफदेही बन्नुपर्छ । नेपालको विकासमा साझेदार राष्ट्र तथा निकायहरूको सहयोग उल्लेख्य भए पनि यसको सदुपयोगका सम्बन्धमा भने सधैं प्रश्न उठ्ने गरेको छ । नेपालका लागि आएको सहयोग नेपालको आफ्नै नीति र योजनाअनुसार खर्च हुनुपर्छ भन्नेमा सायदै कसैको विमति होला ।

332
कारोबार संवाददाता
बिहिवार, माघ ३, २०७५

नेपालमा २०४६ सालपछि छिट्टै र सर्वाधिक विस्तार भएका क्षेत्रहरूको नाम लिनुपर्दा शिक्षा अग्रपंक्तिमा आउँछ । खास गरी शिक्षामा निजी क्षेत्रको प्रवेशपछि नेपालको शैक्षिक क्षेत्रमा निकै ठूलो उपलब्धि भएको पनि छ ।

458
कारोबार संवाददाता
बुधवार, माघ २, २०७५

देशभित्र रोजगारी सिर्जनाको अवस्था अत्यन्तै नाजुक छ । देशभित्र रोजगारी नपाएपछि बिदेसिनु नेपाली युवाहरूको बाध्यता नै बनेको छ । वैदेशिक रोजगारीको त्यही विवरणलाई अघि सारेर सरकार नेपालमा बेरोजगारी दर तीन प्रतिशतमात्र छ भन्ने विवरण पेस गरेर आत्मतुष्टिमा रमाएको छ । रोजगारी सिर्जनाको अर्को भ्रमपूर्ण विवरण पेस गरिन्छ– मौसमी रोजगारी ।

550
कारोबार संवाददाता
मंगलबार, माघ १, २०७५

नेपालको सार्वजनिक यातायात क्षेत्र निकै नै अस्तव्यस्त छ । सार्वजनिक सवारी साधनको भर परेर दैनिकी चलाउन निकै गाह्रो छ र जसले यसरी नै दैनिकी चलाइरहेका छन्, उनीहरूको उत्पादकत्व हेर्ने हो भने निकै कमजोर छ । यसर्थ, ऋण नै गरेर भए पनि निजी सवारी साधन जोड्नु आमनेपालीको रहर नभई बाध्यता बनिसकेको छ । आफ्नो आम्दानीअनुसार नेपालीले चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधान खरिद गरिरहेका छन् र सोही कारण नै नेपालमा निजी सवारी दर्ताको ग्राफ निकै माथि उक्लेको छ ।

386
कारोबार संवाददाता
सोमवार, पुष ३०, २०७५

नेपालको राष्ट्रिय अर्थतन्त्रमा कुन–कुन क्षेत्रले विशेष योगदान दिएका छन् र कुन–कुन क्षेत्र राष्ट्रिय आर्थिक क्रियाकलाप विस्तार गर्ने क्षेत्र हुन सक्छन् भन्ने विषयमा ठोस अध्ययन नै भएको छैन भन्दा पनि हुन्छ । प्रायः विकास तथा मुलुकको समृद्धिसम्बन्धी बहसहरूमा कृषि, जलस्रोत र पर्यटनलाई नेपालको समृद्धिको आधार ठह¥याउँदै आइएको छ ।

533
कारोबार संवाददाता
आइतवार, पुष २९, २०७५

सन् १९९० यता विश्वव्यापी रूपमा नै औद्योगिक–व्यावसायिक क्षेत्रमा व्यापक परिवर्तन भइसकेको छ । प्रविधिजन्य विषयले मात्र होइन, विश्वव्यापी पुँजी प्रवाहकै प्रवृत्तिमा समेत यसबीचमा व्यापक रूपमा फरक आइसकेको छ । यस्तै औद्योगिक वस्तुको उत्पादन र उपभोग प्रवृत्तिमा समेत आमूल परिवर्तन भएको छ ।

490
कारोबार संवाददाता
शुक्रवार, पुष २७, २०७५

कृषि नेपालीको मात्र नभई संसारकै सबैभन्दा पुरानो पेसा हो । नेपालको सन्दर्भमा कुल गार्हस्थ्य उत्पादनमा एकतिहाइ योगदान पनि कृषिक्षेत्रले नै पु¥याएको छ भने मुलुकको झन्डै दुईतिहाइ श्रमशक्ति यसमै निर्भर छन् । कृषि उत्पादन बढेको वर्ष नेपालको आर्थिक वृद्धिदर पनि उच्च रहने गरेको छ । यसैले नेपाली अर्थतन्त्रको आधार भनेकै कृषि हो । तर, नेपाल अझै पनि परम्परागत कृषिमै निर्भर छ र यसको वैज्ञानिकीकरण अहिलेसम्म नारामा मात्र सीमित रहेको कटु यथार्थ हो ।

533
कारोबार संवाददाता
बिहिवार, पुष २६, २०७५

सन् २०१८ मा झन्डै १२ लाख पर्यटकले नेपाल भ्रमण गरेपछि नेपाली पर्यटन उद्योगमा नयाँ रेकर्ड कायम भएको छ । जुरे पहिरो, सगरमाथाको हिमपहिरो, महाभूकम्प र नाकाबन्दीजस्ता घटनाक्रमबाट एकपछि अर्को गर्दै आक्रान्त भएको नेपालको पर्यटन क्षेत्रले हासिल गरेको यो सबल पुनर्बहाली हो ।

466
कारोबार संवाददाता
बुधवार, पुष २५, २०७५

देशको व्यापारघाटा लगातार चुलिने क्रममा छ । देशले निर्यात, रेमिट्यान्स र पर्यटनबाट गर्ने आयका तुलनामा बाह्य खर्च बढी भएपछि चालू खाता र त्यसकै प्रभावले शोधनान्तर घाटा पनि विस्तार भएको छ । नेपाल राष्ट्र बैंकको विवरणअनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा चालू खाता घाटा रु. ८८ अर्ब ६४ करोड पुगेको छ भने शोधनान्तर स्थिति रु. ५७ अर्ब ३३ करोडले घाटामा छ ।

467
कारोबार संवाददाता
मंगलबार, पुष २४, २०७५

प्रधानमन्त्री के पी शर्मा ओ लीले  आइतबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थतन्त्र सही दिशामा गइरहेको बताए । उनले समृद्धिको  यस अभियानमा सहभागी हुन पनि सबैलाई आह्वान गरे ।

466
कारोबार संवाददाता
सोमवार, पुष २३, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्मा सरकारको नीति तथा कार्यक्रम एवं बजेटको समीक्षा भन्दै सम्बोधन गरेका छन् । प्रायःजसो माघ मसान्तपछि आर्थिक तथा मौद्रिक नीति कार्यान्वयनको समीक्षा तयार पार्ने चलन भए पनि प्रधानमन्त्रीले बीचैमा संसद्मा विशेष सम्बोधनका नाममा किन सरकारको नीति तथा कार्यक्रम र बजेटको समीक्षा पेस गरे भन्ने प्रश्न उब्जिएको छ ।

567