कारोबार संवाददाता
सोमवार, माघ २८, २०७५

ठोस अध्ययनबिना सहकारीको अनुगमन स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था गरिएपछि अहिले अर्बौंको कारोबार जोखिममा परेको छ । देशभित्र औपचारिक बैंकिङ प्रणाली नपुगेको अवस्थामा मात्र होइन, नेपाली अर्थतन्त्रको ग्रामीण र अनौपचारिकमुखी संरचनाले गर्दा मुलुकभित्र सहकारी, लघुवित्तजस्ता संस्थाहरूमात्र होइनन, महिलाहरूको अनौपचारिक बचत तथा ऋण समूहहरू, मासिक सय–दुई सय उठाएर सरसापट चलाइने टोल विकास समूहहरूजस्ता संरचना पनि व्यापकरूपमा सक्रिय छन् ।

383
कारोबार संवाददाता
आइतवार, माघ २७, २०७५

मुलुकको आर्थिक प्रणालीमा बेरुजु व्यापक रूपमा बढ्दै गएपछि संसदको सार्वजनिक लेखा समितिले तदारुकता देखाएको छ । महालेखा परीक्षकको कार्यालयले राष्ट्रपतिमार्फत वार्षिक प्रतिवेदन पेस गरेको लामो समयपछि भएपछि पनि संसद्को सार्वजनिक लेखा समितिले सक्रियता देखाउनु स्वागतयोग्य कुरा हो । महालेखा परीक्षकको ५५ औं प्रतिवेदनअनुसार मुलुकको बेरुजु बढेर ५ खर्ब ८ करोड रुपैयाँ पुगेको छ, गत आर्थिक वर्षमा १ खर्ब २० करोड ९१ लाख रुपैयाँ बेरुजु थपिएको छ ।

388
कारोबार संवाददाता
शुक्रवार, माघ २५, २०७५

मुलुकको इतिहासकै सबैभन्दा ठूलो कर विवादको अन्ततः विधिवत् अन्त्य भएको छ । नेपालमा राम्रो व्यवसाय गरिरहेको बहुराष्ट्रिय दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको स्वामित्व तेस्रो मुलुकमा किनबेच भएकाले यसबाट प्राप्त लाभकर नेपालले पाउँछ कि पाउँदैन भन्ने विषयमा लामो समयदेखि विवाद थियो ।

696
कारोबार संवाददाता
बिहिवार, माघ २४, २०७५

तत्कालीन राजा रणबहादुर शाहको समयमा सन् १७५२ गरिएको पहिलो नेपाल–भारत (तत्कालीन बेलायती साम्राज्यबीच) सन्धिदेखि हालसम्म आइपुग्दा द्विपक्षीय व्यापार-वाणिज्यमा निकै ठूलो उतारचढाव आइसकेको छ । खासगरी पछिल्ला दशकहरूमा दुवै देश विश्व व्यापार संगठन (डब्लूटीओ), सार्क स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) लगायतका बहुपक्षीय, क्षेत्रीय व्यापार व्यवस्थाहरूमा हस्ताक्षर गरिसकेपछि दुई देशबीच भएका द्विपक्षीय व्यापार तथा पारवाहन सन्धिहरूका सन्दर्भमा अब नयाँ ढंगले सोच्नु र पुनरावलोकन गर्नुपर्ने बेला भइसकेको छ ।

378
कारोबार संवाददाता
बुधवार, माघ २३, २०७५

बृहत् नेपाली शब्दकोषले महŒव भएको, महिमायुक्त, गहकिलोपन भएको, प्रतिष्ठायुक्त भएको अर्थ लगाउँछ— गौरवको । अझ त्यसमा राष्ट्रिय गौरव भनेपछि राष्ट्रले नै गर्व गर्न लायक हुनुपर्ने हो ।

472
कारोबार संवाददाता
मंगलबार, माघ २२, २०७५

बेलाबखत चर्चा र विवादमा आइरहने नेपाल उद्योग वाणिज्य महासंघ फेरि एकपटक चर्चामा छ । महासंघभित्रको सबैभन्दा प्रभावशाली निकाय कृषि उद्यम केन्द्रमा अनियमितता भएको आरोप पदाधिकारीबाटै लाग्नु र सो विषयमा प्रश्न उठ्दा कोषाध्यक्षले राजीनामा दिनुपर्ने अवस्थासँगै अर्कातर्फ पूर्वअध्यक्षहरूको सक्रियताले निजी क्षेत्र तरंगित छ ।

315
कारोबार संवाददाता
सोमवार, माघ २१, २०७५

उद्योगमन्त्री मातृका यादवले प्रदेश नं १ का उद्योगी–व्यवसायीहरूलाई उद्योगमा लगानी गर्न आग्रह गरिरहेका बेला स्वदेशी उद्योगीहरूले भारतबाट आयातीय मैदाका कारण यहाँका उद्योगहरू धराशायी हुन लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । मैदा उद्योगीहरूको यो गुनासो नयाँ भने होइन, यसअघि पनि यस्ता उद्योगहरूले वैध र अवैध दुवै रूपमा आयातीत मैदाले गर्दा स्वदेशी उद्योगहरूलाई समस्या परेको गुनासो गर्ने गरेकै थिए । भारतीय मैदासँग जोडिएका दुईवटा पक्ष छन्, भारतका ठूला मैदा उत्पादक कम्पनीहरूबाट उत्पादन भई नेपालमा आयात हुने मैदा र नेपाल–भारतका सीमावर्ती क्षेत्रमा खुलेर नेपालतर्फ नै निर्यात गरिने मैदा मिलहरूका उत्पादन । चाहे जुन रूपमा आयात भएको होस्, त्यसले नेपाली उद्योगहरूलाई प्रभावित पारेकै छन् ।

