कारोबार संवाददाता
आइतवार, माघ २०, २०७५

भारतका अर्थ राज्यमन्त्री पीयूष गोयलले भाजपा सरकारका तर्फबाट शुक्रबार संसद्मा पेस गरेको पूरक बजेटमा नेपालका लागि भारु ७ सय करोड छुट्ट्याएको छ । तर, भारतीय बजेटबाट नेपाली किसानहरू सोझै प्रभावित हुने देखिएको छ । भारतीय अन्तरिम बजेटमा किसानहरूलाई आर्थिक सहयोगका कार्यक्रमदेखि सिंचाइसम्म जुन ढंगले प्याकेज कार्यक्रम घोषणा गरिएको छ, त्यसबाट हाम्रा सीमावर्ति क्षेत्रका मात्र नभई समग्र मुलुकभरिकै किसानहरू प्रभावित हुने जोखिम बढेको छ ।

236
कारोबार संवाददाता
शुक्रवार, माघ १८, २०७५

सरकारले चालू आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममार्फत नेपालीको औसत प्रतिव्यक्ति आय पाँच वर्षमा दोब्बर बनाउने लक्ष्य सार्वजनिक गरेको छ । यो लक्ष्य पूरा हुनेमा धेरैको आशंका छ र प्रारम्भिक तथ्यांकले पूरा नहुने स्पष्ट पारिसकेको छ ।

367
कारोबार संवाददाता
बिहिवार, माघ १७, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार मुलुकमा सुशासन कायम गर्ने प्रतिबद्धता गरे पनि मुलुकमा भ्रष्टाचार चरम रूपमा बढेर गएको ट्रान्सपरेन्सी इन्टरनेसनलको ताजा प्रतिवेदनले देखाएको छ । प्रधानमन्त्रीका हरेक भाषणमा ‘म आफू पनि भ्रष्टाचार गर्दिनँ, सहन्नँ, अरूलाई पनि गर्न दिन्नँ; भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ’ भन्ने गरेका छन् ।

318
कारोबार संवाददाता
बुधवार, माघ १६, २०७५

हालैका दिनहरूमा केही उद्योगीले श्रमिक पाउन नसकिएको गुनासो व्यापक रूपमा सुनाउने गरेका छन् । अहिले खासगरी इँटा र सिमेन्ट उद्योग, हस्तकला उद्योगका साथै जलविद्युत्मा करिब १ लाख ५० हजार श्रमिक अभाव रहेको विवरण अहिले उद्यमीहरूले दिइरहेका छन् । उद्यमीहरूले आफूले मासिक ३० हजारसम्म तलब दिने बताइरहेका बेला थुप्रै उद्योगमा कार्यरत श्रमिकहरू भने सरकारले तोकेको न्यूनतम पारिश्रमिक पनि नपाइरहेको गुनासो गरेका छन्, त्यसैले उद्योगीहरूको दाबीलाई स्विकार्न सकिने अवस्था छैन ।

302
कारोबार संवाददाता
मंगलबार, माघ १५, २०७५

चर्को ब्याजदरका कारण उत्पादन लागत बढेको भन्दै पूर्वी नेपालका उद्योगीहरू अहिले आन्दोलित छन् । मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा रहेका करिब ६ सय उद्योग र तिनलाई प्रतिनिधित्व गर्ने दुई संस्था उद्योग संगठन मोरङ तथा मोरङ व्यापाार संघको आह्वानमा अहिले पूर्वमा आन्दोलन सुरु भएको छ ।

316
कारोबार संवाददाता
सोमवार, माघ १४, २०७५

विगत केही समययता देशको शोधनान्तर घाटा व्यापक चुलिएसँगै सरकार हतास मनस्थितिमा देखिएको छ । फलस्वरूप अताल्लिएर आफ्नै नागरिकमाथि लगाम कस्दैछ ।

384
कारोबार संवाददाता
आइतवार, माघ १३, २०७५

हालैका दशकहरूमा नेपालको उत्तरी छिमेकी मुलुक चीनको उदयलाई विशेष रूपमा हेर्ने र अथ्र्याउने गरिएको छ । आर्थिक महाशक्तिका रूपमा चीनको उदयका पछाडि पनि मुख्य कारण हो– उसले औद्योगीकरणमा ध्यान केन्द्रित गर्नुका साथै व्यापक रूपमा आफ्नो भौतिक पूर्वाधार विकासमा लगानी गर्नु । लगानीका लागि स्रोत चाहिन्छ नै, त्यो स्रोत उसले आफ्ना उत्पादन निर्यातबाट जुटाउने गरेको छ ।

371
कारोबार संवाददाता
शुक्रवार, माघ ११, २०७५

हालैका वर्षहरूमा देशको निजी क्षेत्रका कम्पनीहरूमा आफूमातहत सोझै जनशक्ति नियुक्त नगरी बाहिरबाट ‘आउटसोर्सिङ’ कम्पनीहरूमार्फत जनशक्ति नियुक्त गर्ने चलन बढेको छ । खासगरी श्रम ऐनले कर्मचारी तथा श्रमिक–मजदुरहरूका लागि प्रभावकारी सामाजिक सुरक्षाका कार्यक्रम ल्याउन थालेपछि त्यसबाट बच्न निजी क्षेत्रका कम्पनीहरू ‘आउटसोर्सिङ’तर्फ ढल्किएको देखिन्छ ।

