कारोबार संवाददाता
शुक्रवार, भदौ ६, २०७६

नेपालको सबैभन्दा नजिकको छिमेकी भारतसँगको सम्बन्ध सधैंजसो बहस र छलफलको विषय बन्ने गरेको छ । नेपाली पक्षले भारतसँगको सम्बन्ध समानतामा आधारित नभई भारतीयले हेपेको रूपमा लिइरहेको हुन्छ भने भारतले पनि नेपालबाट आफ्नो मुलुकमा सुरक्षालगायतका जोखिम औंल्याउँदै नेपाललाई आफ्नो प्रभावमा पार्न खोजिरहेकै हुन्छ ।

235
कारोबार संवाददाता
बिहिवार, भदौ ५, २०७६

गत आर्थिक वर्षमा बजेटको कार्यान्वयन अत्यन्तै निराशाजनक रह्यो । कुल १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याइएकोमा मुस्किलले १० खर्ब ९४ अर्ब रुपैयाँमात्र खर्च हुन सक्यो, यो संशोधित लक्ष्यभन्दा १ खर्बभन्दा अधिकले कम हो । अर्थमन्त्रालयका अनुसार गत वर्षमा संशोधित लक्ष्य १२ खर्ब ८ अर्ब रुपैयाँ राखिएको थियो । अघिल्लो आर्थिक वर्ष २०७४÷७५ भन्दा सरकारको कुल खर्च केवल ०.८ प्रतिशतले वृद्धि हुनुले सरकारको खर्च गर्ने क्षमता कमजोर रहेको प्रमाणित हुन्छ ।

206
कारोबार संवाददाता
बुधवार, भदौ ४, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष तीन शक्तिशाली निकायहरू राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग आफूमातहतमा ल्याएपछि उनी आफू शक्तिशाली बन्न खोजेको व्याख्या गरियो । प्रधानमन्त्रीले आफ्ना औपचारिक भाषणहरूमा राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका कार्य प्रभावकारी रूपमा अगाडि बढेको उल्लेख गर्ने गरेका छन् ।

291
कारोबार संवाददाता
मंगलबार, भदौ ३, २०७६

काठमाडौं उपत्यकामा भइरहेको जथाभावी विकास निर्माणले यहाँको सौन्दर्यमात्र नभई प्राकृतिक सन्तुलनलाई नै प्रतिकूल प्रभाव पारिरहेको छ । उपत्यकाको भित्री भागबाट बग्ने नदी देख्दा ‘आहा’ भन्ने अवस्था अब एकादेशको कथाजस्तै भइसकेको छ भने जो–कोहीले पनि नदीकिनारामा हिँड्दा नाक थुन्नुपर्ने अवस्था देखिन्छ । प्राकृतिक सन्तुलनका लागि मात्र नभई धार्मिक तथा साँस्कृतिक मान्यताअनुसार पनि पवित्र मानिने काठमाडौंका नदी यतिबेला अस्तित्व संकटमा छन् ।

178
कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६

मुलुकको अर्थतन्त्रमा विस्तार भएसँगै विस्तार हुने पूर्वाधार, उद्योगधन्दा, कलकारखानाहरू र सेवाक्षेत्रमा सिर्जना हुने व्यापक रोजगारीका अवसरले स्वदेशीमात्र नभई विदेशका श्रमशक्तिले पनि अवसर पाउनु अस्वाभाविक होइन, तर विगत दुई दशकमा औसत ५ प्रतिशतभन्दा कमैको आर्थिक वृद्धि रहेको, ठूला पूर्वाधारहरूको निर्माणसमेत सुस्त रहेको र आन्तरिक तथा बाह्य लगानी पनि कमजोर रहेको नेपालमा विगत केही वर्षयता जुन ढंगले विदेशी कामदारको संख्या बढ्दै गएको छ, त्यसले केही गम्भीर प्रश्न सिर्जना गरेको छ ।

231
कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६

यस वर्षको मनुसनी वर्षाले देशका ठूला सिँचाइ आयोजनाहरूमा क्षति पु¥याउँदा तिनको मर्मत–सम्भारका लागि मात्र २ अर्ब ११ करोड रुपैयाँ लाग्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । यो केही ठूला सिँचाइ आयोजनाको क्षतिको गणनामात्र हो । मध्यम तथा सानास्तरका सिँचाइ आयोजनाहरूमा त्योभन्दा ठूलो क्षति पुगेको हुनसक्छ ।

