कारोबार संवाददाता
आइतवार, फाल्गुन १२, २०७५

नेपाल तथा बेलायतबिच दोहोरो कर मुक्त सम्झौता सम्बन्धी छलफल भएको अर्थमन्त्रालयले जनाएको छ ।

942
महादेव अवस्थी
आइतवार, फाल्गुन १२, २०७५

कञ्चनपुरमा भारतबाट अवैध रूपमा कुखुरा भित्रिन थालेपछि यहाँका कुखुरा व्यवसायी मारमा परेका छन् । खुला सीमानाका कारण तस्करहरूले भारतबाट कुखुरा ल्याएर नेपालमा बेच्न थालेपछि यहाँको कुखुरा व्यवसाय धरासायी बनेको कुखुरा व्यवसायीहरूले बताएका छन् ।

689
दिलबहादुर केसी
आइतवार, फाल्गुन १२, २०७५

कालिञ्चोक गाउँपालिका–९ कटुवाचौरमा चिया खेती सुरु भएको छ । चिया पकेट क्षेत्र बनाउने उद्देश्यले दोलखाको कालिञ्चोक गाउँपालिकामा पहिलो पटक सुन्द्रावतीको कटुवाचौरमा चिया खेती सुरु गरिएको हो ।

542
लक्ष्मी सापकोटा
आइतवार, फाल्गुन १२, २०७५

नेपाल आयल निगले पेट्रोलियम पदार्थको गुणस्तर सुधार गर्न उच्च प्रविधिको प्रयोगशाला बनाउने भएको छ । इन्धनको गुणस्तरमा देखिने समस्यालाई नियन्त्रण गर्न उच्च प्रविधिसहितको हाइटेक ल्याव बनाउन लागिएको हो ।

538
कारोबार संवाददाता
आइतवार, फाल्गुन १२, २०७५

केही वर्ष अघिसम्म प्रतिमन ९५ हजारदेखि १ लाख ३० हजार रूपैयाँसम्ममा अलैंचीको व्यापार गरेका धनकुटासहितका पूर्वी पहाडी जिल्लाका किसान र व्यापारी पछिल्ला वर्षमा निरास भएका छन् । अलैंचीको मूल्यमा २५ हजार प्रतिमनसम्मको गिरावटले अलैंची खेती गर्ने किसान र व्यवसायीको उठिवासै लागेको छ ।

5218
कारोबार संवाददाता
आइतवार, फाल्गुन १२, २०७५

गत माघ १ गतेदेखि सञ्चालनमा आएको भक्तपुर तरकारी तथा फलफूल बजारको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका छन् । ठिमी चारदोबाटोमा आयोजित कार्यक्रममा दाहालले तरकारी बजारको औपचारिक उद्घाटन गरेका हुन् ।

776
कारोबार संवाददाता
आइतवार, फाल्गुन १२, २०७५

कृषि सामग्री कम्पनी लिमिटेडले रासायनिक मल खरिद गर्न भन्दै सरकारसँग ३ अर्ब रुपैयाँ माग गरेको छ । कम्पनीले रासायनिक मल आयात गर्न थप ३ अर्ब रुपैयाँ निकासा नगरे यो वर्ष किसानले रासायनिक मलको अभाव खेप्नुपर्ने भन्दै अर्थ मन्त्रालयसँग थप ३ अर्ब रुपैयाँ माग गरेको हो ।

633
रासस
शुक्रवार, फाल्गुन १०, २०७५

बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत नेपालतर्फ पाइप लाइन बिच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको छ ।

1066
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन १०, २०७५

दक्षिण एसियामा साना किसानको समस्या बढ्दै गएको भन्दै चिन्ता ब्यक्त गरिएको छ । ललितपुरमा शुक्रबार भएको ‘साना किसान तथा जलवायु परिवर्तन’ विषयक कार्यक्रममा बोल्दै कृषि विज्ञहरुले जलवायु परिवर्तनले गर्दा साना किसान मर्कामा परेको बताए ।

