कारोबार संवाददाता
सोमवार, पुष ३, २०७४

रक्सौलमा स्थानीयवासीहरूले त्यहाँका संघसंस्थाहरूसमेतको सहयोगमा राष्ट्रिय राजमार्गसमेत बन्द गर्नेसम्मको आन्दोलन घोषणा गरेकाले यो समस्या समाधान गर्न जति ढिलाइ हुँदै गयो, त्यसले नेपालको समग्र आयात–निर्यात व्यापारमा उति नै समस्या सिर्जना हुने देखिन्छ ।

385
कारोबार संवाददाता
आइतवार, पुष २, २०७४

नेपालको संविधान, २०७२ को कार्यान्वयनका लागि प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भएसँगै प्रदेशहरूको व्यवस्थापनको विषयमा किचलो सुरु भएको छ । दलहरूबीचको व्यापक सहमतिबाटै सुरुमा ६ प्रदेशहरू बनाउने निर्णय भएकोमा संविधानमै ७ प्रदेशको व्यवस्था गरिसकिएको छ ।

359
कारोबार संवाददाता
शुक्रवार, मंसिर २९, २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम र समानुपातिकतर्फको जारी मतगणनाले अबको संसद् र सरकार कस्तो बन्छ भन्ने मोटामोटी आकलन भइसकेको छ । निर्वाचनको परिणाम प्रक्षेपित नै भएकाले चुनावपछिको वाम गठबन्धनको सरकार बन्नु जनमतको सम्मान पनि हो ।

349
कारोबार संवाददाता
बिहिवार, मंसिर २८, २०७४

सीमित पूर्वाधारका बाबजुद पनि नेपालका निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकहरूले जुन उपलब्धि हासिल गरेका छन्, त्यसलाई कम आकलन गर्न मिल्दैन । सूचना तथा सञ्चार प्रविधिको बढ्दो विकाससँगै नेपालमा यसका प्रयोगकर्ताहरू पनि क्रमिक रूपमा बढ्दै गएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको सबैभन्दा पछिल्लो प्रतिवेदनअनुसार नेपालमा कुल इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ६३ लाख १६ हजार पुगेको छ । जनसांख्यिक हिसाबले यो ६१.५८ प्रतिशत हो ।

318
कारोबार संवाददाता
बुधवार, मंसिर २७, २०७४

जलविद्युत्मा निजी सहभागिताको करिब अढाई दशकपछि सरकारी स्तरबाट उत्पादितभन्दा निजी विद्युत् उत्पादनले जितेको छ । विद्युत् विकासमा भएको यो उपलब्धिलाई कम आकलन गर्न मिल्दैन । केही दशकअघिसम्म विद्युत् विकासमा सरकारको एकाधिकार रहँदै आएको थियो, अझै पनि मुख्य ठूला आयोजनाहरू सरकारी स्वामित्वकै नेपाल विद्युत् प्राधिकरणको स्वामित्व र दायित्वमा छन् । निजी ऊर्जा उत्पादकहरूले थुप्रै कठिनाइका बाबजुद ४७७.३०२ मेगावाट विद्युत् उत्पादन गरेका छन् ।

382
कारोबार संवाददाता
मंगलबार, मंसिर २६, २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम धमाधम सार्वजनिक भइरहँदा संविधान कार्यान्वयनको महत्वपूर्ण कार्यभार पूरा भए पनि यसको व्यवस्थापन भने चुनौतीपूर्ण देखिएको छ । पहिलो पटक भएको प्रदेशसभा निर्वाचनपछि निर्वाचित सांसदहरूको बैठक स्थलदेखि विभिन्न प्रादेशिक मन्त्रालय, मुख्यमन्त्री र मन्त्रीहरूको निवास तथा कार्यालयका लागि आवश्यक भवनदेखि अन्य पूर्वाधारको तयारी भएको छैन । यसले प्रतिनिधिसभाबाहेकका प्रदेशका निर्वाचित जनप्रतिनिधिहरूलाई सुरुमै अपमानित महसुस गर्न बाध्य पार्ने भएकाले सरकारले तत्काल यसको व्यवस्थापनमा ध्यान दिनु जरुरी छ ।

473
कारोबार संवाददाता
सोमवार, मंसिर २५, २०७४

चक्रपथ सरसफाइ अभियानका क्रममा शनिबार अनौठो घोषणा गरियो— मोबाइल रिजार्च गरेको कार्ड र गुट्खाका खोलहरू जम्मा गरेर बुझाए, नगद दिने । यस घोषणाले केही वर्षअघि विद्यालयको पाठ्यक्रममा पढाइ हुने, बयर साट्ने राजकुमारीको कथालाई स्मरण गराउँछ । फोहरसँग बयर साट्ने राजकुमारीको कथा नैतिक शिक्षाको एउटा गतिलो उदाहरण हो । मानिसहरूको आनीबानी सुधारमा दण्ड र पुरस्कार दुवैको उत्तिकै भूमिका रहन्छ ।

983
कारोबार संवाददाता
आइतवार, मंसिर २४, २०७४

नेपालबाट उत्पादित सफायर, काइनाइटसहितका रत्नपत्थरहरू भारतदेखि अन्य एसियाली बजारमा मात्र होइन, अमेरिका र युरोपको बजारमा समेत महँगो मूल्यमा बिक्ने गरेको तथ्य इन्टरनेटका विभिन्न व्यापारिक साइटहरूमा राखिएका विवरणले देखाउँछन् । नेपालको खनिज पदार्थको अथाह उपलब्धता रहँदै आएको छ ।