262
कारोबार संवाददाता
शुक्रवार, श्रावण ३१, २०७६

नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा ७ अर्ब २० करोड नाफा कमाएको तथ्यांकले उत्साहित हुँदै गर्दा पूर्वी नेपालको मोरङ–सुनसरी औद्योगिक करिडोरमा विद्युत् ट्रिपिङ भयावह बनेको भन्दै उद्योगी–व्यवसायी आन्दोलित भएका छन् । उक्त क्षेत्रमा दैनिक १५ पटकभन्दा बढी विद्युत् कटौती हुने समस्याले औद्योगिक उत्पादनमै प्रतिकूल प्रभाव पारिरहेको छ । यसैले प्राधिकरणले नाफा कमाएको भनेर उत्साही हुँदै गर्दा बढ्दो ट्रिपिङले प्राधिकरणको सफलतामा दाँतमा ढुंगा लागेसरह भएको छ ।

210
कारोबार संवाददाता
बिहिवार, श्रावण ३०, २०७६

कमजोर व्यवस्थापकीय क्षमताकै कारण देशका अधिकांश सार्वजनिक संस्थानहरू धराशायी भएका हुन् । कुनै पनि संस्था सबल र सफल बन्नका लागि त्यसको व्यवस्थापनको महत्वपूर्ण भूमिका हुन्छ । व्यवस्थापन सबल, योजनाबद्ध, दूरदृष्टियुक्त र व्यवस्थापकीय क्षमताले कुशल भइदियो भने घाटामा रहेको संस्था वा कम्पनी पनि फेरि लय समाएर नाफामा जान सक्छ भने व्यवस्थापन कमजोर र दूरदृष्टिहीन भयो भने केही उन्नति गरिरहेको संस्था पनि निरन्तर ओरालोमा लाग्ने वा यथास्थितिमा रहने जोखिम हुन्छ । त्यसैले दक्ष व्यवस्थापनका चयनलाई पछिल्लो समयमा विश्वभरि नै विशेष ध्यान दिने गरिन्छ ।

149
कारोबार संवाददाता
बुधवार, श्रावण २९, २०७६

आयुर्वेदिक औषधिका सम्बन्धमा कायम केही भ्रमलाई चिर्ने हो भने नेपालभित्रै यसको बजार ठूलो छ । दशकौंदेखि नेपालको आर्थिक समृद्धि वा उन्नतिका क्षेत्रहरू औंल्याउँदा, पहिलो नम्बरमा जलस्रोत, दोस्रोमा कृषि, तेस्रोमा पर्यटन, चौथोमा खानी तथा खनिज भन्दै जडीबुटीलाई सधैँ पाँचौं स्थानमा राख्ने गरिन्छ, तर यस क्षेत्रको विकासका लागि अहिलेसम्म ठोस योजना, नीति, रणनीति तथा कार्यक्रमहरू भने बनाइएको देखिँदैन ।

239
कारोबार संवाददाता
मंगलबार, श्रावण २८, २०७६

चालू आर्थिक वर्षमा नेपाली अर्थतन्त्रमा मुद्रास्फीति ६ प्रतिशतमा सीमित राख्ने सरकारी लक्ष्य छ भने नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीतिमार्फत मुद्रास्फीति सोही लक्ष्यभित्र सीमित राख्नेगरी विभिन्न मौद्रिक उपकरणहरू परिचालित छन् । तर, बिहानीले दिउँसोको संकेत गर्दछ भनेजस्तै यतिबेला बजारमूल्य आकासिएको छ र चालू वर्षमा तथ्यांकलाई तोडमोड गरिएन भने मुद्रास्फीति दोहोरो अंकमा उक्लने प्रारम्भिक संकेतहरू देखिइसकेका छन् । यसको मूल कारण भनेको विगत केही समययता बजारमा देखिएको मूल्य अराजकता नै हो किनकी कुनै पनि ठोस आधारबिना दैनिक उपभोग्य वस्तुहरूको मूल्य बढेको बढ्यै छ र सरकार यसलाई नियन्त्रणको पक्षमा देखिँदैन ।

