कारोबार संवाददाता
आइतवार, पुष १, २०७५

विगत लामो समयदेखि वार्षिक १० लाख पर्यटक नेपाल भित्र्याउने भनेर राखिएको लक्ष्य बल्ल चालू वर्षमा आएर पूरा भएको छ । नेपाल भ्रमण वर्ष–२०११ मा नै १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य भए पनि त्यो लक्ष्य सन् २०१८ मा आएर पूरा भएपछि नेपाल पर्यटन बोर्डले केक काटेर उत्सव मनाएको छ ।

375
कारोबार संवाददाता
शुक्रवार, मंसिर २८, २०७५

मुलकमा दशकौंसम्मको राजनीतिक आन्दोलनको उपलब्धिस्वरूप यतिबेला नयाँ राजनीतिक व्यवस्था लागू भएको छ– संघीयता । विगतको केन्द्रीकृत राजनीतिक व्यवस्थालाई विकेन्द्रीकरणका माध्यमबाट जनतालाई नीति निर्माण तहमा विस्तार गर्ने भनिए पनि त्यो केन्द्र निर्देशिक शासन व्यवस्थाभन्दामा माथि उठ्न सकेन ।

276
कारोबार संवाददाता
बिहिवार, मंसिर २७, २०७५

वित्त बजारमा तरलता संकट गहिरिएसँगै त्यसको असर ब्याजदरमा परेको छ । बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य पुँजीको अभाव बढ्दै जानु नै तरलता संकट हो । देशको वित्तीय प्रणाली सानो आकारको ऋणसमेत प्रवाह गर्न नसक्ने अवस्थामा पुग्नु भनेको अति नै संवेदनशील अवस्था हो ।

437
कारोबार संवाददाता
बुधवार, मंसिर २६, २०७५

सरकारको औपचारिक तथ्यांक हेर्ने हो भने अब देशमा पाइपबाट स्वच्छ खानेपानी पिउन नपाउनेको संख्या कति नै होला भन्ने भान पर्न सक्छ । उदाहरणका लागि राष्ट्रिय योजना आयोगका अनुसार आधारभूत स्तरका खानेपानीबाट लाभान्वित जनसंख्या आर्थिक वर्ष ०७४÷७५ को अन्त्यमा ९० प्रतिशत पुगेको छ, जसलाई आव ०७७र७८ सम्म ९४ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ ।

389
कारोबार संवाददाता
मंगलबार, मंसिर २५, २०७५

मुलुकमा संघीयता कार्यान्वयन निकै सकसपूर्ण ढंगले अघि बढिरहेका बेला पहिलो पटक बसेको अन्तरप्रदेश परिषद् बैठकले यसका कमजोरीहरू खोतल्ने प्रयास गरेको छ ।

311
कारोबार संवाददाता
सोमवार, मंसिर २४, २०७५

अर्थतन्त्रमा संरचनागत परिवर्तन भए पनि अझैसम्म नेपाललाई कृषिप्रधान मुलुक नै मानिन्छ, जहाँ कृषिले कुल अर्थतन्त्रको एकतिहाइ र कुल रोजगारीको झन्डै ७० प्रतिशत हिस्सा ओगट्छ । कृषिका पनि विभिन्न अवयवमध्ये व्यावसायिक पशुपालन नेपालमा सम्भाव्यता भएर पनि खुम्चिँदै गएको अवस्था छ । देशभित्र कुनै यस्तो कृषिजन्य उत्पादन छैन, जुन आयात नभएको होस् ।

380
कारोबार संवाददाता
आइतवार, मंसिर २३, २०७५

हालैका दशकहरूमा नेपालको उत्तरी छिमेकी मुलुक चीनको उदयलाई विशेष रूपमा हेर्ने र अथ्र्याउने गरिएको छ । आर्थिक महाशक्तिका रूपमा चीनको उदयका पछाडि पनि मुख्य कारण हो— उसले औद्योगीकरणमा ध्यान केन्द्रित गर्नुका साथै व्यापक रूपमा आफ्नो भौतिक पूर्वाधार विकासमा लगानी गर्नु ।