702
कारोबार संवाददाता
बिहिवार, मंसिर २१, २०७४

मध्य र सुदूर पश्चिमका जुम्ला, मुगु, मुस्ताङ, बझाङ, कालिकोट, हुम्लासहितका जिल्लाहरूमा पछिल्ला केही वर्षयता व्यावसायिक स्याउ खेती फस्टाउँदै गएको छ ।विगत लामो समयदेखि कर्णालीको विकास र त्यहाँका आर्थिक पछौटेपनबारे विभिन्न किमिसका बहस भइरहेका छन् । विशेषतः हिउँदयाममा कर्णालीसहित मध्य र सुदूर पश्चिमका उच्च पहाडी भूभागमा खाद्यान्नको अभाव चर्कने गरेको छ । त्यहाँको खाद्यान्न अभाव पूर्ति गर्न दशकौंदेखि राज्यले अनुदानको चामल हेलिकप्टर, प्लेन वा गधा–खच्चरलाई बोकाएर त्यहाँ लगेर बाँडिँदै आएको छ ।

435
कारोबार संवाददाता
शुक्रवार, मंसिर २२, २०७४

नेपालले लामो राजनीतिक आन्दोलनपछि पाएको संविधान कार्यान्वयनका क्रममा महत्वपूर्ण सफलता पाएको छ । स्थानीय तहको निर्वाचनपछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै संविधान कार्यान्वयनको सबैभन्दा जटिल कार्यभार पूरा गरेको छ । २०७२ असोजमा संविधान निर्माण सम्पन्न भएपछि चाँडो सरकार परिवर्तन भए पनि यो महत्वपूर्ण कार्यभार अन्ततः नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री भएका शेरबहादुर देउवाले पूरा गरेका छन् । यसअघि निर्वाचन गराउन नसकी राजाबाट पदच्युत भएका देउवाले पुरानो इतिहास बिर्साउँदै कुशलतापूर्वक निर्वाचन गराएर बधाईको पात्र भएका छन् ।

310
कारोबार संवाददाता
बुधवार, मंसिर २०, २०७४

विगत केही समययता सरकारी निकायहरूमा आर्थिक अनुशासनहीनता बढेर गएको छ । निर्वाचनजस्ता संक्रमणकालीन अवधिमा आर्थिक अनुशासनहीनता बढेर जाने गरेको विगतका अनुभवले देखाएको छ ।

341
कारोबार संवाददाता
मंगलबार, मंसिर १९, २०७४

मुलुकमा विनाशकारी भूकम्प गएको अढाई वर्ष बितिसिक्दा पनि पुनर्निर्माणका कामले अपेक्षित गति लिन सकेको छैन । पुनर्निर्माणले गति लिन नसक्नुको दोषी को हो भनेर एकै निकायलाई मात्र भन्न सकिने अवस्था छैन । आमसर्वसाधारणले सरकार वा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई यसको दोष दिइरहँदा प्राधिकरणले पनि नीतिगत समस्यादेखि दातृ निकायको अपर्याप्त सहयोगसम्मलाई औंल्याएर पन्छिन खोजेको पाइन्छ । यसरी सरकारी निकाय र पीडित जनताले आरोप–प्रत्यारोप गरिरहने श्रृङ्खला चलिरहनु निश्चय नै विडम्बनाको विषय बनेको छ ।

338
कारोबार संवाददाता
सोमवार, मंसिर १८, २०७४

यसै साता प्रदेश तथा प्रतिनिधिसभाको ऐतिहासिक निर्वाचनको दोस्रो चरण सम्पन्न हुँदै छ । नेपाल संघीय प्रणालीमा जान लागेको अवस्थामा भइरहेको यो निर्वाचनले नेपालको अर्थ–राजनीतिक क्षेत्रमै विशिष्ट महत्व राख्छ । देश लामो समयसम्म राजनीतिक आन्दोलन र संक्रमणकालमा अलमलिँदा त्यसले देशको विकास–प्रक्रिया करिब–करिब अवरुद्ध अवस्थामै पुगेको थियो ।

300
कारोबार संवाददाता
आइतवार, मंसिर १७, २०७४

नेपालको सेयर बजारमा केही समययता पुनः वृद्धिको सूचक देखिएको छ । बजार उछाल वा खस्किने प्रवृत्तिका आधारमा बुल वा वियरिसका रूपमा सेयर बजारलाई विश्लेषण गर्ने गरिन्छ । अहिलेको अवस्थालाई बुल पिरियडका रूपमा विश्लेषण गरिएको छ । एक साताका बीचमा मात्र नेपालको एक मात्र सेयर बजार परिसूचक नेप्से २३ बिन्दुले बढेको छ भने एक महिनाका बीचमा मात्र ४१ बिन्दुले बढेको छ । वृद्धिका बीचमा पनि केही घटबढको क्रम जारी रहेकाले बजारको गतिबारे अझै पनि लगानीकर्ताहरूमा अन्योल कायमै छ, यद्यपि विगतदेखि अनुभवहरूका आधारमा निर्वाचनका समयमा बजारको गति वृद्धिमुखी नै हुने गरेको देखिन्छ ।

310
कारोबार संवाददाता
शुक्रवार, मंसिर १५, २०७४

निर्वाचनले मुलुकको विकास–निर्माण ठप्प भए पनि उपभोग्य वस्तुको खपत बढ्दा अर्थतन्त्र चलायमान हुन्छ भन्ने मान्यता रहिआएको छ । हुन पनि यस वर्ष मुलुकमा दुई दशकपछि भएको स्थानीय निर्वाचनलगत्तै भइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले बजारमा उपभोग्य वस्तुको खपत निकै बढाएको पनि छ ।

312