380
कारोबार संवाददाता
बिहिवार, माघ १०, २०७५

मुलुकमा कुनै पनि नयाँ विषय कार्यान्वयनको प्रक्रिया नै निकै झन्झटिलो छ । सामान्यतया कुनै नयाँ विषयलाई नियमनको आवश्यकता महसुस भएपछि सर्वप्रथम त्यससम्बन्धी नीति बन्छ र त्यसलाई क्रमशः ऐन, नियमावली र निर्देशिकापछि मात्रै कार्यान्वयनको चरण सुरु हुन्छ । तर, नीति र ऐनबीच तादात्म्यता नमिलेका धेरै उदाहरण छन् भने ऐनको विस्तृत व्याख्या गर्ने नियमावलीमा समेत ऐनको मर्म नै नरहेका नजिर पनि छन् ।

263
कारोबार संवाददाता
बुधवार, माघ ९, २०७५

चीन नेपालको उत्तरी छिमेकी मात्र होइन, व्यापक उत्पादन र उपभोग आधारसमेत भएको विश्वभरिकै विस्तारित अर्थतन्त्र पनि हो । सन् २०३० सम्म चीन विश्वको पहिलो नम्बरको अर्थतन्त्र बनिसक्ने प्रक्षेपण गरिएको छ, त्यसो त अन्तर्राष्ट्रिय मुद्राकोषले सन् २०१४ मा क्रय शक्ति क्षमता (पीपीपी) का आधारमा विश्वको पहिलो नम्बरको अर्थतन्त्र भइसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो, तर चीनले यो तथ्यलाई स्विकार्न चाहेन ।

452
कारोबार संवाददाता
मंगलबार, माघ ८, २०७५

नेपालको विकासका लागि नीति र योजना धेरै बने पनि अहिलेसम्म मुलुकले गर्व गर्न लायक ठूला विकासे परियोजना कति बनायो भनेर कसैले सोध्यो भने अलमलिनुपर्ने अवस्था छ । राजनीतिक रूपमा नेपालले पछिल्लो शताब्दीमा धेरै ठूलो फड्को मारिसके पनि पूर्वाधार विकासका दृष्टिले हामी निकै पछाडि छौं ।

376
कारोबार संवाददाता
सोमवार, माघ ७, २०७५

नेपालको अर्थतन्त्र निकै लामो उतारचढावबाट गुज्रिएको छ । झन्डै सात दशक लामो समय त राजनीतिक परिवर्तन र त्यससँग जोडिएको उतारचढावबाटै गुज्रियो । वि.सं. १९९० यता नै हरेक १० वर्षमा कुनै न कुनै राजनीतिक उथलपुथल भएकै देखिन्छ ।

356
कारोबार संवाददाता
आइतवार, माघ ६, २०७५

पछिल्लो दुई दशकभित्र नेपालको औद्योगिक–व्यावसायिक क्षेत्रमा धेरै चर्चामा आएका शब्दहरू हुन्– विशेष आर्थिक क्षेत्र (एसईजेड), औद्योगिक क्षेत्र र सुक्खा बन्दरगाह । लामो रस्साकस्सीपछि बल्लतल्ल भैरहवामा एउटा विशेष आर्थिक क्षेत्र त बन्यो, तर त्यहाँ विद्युत्लगायत अन्य पूर्वाधारका अभावका कारण त्यहाँ कहिले उद्योगहरू स्थापना हुने र तिनले कहिलेबाट निर्यातमूलक वस्तुहरू उत्पादन गरी विदेश निर्यात गर्ने कुनै निश्चित छैन ।

341
कारोबार संवाददाता
शुक्रवार, माघ ४, २०७५

नेपालको विकासमा साझेदार राष्ट्र तथा निकायहरूको सहयोग उल्लेख्य भए पनि यसको सदुपयोगका सम्बन्धमा भने सधैं प्रश्न उठ्ने गरेको छ । नेपालका लागि आएको सहयोग नेपालको आफ्नै नीति र योजनाअनुसार खर्च हुनुपर्छ भन्नेमा सायदै कसैको विमति होला ।

338
कारोबार संवाददाता
शुक्रवार, माघ ४, २०७५

विदेशीले दिने अनुदान वा ऋण सबै ती मुलुकका करदाताले तिरेको पैसा नै भएकाले त्यसप्रति हामी पनि उत्तिकै जवाफदेही बन्नुपर्छ । नेपालको विकासमा साझेदार राष्ट्र तथा निकायहरूको सहयोग उल्लेख्य भए पनि यसको सदुपयोगका सम्बन्धमा भने सधैं प्रश्न उठ्ने गरेको छ । नेपालका लागि आएको सहयोग नेपालको आफ्नै नीति र योजनाअनुसार खर्च हुनुपर्छ भन्नेमा सायदै कसैको विमति होला ।

240