363
कारोबार संवाददाता
शुक्रवार, मंसिर २१, २०७५

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पहिलो पटक खरिद गरेको ठूलो आकारको जहाज अर्थात् वाइडबडीका सम्बन्धमा मुलुक यतिबेला तीव्र बहसमा छ । निगमले २४ अर्ब खर्चेर खरिद गरेको एयरबस कम्पनीका दुई वाइडबडी अर्थात् ए–३३० जहाज नेपाल भित्रिएसँगै यसको खरिद प्रक्रियादेखि स्वामित्व हस्तान्तरणसम्मका विवादमा मुलुक अलमलिएको छ ।

410
कारोबार संवाददाता
बिहिवार, मंसिर २०, २०७५

संविधानतः तीनै तहका सरकारहरू गठन भएर काम गर्न थालेको झन्डै एक वर्ष हुन लागेको छ । केन्द्रीय वा संघीय सरकारका रूपमा केपी ओलीको नेतृत्वमा गठन भएको सरकारले पनि नौ महिना पूरा गरिसकेको छ ।

396
कारोबार संवाददाता
बुधवार, मंसिर १९, २०७५

मुलुकमा शान्ति–सुव्यवस्था कायम गर्न मात्र होइन, मुलुकको अन्तर्राष्ट्रिय सीमा रक्षादेखि विपद् व्यवस्थापनमा सम्म सुरक्षाकर्मीहरूको सक्रिय सहभागिता र भूमिकाको अपेक्षा गरिन्छ ।

420
कारोबार संवाददाता
मंगलबार, मंसिर १८, २०७५

नेपालको समग्र विकास आयोजनाकै लागि ‘बेन्चमार्क’ मानिएको मेलम्ची खानेपानी परियोजनाले निर्माण सुरु भएको रजत जयन्ती मनाउनै लागेको छ । तर, काठमाडौंवासीका घरआँगनमा यसको पानी अझै आइपुगेको छैन ।

333
कारोबार संवाददाता
सोमवार, मंसिर १७, २०७५

गरिबी निवारणको महत्वपूर्ण अस्त्र बन्न सक्ने भनेर चिनाइँदै आएको लघुवित्त अभियान आफैं संकटमा परेको भन्दै चिन्ता जनाउन थालिएको छ । लघुवित्त बैंक वा संस्थाहरू बढी नाफाकेन्द्रित हुन थालेसँगै सेवाप्रवाहमा आएको विचलनले लघुवित्त अभियानमै संकट उत्पन्न गरेको हो ।मा लघुवित्त अभियानका बारेमा सरकार र नियामक निकाय आफैं स्पष्ट नहुँदा पनि यो समस्या आएको हो ।

428
कारोबार संवाददाता
आइतवार, मंसिर १६, २०७५

नेपालको अर्थतन्त्रमा बिदेसिने कामदारहरूले पठाउने रेमिट्यान्सले महŒवपूर्ण योगदान गर्दै आएको तथ्यप्रति सायदै दुईमत होला । गत आर्थिक वर्षमा कुल ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा २ खर्ब ४२ अर्ब भित्रिएको छ, यो गत वर्षको समान अवधिको तुलनामा ३७ प्रतिशतको वृद्धि हो ।

446
कारोबार संवाददाता
शुक्रवार, मंसिर १४, २०७५

नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदैछ । दशकौं लामो राजनीतिक अस्थिरताको समाप्तिसँगै मुलुक स्थिरताको दिशातर्फ अगाडि बढेको र अबको एकमात्र एजेन्डा भनेकै आर्थिक समृद्धि हो भन्ने सन्देश दिनकै लागि पनि यस्ता कार्यक्रम आवश्यक छ ।

430
कारोबार संवाददाता
बिहिवार, मंसिर १३, २०७५

नेपालमा दशकौंदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (एनजीओ/आईएनजीओ) हरूले विभिन्न अन्तर्राष्ट्रिय दातृ संस्था–निकाय वा मुलुकबाट अर्बौं रुपैयाँबराबरको सहयोग लिएर अपारदर्शी रूपमा आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेको आरोप लाग्ने गरेको छ । खासगरी २०४६ सालको परिवर्तनपछि नेपालमा च्याउसरि एनजीओहरू खुल्न थालेका हुन् ।

502