321
कारोबार संवाददाता
आइतवार, माघ २०, २०७५

भारतका अर्थ राज्यमन्त्री पीयूष गोयलले भाजपा सरकारका तर्फबाट शुक्रबार संसद्मा पेस गरेको पूरक बजेटमा नेपालका लागि भारु ७ सय करोड छुट्ट्याएको छ । तर, भारतीय बजेटबाट नेपाली किसानहरू सोझै प्रभावित हुने देखिएको छ । भारतीय अन्तरिम बजेटमा किसानहरूलाई आर्थिक सहयोगका कार्यक्रमदेखि सिंचाइसम्म जुन ढंगले प्याकेज कार्यक्रम घोषणा गरिएको छ, त्यसबाट हाम्रा सीमावर्ति क्षेत्रका मात्र नभई समग्र मुलुकभरिकै किसानहरू प्रभावित हुने जोखिम बढेको छ ।

323
कारोबार संवाददाता
शुक्रवार, माघ १८, २०७५

सरकारले चालू आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममार्फत नेपालीको औसत प्रतिव्यक्ति आय पाँच वर्षमा दोब्बर बनाउने लक्ष्य सार्वजनिक गरेको छ । यो लक्ष्य पूरा हुनेमा धेरैको आशंका छ र प्रारम्भिक तथ्यांकले पूरा नहुने स्पष्ट पारिसकेको छ ।

483
कारोबार संवाददाता
बिहिवार, माघ १७, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार मुलुकमा सुशासन कायम गर्ने प्रतिबद्धता गरे पनि मुलुकमा भ्रष्टाचार चरम रूपमा बढेर गएको ट्रान्सपरेन्सी इन्टरनेसनलको ताजा प्रतिवेदनले देखाएको छ । प्रधानमन्त्रीका हरेक भाषणमा ‘म आफू पनि भ्रष्टाचार गर्दिनँ, सहन्नँ, अरूलाई पनि गर्न दिन्नँ; भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ’ भन्ने गरेका छन् ।

422
कारोबार संवाददाता
बुधवार, माघ १६, २०७५

हालैका दिनहरूमा केही उद्योगीले श्रमिक पाउन नसकिएको गुनासो व्यापक रूपमा सुनाउने गरेका छन् । अहिले खासगरी इँटा र सिमेन्ट उद्योग, हस्तकला उद्योगका साथै जलविद्युत्मा करिब १ लाख ५० हजार श्रमिक अभाव रहेको विवरण अहिले उद्यमीहरूले दिइरहेका छन् । उद्यमीहरूले आफूले मासिक ३० हजारसम्म तलब दिने बताइरहेका बेला थुप्रै उद्योगमा कार्यरत श्रमिकहरू भने सरकारले तोकेको न्यूनतम पारिश्रमिक पनि नपाइरहेको गुनासो गरेका छन्, त्यसैले उद्योगीहरूको दाबीलाई स्विकार्न सकिने अवस्था छैन ।

396
कारोबार संवाददाता
मंगलबार, माघ १५, २०७५

चर्को ब्याजदरका कारण उत्पादन लागत बढेको भन्दै पूर्वी नेपालका उद्योगीहरू अहिले आन्दोलित छन् । मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा रहेका करिब ६ सय उद्योग र तिनलाई प्रतिनिधित्व गर्ने दुई संस्था उद्योग संगठन मोरङ तथा मोरङ व्यापाार संघको आह्वानमा अहिले पूर्वमा आन्दोलन सुरु भएको छ ।

450
कारोबार संवाददाता
सोमवार, माघ १४, २०७५

विगत केही समययता देशको शोधनान्तर घाटा व्यापक चुलिएसँगै सरकार हतास मनस्थितिमा देखिएको छ । फलस्वरूप अताल्लिएर आफ्नै नागरिकमाथि लगाम कस्दैछ ।

506
कारोबार संवाददाता
आइतवार, माघ १३, २०७५

हालैका दशकहरूमा नेपालको उत्तरी छिमेकी मुलुक चीनको उदयलाई विशेष रूपमा हेर्ने र अथ्र्याउने गरिएको छ । आर्थिक महाशक्तिका रूपमा चीनको उदयका पछाडि पनि मुख्य कारण हो– उसले औद्योगीकरणमा ध्यान केन्द्रित गर्नुका साथै व्यापक रूपमा आफ्नो भौतिक पूर्वाधार विकासमा लगानी गर्नु । लगानीका लागि स्रोत चाहिन्छ नै, त्यो स्रोत उसले आफ्ना उत्पादन निर्यातबाट जुटाउने गरेको छ ।

464
कारोबार संवाददाता
शुक्रवार, माघ ११, २०७५

हालैका वर्षहरूमा देशको निजी क्षेत्रका कम्पनीहरूमा आफूमातहत सोझै जनशक्ति नियुक्त नगरी बाहिरबाट ‘आउटसोर्सिङ’ कम्पनीहरूमार्फत जनशक्ति नियुक्त गर्ने चलन बढेको छ । खासगरी श्रम ऐनले कर्मचारी तथा श्रमिक–मजदुरहरूका लागि प्रभावकारी सामाजिक सुरक्षाका कार्यक्रम ल्याउन थालेपछि त्यसबाट बच्न निजी क्षेत्रका कम्पनीहरू ‘आउटसोर्सिङ’तर्फ ढल्किएको देखिन्छ ।

509