681
मीनकुमार नवोदित
शुक्रवार, फाल्गुन १०, २०७५

सरकारी नीतिकै कारण बंगलादेशसँगको व्यापार घाटा निकै बढेर गएको उद्योगी व्यवसायीहरूले बताएका छन् । ५ वर्षअघि अर्थात् सन् २०१४ सम्म नेपाल र बंगलादेशबीचको व्यापार सन्तुलित थियो । २०१४ भन्दा अघि नेपालसँग बंगलादेशको व्यापार घाटा थियो । बंगलादेशसँगको व्यापार सन्तुलन बिग्रँदै गएकोमा उद्योगीहरूले चिन्ता व्यक्त गरेका छन् । नेपालबाट आयात हुने वस्तुमा बंगलादेशले १ सय १० प्रतिशतसम्म भन्सार महसुल लिने गरेको छ । तर, बंगलादेशबाट आयात हुने वस्तुमा भने नेपाल ३० प्रतिशत मात्रै भन्सार लगाएको छ ।

924
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन १०, २०७५

अर्थमन्त्री डा. युवराज खतिवडाले गैरआवासीय नेपाली (एनआरएन)लाई सामूहिक लगानी कोष स्थापना गरेर नेपालमा लगानी गर्न आग्रह गरेका छन् । बेलायतस्थित नेपाली राजदूतावासले आयोजना गरेको ‘नेपाल विकास सम्मेलन’मा सहभागी हुन लन्डन पुगेका मन्त्री खतिवडाले भने, “तपाइँका केही समस्या छन् भने आउनुस्, सामूहिक छलफल गरौं, नेपालमा यतिबेला उपयुक्त सरकार बनेको छ । तपाइँहरू सामूहिक लगानी कोषमार्फत लगानी बढाउनुस् ।” गैरआवासीय नेपाली संघ यूकेले बेलायतमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गैरआवासीय नेपालीका समस्या र सम्भावनाबारे छलफल गर्न आफू आएको प्रष्ट पारे ।

517
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन १०, २०७५

सरकारले दोस्रो लगानी सम्मेलनको तयारी गरिरहँदा मुलुकभित्र लगानीका अवरोध के–कस्ता छन् भन्ने विषयमा स्वदेशभित्रकै केही लगानीकर्ताको धारणा बुझ्नु आवश्यक देखिएको छ । विदेशी लगानीकर्ता पनि स्थानीय साझेदारबिना नेपालमा लगानीका लागि नआउने भएकाले सम्मेलनअघि स्वदेशीलाई ढुक्क हुने वातावरण सिर्जना गरिनुपर्नेमा निजी क्षेत्रले जोड दिएको छ ।

580
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ९, २०७५

कमिसन वृद्धिलगायतका माग राखेर ग्यास उद्योगले विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । सरकारले निर्धारित समयमा माग पुरा नगरे ग्यासको कारोबार बन्द गर्ने उद्योगीले चेतावनी दिएका छन् । अत्यावश्यक वस्तुका रूपमा रहेको ग्यास बिक्री वितरणमा कुनै अवरोध गर्न नपाइने कानुनी व्यवस्था भएपछि त्यसलाई चुनौति दिँदै सरकारलाई ८ दिनको अल्टिमेटन दिई उद्योगीले विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन् । एलपी ग्यास उद्योग संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी सरकारले तोकिएको समयमा व्यवसायीका माग पुरा नगरे कडा आन्दोलन गर्ने बताएको हो । उद्योगको सञ्चालन खर्च बढेको, ढुवानी खर्च बढेको, बैंकबाट ब्याजमा पैसा लिएर उद्योग सञ्चालन गर्दा व्यवसाय सञ्चालन कठिन भएकाले सोहीअनुसार व्यवसायीले सरकारसमक्ष कसिमन बढाउन माग गरेका हुन् ।

862
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ९, २०७५

नेपाल राष्ट्र बैंकले योजनाको प्रकृतिअनुसार १५ वर्षसम्मको विदेशी मुद्रा हेजिङ गर्न सक्ने प्रावधानसहितको परियोजना तयार पारेको छ । हेजिङ गर्दा बैंकले योजनाका अनुसार पहिलो चरणमा १० वर्ष र नवीकरणपछि ५ वर्ष गरी १५ वर्षको गर्ने भएको हो ।

718
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ९, २०७५

नेपाली कांग्रे्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रे्रसका लागि प्रजातन्त्र जीवनमरणको सवाल भएकोले यसलाई कसैले मास्न नसक्ने बताएका छन् । वीरगञ्जको आदर्शनगरस्थित चारतारे होटल दियालो लर्डको उद्घाटन गर्दै सभापति देउवाले कुनै पनि हालतमा भए पनि लडेर प्रजातन्त्रको रक्षा गर्ने बताए ।

441