केशव समर्पण
बिहिवार, माघ १७, २०७५

राष्ट्रिय योजना आयोगले २५ वर्षभित्र नेपाल उच्चआय भएको समृद्ध मुलुक हुने प्रक्षेपण गरेको छ । २१०० सालसम्ममा नेपालीको प्रतिव्यक्ति आय १२ हजार ५ सय अमेरिकी डलर हुने उसले दाबी गरेको छ ।

876
मनोरञ्जन शर्मा
बिहिवार, माघ १७, २०७५

तीन वर्षअघि भारतीय नाकाबन्दीका कारण वीरगन्ज नाकाबाट आयात–निर्यात ठप्प हुँदा पश्चिम नेपालको भैरहवा नाका निकै चर्चामा थियो । वीरगन्जबाट आयात गर्ने व्यापारीले पनि नाका परिवर्तन गर्दै भैरहवाबाट सामान भित्र्याउन थालेका थिए । तर, अहिले स्थिति ठीक उल्टो भएको छ । भैरहवा नाकामा विभिन्न समस्या आउन थालेपछि यो नाकाबाट सामान झिकाउने व्यवसायीसमेत अन्य नाकातर्फ ‘डाइभर्ट’ हुन थालेका छन् ।

1200
लक्ष्मी सापकोटा
बिहिवार, माघ १७, २०७५

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६२ हजार रुपैयाँ नाघेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो । मंगलबार तोलामा ६१ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य एकै दिन तोलामा ७ सय रुपैयाँ बढेर ६२ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

1199
भीम गौतम
बिहिवार, माघ १७, २०७५

विश्वमै संकटग्रस्त रूपमा रहेको र क्यान्सर रोगको उपचारका लागि मुख्य वनस्पतिको रूपमा लिइने ‘माइरेई’ लोठसल्लाको बल्ल नेपालमा गणना सुरु भएको हो । विश्वमै नेपाल, चीन, म्यानमार, इण्डोनेसिया, भुटान लगायतका देशमामात्र पाइने र प्रशोधनपछि महँगो मूल्यमा बिक्री हुने माइरेईको गणना सुरु भएको हो । नेपालको काभ्रे, सिन्धुली र मकवानपुर जिल्लामा मात्र पाइने तथा व्यवस्थित रूपमा बिक्री वितरण नहुँदा अति सस्तो मूल्यमा बिक्री भइरहेको सो लोठसल्लाको ग्रीनहुड नेपाल काठमाण्डौले अनुसन्धान सुरु गरेको जनाएको छ ।

2608
कारोबार संवाददाता
बुधवार, माघ १६, २०७५

केही दिनदेखिको हिमपातका कारण बन्दभएको रसुवागढी नाकामा आजदेखि यातायात सेवा सञ्चालनमा आएको छ ।

576
लक्ष्मी सापकोटा
बुधवार, माघ १६, २०७५

पाइपलाइनबाट इन्धन आयात गर्न अझै थप तीन महिना लाग्ने भएको छ । नेपाल आयल निगमले आगामी मार्चभित्र पाइपबाट तेल ल्याउने बताए पनि पाइप विच्छ्याउने रुटमा पर्ने रुख व्यवस्थापन गर्न समय लाग्ने भएकाले केही ढिला हुने भएको हो ।

689
केशव समर्पण
बुधवार, माघ १६, २०७५

वित्तीय संघीयता कार्यान्वयनको पहिलो वर्षको अभ्यास कष्टपूर्ण देखिएको छ । खासगरी प्रदेश पुँजीगत बजेट खर्च आर्थिक वर्षको मध्यअवधिसम्म आइपुग्दा पनि निराशाजनक देखिएकोले वित्तीय संघीयताको अभ्यास कष्टकर देखिएको हो ।