262
कारोबार संवाददाता
सोमवार, श्रावण २७, २०७६

विगत केही समययता देशभित्र लगानीको वातावरण सुध्रिँदै गएको अनुभूति हुँदै गएको छ । देशभित्र सबै किसिमका द्वन्द्व र राजनीतिक आन्दोलनहरू समाप्त भई राजनीतिक स्थिरता कामय भएसँगै नेपालभित्र र बाहिरका लगानीकर्ताहरूले लगानी सुरक्षाको अनुभवसमेत गर्न थालेका छन् । यसको प्रमाण उद्योग र सेवा क्षेत्रमा बढ्दो लगानीले पनि देखाउँछ । मुलुक एक दशक लामो अवधिसम्म सशस्त्र द्वन्द्वमा फस्यो भने द्वन्द्व व्यवस्थापन र राजनीतिक संक्रमणकाल अन्त्य हुन पनि करिब एक दशककै अवधि लाग्यो । स्वाभाविक रूपमा जहाँ द्वन्द्व र राजनीतिक एवं नीतिगत अस्थिरता हुन्छ, त्यहाँ लगानीकर्ताहरू आउँदैनन् नै । नेपालमा कमजोर वैदेशिक लगानी प्रवाहको कारण पनि यही नै हो ।

218
कारोबार संवाददाता
आइतवार, श्रावण २६, २०७६

नेपालको संविधान, ०७२ ले तीन तहका सरकारहरूको परिकल्पना गरेर ०७३ र ०७४ मा सम्पन्न भएका निर्वाचनहरूपछि तीनै तहका सरकारहरूले काम गर्न थाले पनि विगत केही समययता संघीय सरकारले चालेका केही कदमले संघीयता नै उल्टो दिशातिर गइरहेको छैन भन्ने आशंका बढ्न थालेको छ । केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले एक सार्वजनिक कार्यक्रममा कुनै पनि सरकार स्वायत्त नभएको भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । संघ वा केन्द्र सरकारको मातहतमा प्रदेश सरकार भएको र प्रदेश सरकारको मातहतमा स्थानीय तह भएको भन्ने प्रधानमन्त्री ओलीको केही समयअघिको अभिव्यक्ति र हालै सरकारले जारी गरेका परिपत्रहरू हेर्दा संघीयताको अभ्यास र कार्यान्वयनमा अलमल उत्पन्न भएको प्रस्टै देख्न थालिएको छ ।

293
कारोबार संवाददाता
शुक्रवार, श्रावण २४, २०७६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व लिएको एक साताभित्र नवनियुक्त मन्त्री योगेश भट्टराईले घोषणा गरेका प्रतिबद्धता आधा दर्जन नाघेका छन् । नेपाल वायुसेवा निगमलाई ‘वाह’ भन्ने बनाउँछु भन्नेदेखि भैरहवास्थित निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थल डिसेम्बरभित्रै सम्पन्न गर्ने तथा निजगढ विमानस्थल अर्को वर्ष नै निर्माण सुरु गर्ने उनका पछिल्ला प्रतिबद्धता हुन् ।

327
कारोबार संवाददाता
बिहिवार, श्रावण २३, २०७६

सरकारले हालैमात्र इन्टरनेट सेवामाथि १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरका नाममा कर थप गरेपछि सुरुमा त्यो करको भार उपभोक्तामाथि नपर्ने बताइए पनि क्रमशः त्यसका असरहरू देखिन थालेका छन् । सरकार आफैंले इन्टरनेट सेवाप्रदायकहरूलाई थपिएको कर समयोजन गर्ने नाममा मर्मत शुल्क थपेर लिन पाउने व्यवस्थाले इन्टरनेट सेवा महँगो बनाएको छ । विश्वव्यापी रूपमै इन्टरनेटको मूल्य वा महसुल घट्दो क्रममा रहेका बेला यहाँ भने महँगिँदै जानुलाई स्वाभाविक मान्न सकिन्न ।

271
कारोबार संवाददाता
बुधवार, श्रावण २२, २०७६

शिक्षित बेरोजगारहरूको संख्या जुन डरलाग्दो ढंगले बढेको छ, तिनीहरूका लागि पर्याप्त रूपमा आन्तरिक श्रमबजारमा अवसरहरू उपलब्ध हुन नसक्दा त्यो पंक्ति न स्वदेशमै बस्ने, न बिदेसिनेको अवस्थामा अलमलिइरहेको छ । श्रमबजारको आवश्यकता र युवाको आपूर्तिका बीचमा नै एक किसिमको खाडलजस्तो देखिएको छ । श्रमबजारका कतिपय आवश्यकताका सूचनामा पर्याप्त आवेदन नै नपरेको समाचार पनि आउने गरेको छ । यसका पछाडि दुईवटा कारकहरूले भूमिका खेल्छन् ।

306