719
लक्ष्मी सापकोटा
मंगलबार, माघ १५, २०७५

मुलुकमा पेट्रोलियम पदार्थको भन्डारण यो वर्षकै सवैभन्दा उच्च भएको छ । इन्धनको आपूर्ति नियमितरूपमा भइरहेकाले नेपाल आयल निगमले भन्डारण वृद्धि गरेर उच्च अवस्थामा पुर्याएको हो ।

857
निरु अर्याल
मंगलबार, माघ १५, २०७५

सार्वजनिक खर्च पुनरावलोकन आयोगले मापदण्डबिनै चालू खर्च वृद्धि, बजेटको मान्यताविपरीत आयोजना छनोट तथा पूर्वतयारीबिना आयोजना कार्यान्वयनले सरकारी खर्चमा बेथिति मौलाएको भेटिएको छ । सार्वजनिक खर्चमा चरम बेथिति देखिएपछि अध्ययन गर्न सरकारले बनाएको आयोगले बेथिति उल्लेख गर्दै नियन्त्रणका लागि सुझावसहितको प्रतिवेदन यसैसाता बुझाउन लागेको हो ।

650
रामहरि न्यौपाने
सोमवार, माघ १४, २०७५

राजस्व संकलनमा रसुवा भन्सार कार्यालय सक्षम बन्दै गएको छ । चीनसँगको एकमात्र व्यापारिक नाकाको रूपमा सञ्चालनमा रहेको रसुवागढीबाट कारोबार बढेसँगै भन्सार असुलीमा रसुवा भन्सार कार्यालय सक्षम ठहरिँदै गएको हो ।

621
कारोबार संवाददाता
सोमवार, माघ १४, २०७५

मुलुकमा धानको उत्पादन बढे पनि चामलको आयात भने रोकिन सकेको छैन । कृषि प्रधान मुलुकले पछिल्लो पाँच महिनामा १३ अर्ब रूपैयाँको चामल आयात गरेको छ ।

637
कारोबार संवाददाता
आइतवार, माघ १३, २०७५

भरतपुर महानगरपालिकाले चालू आवको छ महीनाको अवधिमा गत आवको सोही अवधिमा भन्दा दोब्बर बढी राजश्व सङ्कलन गरेको छ ।

621
लक्ष्मण ढुंगाना
आइतवार, माघ १३, २०७५

चालू आर्थिक वर्षको ६ महिनामा प्रदेश सरकारअन्तर्गत बाँकेका सरकारी कार्यालयको पुँजीगत खर्च करिव ३ प्रतिशत मात्रै भएको छ । आर्थिक वर्ष २०७५-७६ मा प्रदेश सरकारअन्तर्गत कार्यालयहरूको पुँजीगत बजेट १ अर्ब २४ करोड ६० लाख ५९ हजार रहेकोमा पुस मसान्तसम्म ३ करोड ६६ लाख मात्र खर्च भएको हो । यो कुल पुँजीगत बजेटको २.९३ प्रतिशत हो ।

494
कारोबार संवाददाता
आइतवार, माघ १३, २०७५

भरतपुर महानगरपालिका–१० स्याउली बजारकी ७८ वर्षीया कृषक धनिकला काफ्लेको दिनचर्या कौसी र छतमा लगाएको तरकारीको स्याहारमा नै बित्ने गर्छ ।

634
कारोबार संवाददाता
आइतवार, माघ १३, २०७५

उद्योगी व्यवसायीले भन्सारमा देखिएको अवरोध तत्काल हटाउन माग गरेका छन् । भन्सार नाकाहरूमा हुने पालो प्रणालीका कारण व्यवसायीले ठूलो क्षति बेहोर्नु परेको भन्दै यस्ता अवारोध सधैंका लागि हटाउन माग गरेका हुन् । शुक्रबारको एक अन्तत्र्रिmयामा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भन्सारको सीमा व्यवस्थापन, पोर्टसम्मको पहुँच, भन्सार एजेन्सी र गोदाम व्यवस्थापनको क्षेत्रको सुधार आवश्यक रहेको भन्दै भन्सारमा देखिएका अवरोध तत्काल हटाउन माग गरे ।

609